ई – दिशानिर्देश

राष्ट्रियता, स्वाधिनता, एकताका लागि राजसंस्थाको अनिवार्यताः

३१ जेष्ठ २०७८, सोमबार
राष्ट्रियता, स्वाधिनता, एकताका लागि राजसंस्थाको अनिवार्यताः


–कृष्ण बहादुर चन्द
समाजसेवी, पुर्व कृषि अधिकृत
पाटन न.पा. ६ पाटन, बैतडी
एकतामा बल हुन्छ भन्ने कुरा ध्रुव सत्य हो भने निस्तेजको राजनीति, छलकपट, दलगत, गुटगत, धनवाद, डनवाद र निहित स्वार्थबाट देश र जनताको भलो मात्रै गर्दैन राष्ट्र कमजोर भएर पराधीन बन्न पुग्छ । नेपालमा राष्ट्रियता, राष्ट्रवादको विश्वसनीय संवाहक राजसंस्थाको अभाव रहनुले नेपाल र नेपालीका लागी दुर्भाग्य भएको हालेको यथार्थ स्थिति छ ।
राजसंस्थाले देशभक्ति राष्ट्र र जनताका लागी सम्बोधन र दिशानिर्देशित हुँदा प्रतिगमनको रुपमा हेरिनु, अवमुल्यन गरिनु, जुन नेपाल र नेपालीका लागी दुर्भाग्य हो । नेपालमा नेपालीले यसमा सार्थक विचार र चिन्तन लिएर उभिनु पद छ । राष्ट्रियता विनाको प्रजातन्त्र र प्रजातन्त्र विनाको राष्ट्रियता र जनताको सर्वोच्चतासँगै राजसंस्थाको हुनु अपरिहार्य रहन्छ, यसैमा देश, जनता सबैको भलाई छ । आज देशमा
राजसंस्थाको उपस्थिति नभएकै कारण दरिद्रताको राजनीति, राज्य संचालक गर्नेहरुको गतिमतिमा काटमार, तछाडमछाड, व्यभिचार, लुछाचुडी, अराजकता स्वतन्त्र न्यायपालिका विवादित, पद, शान्ति र प्रतिष्ठाका लागी मरीहत्या, जनताको अवस्था व्यवस्था डामाडोल र जनताको जीवनस्थिति झन झन कष्टकर हुँदै गएको, परनिर्भरता देशको जनशक्ति रोजगार, मजुरी गर्न कामको खोजीमा छिमेकी मुलुक भारत र तेस्रो मुलुकमा लाखौंको संस्थामा पलायन र विदेशिनु पर्ने स्थिति बढेर गएको अवस्था वर्तमानमा छ ।
विश्वमा नेपालले आर्जित गरेको बैभवशाली मान सम्मान र गरीमाको हरण, परनिर्भरता, बाह्यहस्तक्षेपबाट नेपाल ग्रसित भएर राष्ट्र रहन्छ किरहदैन भन्ने स्थितिमा पुग्नु राष्ट्र र जनताका लागि शुभ होईन । ठीक दिशामा राष्ट्र चलेन, नेपाली जनताले पनि राजनीतिक दल र नेताबाट जे गर्दा पनि हो मा हो गर्दै गए राजनीतिक दल र नेताहरुको जीत हारको खेललाई मात्र महत्वमा राख्ने हो भने देश र जनतामा गम्भिर संकट आईपर्छ र राष्ट्र असफल बन्न पुग्छ ।
नेपालको भिडिया संचारकर्मी दलीय आकर्षण प्रेरित, दल प्रेमी र नेता परस्थ हुनु हुदैन । प्रेस जगत, स्वतन्त्र पत्रकारिता, समाचार सम्प्रेषण लगायत राष्ट्रिय संचार माध्यम, मिडिया निष्पक्ष भयो भने समाज र देशले पनि सकारात्मक गति लिन्छ र राज्यको चौथो अंगले गर्ने भनेको कार्य पनि महत्वकांक्षी हुन पुग्छ, होइन भने दुष्परिणाम हुन जान्छ ।
पृथ्वीनारण शाहले नेपालको एकीकरण नगरेको भए नेपाल शब्द नरहने र विदेशीको हातमा पथ्र्यो र हाम्रा कला, धर्म, संस्कृति, सभ्यता, मौलिकता सबै हराउथ्यो । पृथ्वीनाराण शाहले नेपाललाई साँझा फुलबारीको देश भनेका हुन । उनले दिएका उपदेशलाई अक्षरंश पालना र अनुशरण गर्नु पर्नेमा आज उनका शालिक कलंकित दुराचारीहरुको गलत उपस्थितिका कारण देश आज दुर्गतीको दल दलमा फस्दै गएको अवस्था स्थिति छ । यस्ता गलत निकृष्ट कर्मको समर्थन र सहयोग, सहभागिता आजका प्रजातन्त्रवादी भन्नेहरुले पनि गलत बाटो समातेको अवस्था छ । परिवर्तनको नाममा २०६२÷०६३ र २०७२ पछि बनेको कम्युनिष्टले भने गरेको बुर्जवा नेपाली कांग्रेस नेतृत्वको सरकारले नेपाली जनताले भनाई आईरहेको ऐतिहासिक दिन पौष २७ गते पृथ्वीजयन्ती तथा एकता दिवस मनाउन नपाउने गरि दिएको कलंकित काम गरेको छ ।
विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र, ज्ञानेश्वर, काठमाडौं, महेन्द्रनगर नगरपालिका, कञ्चनपुर ऐतिहासिक जिल्ला बैतडीको पाटनमा रहेको पोलि टेक्निक शिक्षालयको नाम भीमदत्त यस्तै प्रकारले लज्जास्पद कार्य हुँदै आएको अवस्था छ जुन जनताको राय, विचार र अभित विपरित गरेर महत्वाकांक्षी बन्न खोजेका हालका परिवर्तनकारी भनिने नेतृत्वबाट उपलब्धीको रुपमा लिएको गर्व गर्दछन् । के यसो लोककल्याणकारी र जनभावनाको सम्मान गरेको ठहर हुन्छ ? जनता भनिराखेका छन् ।
नेपालमा १०४ वर्ष सम्मको एकतन्त्र जहानीया राणाशासनबाट राजा त्रिभुवन र नेपाली जनता तथा तत्कालीन दशभक्त नेता समेतको सहभागिता भएर २००७ सालमा देश र जनतालाई स्वतन्त्र र आजाद गराएको इतिहास बोल्छ । देशलाई स्वतन्त्र बनाउनमा शहीदहरुले अमरत्व प्राप्त गरेका छन् तर आज विदेशी शक्तिलाई मलजल गरेर कथित परिवर्तनका नाममा हत्या, हिंसा र ध्वंसात्मक विद्रोहबाट जनधन र देशको संरचना ध्वंश गर्ने, विनाश गर्नेहरुलाई हजारौंको संख्यामा सहीद घोषणा गर्दै राज्यकोषबाट धनरासी खर्च गर्दै देशमा गरीबी बढाउने काम भएको अवस्था छ ।
राजा महेन्द्रले २०१४ सालमा नेपाल अधिराज्यका सबै क्षेत्र हिमाल, पहाड, तराईका पैदल भ्रमण गरी, सम्पूर्ण देशको उन्नतिका लागि विकास निर्माण, छिमेकी मुलुक भारत र चीनसँगको अनुकुल सम्बन्ध बनाउन का साथै देश भित्र सिचाई सुविधा र नहर निर्माण, कृषि फार्म, उद्योग कलकारखाना विमानस्थल लगायत जनताका आधारभूत विकासको आवश्यकता परिपुर्ति गर्न विकाश निर्माण थालनी गरको हुँदा नेपालमा विकासको गति विकशित हुँदै गएको अवस्था हो । राजा महेन्द्रले २०१८ साल बैशा १ गते १४ अंचल, ७५ जिल्ला बनाएको, उत्तर, दक्षिण, पुर्व र पश्चिम नेपालको विकास गर्न आधारशिलाको रुपा रहेको त्यही अनुसार पछि ४ विकास क्षेत्र र २३७ सालमा राजा विरेन्द्रबाट जिल्ला नबढार महाली र सेती अंचललाई पाँचौं विकास क्षेत्र बनाएर डोटीको दिपायललाई विकास केन्द्र घोषणा गरिएको र विकासको गति लिदै गरेको अवस्थामा नेपालमा अहिले ७६१ सरकारहरु निर्माण गरिए र ९ जिल्ला मध्ये७ वटा जिल्ला पहाडी भूभाग रहेको क्षेत्रको विकास गर्न प्राथमिकतामा राख्नुपर्नेमा दिपायल डोटी विकास केन्द्रलाई हटाएर ७ नं. प्रदेशको अस्थायी राजधानी भनेर कैलाली जिल्लाको धनगढी शहरी क्षेत्र तोकिएको पछि प्रदेश सभाको बहुमतबाट कैलाली जिल्लाकै गोदावरी क्षेत्रलाई स्थायी प्रदेश राजधानी बनाउने निर्णय गरिनु के संविधानमा जनताको सर्वोच्चता इच्छा, आकांक्षा र अभिमत अनुसार गरिएको छ ? आजको अवस्था, व्यवस्थाको संचरना अनुसार पहाडबाट जनता, नागरिक कामको खोजी, रोजगार, गरिबीको भारबाट बच्ने, कृषि क्षेत्र आकर्षण विहिन हुँदै गएको अवस्थाले पलायन हुने क्रम बढलो अवस्थामा छ ।
राजा महेन्द्रले पंचशीलको आधारबाट नेपाललाई संयुक्त राष्ट्र संघको ग्ल्इ स्थायी सदस्य बनाएर असंलग्न राष्ट्र ल्ब्ल् शिखर सम्मेलनमा नेपालको प्रतिष्ठा, मान सम्मान अब्बल द र्ताको स्थानमा राखेको अवस्था छ । परिवर्तनको नाममा आज देश दुर्गतीतर्फ जान लागेकोले देशभक्त नेपाली जनतामा चिन्ता र दुःख कष्ट भोग्नु परेको दुर्भाग्य स्थिति छ । देशमा सबैभन्दा बढी चासो र भावनात्मक चलविक चिन्तन राजसंस्थालाई छ भने आर्को आम सर्वसाधारण मध्यम वर्गीय, निमुखा, गरीजी जिवनयापन गरि राखेका आम सर्वसाधारण नेपाली जनतालाई देशको माया छ, अहिले नयाँ नेपाल, समृद्धिको कोरा भाषण, गाउँ गाउँमा जनताको घर आगनमा सिंहदरबार पुर्याएको भन्ने ऐन ब्रोडकाष्ट भने जोडतोडले गर्दै गरेको अवस्था छ जुन निराधार छ । यी भनाईले सार्थकता दिन सक्ने बलियो आधार छैन, किनभने च्ष्नजत mबल चष्नजत उबिअभ सही व्यक्ति ठीक ठाउँमा नपुग्नु, राजनीतिक दलालको पकड, ख्ष्कष्यलबचथ भिबमभचकजष्उ नभएको, भ्रष्टाचार, अनियमितताको पराकाष्टा, अकूत सम्पत्ति, राज्यदोहन बढेर जानु, आज देशमा लोकतन्त्रको नाममा लुटतन्त्र, परनिर्भरता, बाह्य हस्तक्षेप, जनताको जीवनोस्तर जरजर हुँदै जानु दुर्भाग्य हो ।
राजा महेन्द्रबाट गरेको देश विकासको क्रमलाई निरन्तर गति दिन राजा विरेन्द्रबाट पश्चिममा विमानस्थल निर्माण र सञ्चालन, सिचाई सुविधा, पहाडी जिल्ला सदरमुकाममा छिटो छरितो सडक संजालबाट जोड्ने लगायतका कामका लागी लोकेन्द्र बहादुर चन्द पूर्व प्रधानमन्त्रीको प्रतिनिधित्वको सफल प्रयासबाट सडक निर्माण, सार्थक विकास भएको गरिएको यथार्थ जगजाहिर छ, यसरी राजा
विरेन्द्रको कुसलता जनताका लागी अविस्मरणीय छाप बसीसकेको अवस्था छ । जनताको विकास र दुःख कष्टमा ज्यादै चिन्तन राख्ने र दुनियाका देशहरुसँगको मामिला र सम्बन्धमा कुशल परराष्ट्रनीति र कुटनीतिबाट पहल गर्नु राजा विरेन्द्रको प्रमुख प्राथमिकतामा थियो ।
आज नेपालको परराष्ट्र नीति र कुटनीति र मर्यादा विहिनताको अवस्थामा पुगेको अवस्था छ, यसको दुस्परिणाम नेपाली जनताले भोग्नु पर्ने स्थिति दुर्भाग्य छ । देश र जनतामा यस्तो स्थिति र अवस्थामा ल्याई पुगाउने भनेका आजका परिवर्तनकारी राजनीतिक दल र नेता जिम्मेवार छन् ।
राजा विरेन्द्रले २०२९ सालमा पहिलो चीन भ्रमण गरेको नेपाल र चीन बीचको सम्बन्धले समानताको आधारमा नेपाल प्रतिको परराष्ट्र सम्बन्ध (मजबुत) बलियो र बढेर गएको छ । विकेन्द्रिकरणको आधार र स्वायत्त शासन प्रणालीको आधारमा विकास गरिनु पर्दछ र विकसित गर्दै जानु राजा विरेन्द्रको उच्च विचार र परिकल्पना विकसित हुँदै गएको थियो । दक्षिण एसियाली सहयोग संगठन क्यगतज ब्कष्अबल
ब्ककयअष्बतष्यल ायच च्भनष्यलब िअय(यउभचबतष्यल क्ब्ब्च्ऋ मा नेपालको महत्वपूर्ण भूमिका रहेको अवस्था राजा विरेन्द्रले गरेको अवस्था थियो ।
दुर्भाग्यपूर्ण अवस्था २०५८ साल जेष्ठ १९ गते नारायणहिटी राजदरबार हत्याकाण्ड घटन गयो, अकल्पनीय किसिमबाट राजा विरेन्द्र समेत पुरै परिवार बंश नाश भएको ह्रदयविदारक घटना भयो त्यस बखत देशमा माओवादीबाट शसस्त्र विद्रोह ध्वंशात्मक गतिविधिबाट
राजसंस्था, नेपाली जनता आक्रान्त भएका थिए, षडयन्त्रपूर्वक घटना घटेको मान्न सकिन्छ । राजसंस्था हटाउन र मूल्यहीनताको लोकतन्त्र गणतन्त्र र गणराज्य बनाउन र लोकतन्त्र भनेको राजसंस्था विरुद्ध स्थापित सिद्धान्त हो भनेर आज देश र जनता तथा अन्तराष्ट्रिय जगत समेतमा नेपालको छबी, अस्तित्व र महत्वहरण भएको छ । तत्कालीन प्र.म. गिरिजा प्र. कोईरालाले ग्राईनडिजाईन भनेका हुन ।
राजदरबार हत्याकाण्ड षडयन्त्रको छानविनबाट चित्त बुझदो उत्तर जनताले पाएको छैन, यस्तो अवस्थामा न्युनतम राष्ट्रिय चरित्र दरबार, तत्कालीन सरकार, राजनैतिक दल र माओवादीले देखाउने सक्ने तर त्यस बखत दरबारलाई भने संकटमा पार्ने खेल भैरहेको थियो, पछि गएर राजसंस्था हटाउने काम गरियो । अहिले सम्म राजमहल काण्ड गर्बमै छ, केही मुर्ख, उंश्रृखल अवाञ्छनीय तत्व, देशद्रोहीले राजदरबार हत्याकाण्ड बारे गलत भ्रामक असह्य कुरा प्रकाशमा लगाउने गरेका तर सत्य कुरा र भरपर्दो आधार विना कर्तव्य र दायित्व विहिनताको काम गर्नु सच्चा आदर्श नागरिकको काम होइन । यस्तो विकट र कहाली लाग्दो अवस्थामा संविधान २०४७ अनुसार ज्ञानेन्द्र शाह राजगद्दी उत्तराधिकारीको रुपमा २०५८ साल जेष्ठ २२ गते महाराजाधिराजको रुपमा घोषणा भयो । यसरी ज्ञानेन्द्र शाह २ पटक राजा भए पहिलो पटक २००७ सालमा जहानिया राणा राज्य हटाउन राजा त्रिभुवन राणाले राखेको बन्दि ठाउँबाट फुत्केर भारतीय राजदुतावास भएर दिल्ली पुगे यता राणाहरुले नेपालमा राजाको ठाउँमा उत्तराधिकारीको रुपमा ३ महिना सम्म राजा बन्नु पुगे त्यस बखत राजा ज्ञानेन्द्र बालक थिए । महान संकटहरुबाट नै महान नेतृत्वहरु जन्मिएका छन्, असफल भएर पनि सफल भएका छन् । राष्ट्र र जनताको परवाह नगरी अहिले नेपालमा पटक पटक प्रधानमन्त्री, उपप्रधानमन्त्री मन्त्री, माननीय बन्नका लागी मात्रै होडबाजी चलिरहेको छ । राष्ट्रलाई असफल हुनबाट बचाउन लोकहित कल्याणकारी सफल राष्ट्रिय नेतृत्वको अहिले नितान्त खाँचो भएको छ । दुर्भाग्यपूर्ण स्थिति नेपालका लागी आईपर्छ, नेपालका राजनीतिक दलका नेता र माओवादी सम्मिलित भएर विदेशी भूमि दिल्लीमा गएर उसको पनि चाहना बमोजिम नेपालमा अस्थिरता बनाई राख्ने हेतु २०६२ साल मंसिर महिनामा १२ बुँदे दिल्ली सम्झौता गराएको १ अप्रत्यासित बदनियत तरिकाबाट राजस्ंथालाई हटाएको घोषणा
गरेको दुस्परिणामका कारण आज राष्ट्रवादको अबमुल्यन भएको, गरिएको अवस्था छ ।
सार्वभौम नेपालीले नेपाललाई स्वतन्त्र अस्तित्व कायम राख्न अग्रसरता लिन पर्छ, देशको न्याय राजसंस्थामा मात्र रहन्छ । वर्तमान संविधानबाट राष्ट्र र राष्ट्रियता बचाउन सक्ने अवस्था रहेको छैन । नेपालमा अहिले भ्रष्टिकरण अपराधीकरण, बाह्य हस्तक्षेप संकटमा पारिएको, परनिर्भरता, जनशक्ति पलायन, सिमा अतिक्रमण र नागरिक कष्टपूर्ण अवस्थामा र असुरक्षित, रोजगारविहीना, मनपरी तन्त्र, लूटतन्त्रले गर्दा राष्ट्रलाई गर्व गर्ने ठाउँ छैन ।ं
राजनीतिक दल र नेता व्यक्ति र कानून व्यवसायीको संलग्नता र राजनतिक लाग हानी तथा २०६२ मंरिसमा भएको १२ बुँदे दिल्ली सम्झौताबाट श्रेय पाउनेहरु तथा नेपालको भूराजनीति समेत गलत मनसाय, बदनियत किसिमको मिश्रणबाट २०७२ को गरिमा माथि समेत परेको, स्वयम न्यायाधीश, न्यामुर्तिहरुबाट सार्वजनिक रुपबाटै फैसला सुनाए जस्तै दाबी गरेका हुन्छन्, सर्वोच्च न्याय संस्थाबाट निवृत्त भएका उच्च ओहदाको मर्यादा नराखी बक्तव्यबाजी गरेका हुन्छन्
यसरी राजनीतिक दल र नेता परस्थ हुनुले स्वतन्त्र न्यायपालिका माथि आँच आउने काम देश र जनताका लागि दुर्भाग्य हो । नेपाली जनता दुखित र चिन्तित भएका छन् । संसद पुनसर््थापना हुनु, राजनीतिक व्यक्ति नेता प्रधानमन्त्री बन्नु यस सन्दर्भमा ठूलो कुरा होइन ।
स्वतन्त्र न्यायपालिकालाई राजनीतिक दलहरुका नेताहरुले प्रभावित गर्नु भनेको संविधान बनाउनेहरुले आफ्ना स्वार्थपूर्ण गर्न सहज र सहायक बनाएको ठहर्छ । जनता र देशहितका लागि होईन । अहिले संविधानवाद भनि रहनु नभै अलमलबाद र मनपरिवाद बन्न पुगेको अवस्था छ, यसमा सुधार ल्याउन गहिरो ध्यान र मनन् गरी उपयुक्त सकारात्मक थिङ्क ट्याङ्क त्जष्लप त्बलप को आवश्यकता, त्तगबष्तिथ या भिबमभचकजष्उ को आवश्यकता भैसकेको छ ।
संसदीय बहुदलीय व्यवस्थामा एक दलका प्रतिनिधि सदस्यले आर्को दलका सदस्यलाई मत दिएमा दल विहिनताको मान्यता दिएको कानूनका नाता, न्यायमुर्ति, कानून व्यवसायी तथा राजनीतिक व्यक्तिले भन्ने गर्दछन् कस्तो संविधान बनेको छ ?
जनतामा भ्रमजाल राजनीति खपतका लागी अग्रगमन र प्रतिगमन माथि रहने दलका राजनतिक नेताहरुले देश र जनतामाथि गरेको व्यइमानी व्यथिति, फोहरी राजनीति गर्ने आफ्ना अर्कमण्यतालाई लुकाउन ढाकछोप गर्ने, अर्कालाई दोष दिनु नक्कली मानसिकताको उपज हो । जनता भनि राखेका छन् ।
(लेखः कृष्णबहादुर चन्द,समाजसेवी, पूर्व कृषि अधिकृत, पाटन न.पा.६ पाटन गाउँ बैतडी)

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh