परिच्छेद –२२
वाणिज्य बैकहरुको विकास
१. २०१७ भन्दा पहिलेको स्थिति
२०१७ सालभन्दा पहिले नेपालमा एउटा मात्र वाणिज्य बैक, नेपाल बैक लिमिटेड थियो । बिक्रम सम्बत् १९९४ सालमा स्थापना भएको यस बैकको क्रियाकलाप २०१७ सालभन्दा पहिले ज्यादै सीमित थिए । रु १ करोडको अधिकृत पुजी र रु ८ लाख ४२ हजारको चुक्ता जुजीबाट स्थापना भएको यस बैकका गतिबिधिहरु कठमान्डौ र तराईका केही शहरहरुमा मात्र सीमित थिए । २०१७ साल आषाढसम्ममा यस बैकका जम्मा १६ वटा शाखाहरु थिए जसमध्ये १२ वटा तराईमा थिए । सो अवधिसम्ममा बैकको कूल निक्षेप रु ७.२२ करोड, कर्जा रु. ३.२२ करोड, नगद मौज्दात रु १.५९ करोड र चुक्ता पुजी रु २५ लाख थियो ।
२. २०१७ देखि २०१९ सम्मको स्थिति
२०१७ आषाढसम्ममा देशको नेपाल बैक लि. को कुल पुजी रु ८.४४ करोड थियो जसमध्ये निक्षेप रु ७.२२ करोड थियो । जम्मा निक्षेपमा चल्ती निक्षेपको हिस्सा सब भन्दा बढी ६३.३ प्रतिशत(रु ४.५७ करोड) थियो । मुद्दती निक्षेपको हिस्सा ३०.७ प्रतिशत (रु २.२२ करोड) र बचत निक्षेपको माग ६ प्रतिशत रु ०.४३ करोड थियो । नेपाल बैक लिमिटेडको निजी क्षेत्रलाई गएको कर्जा मात्र ३.२२ करोड थियो र तरल सम्पति रु ४.९९ करोड थियो । यसरी २०१७ आषाढमा निषेपको तुलनामा कर्जाको अनुपात ४४.६ प्रतिशत मात्र थियो । फलस्वरुप तरलताको स्तर निकै बढी ६९.१ प्रतिशत थियो । उक्त अवधिसम्ममा नेपाल बैक लिमिटेडका जम्मा १६ शाखाहरु मत्र थिए । तीमध्ये १२ वटा तराई क्षेत्रमा थिए भने काठमान्डौ र पहाडमा गरी ४ वटा मात्र थिए ।
२०१९ साल आषाढसम्ममा निक्षेप परिचालन रु ७.९३ करोड पुगेको थियो जसमध्ये चल्ती निक्षेपको हिस्सा ५५ प्रतिशत रु ४.३८ करोड, मुद्दती निक्षेपको हिस्सा ३७ प्रतिशत (रु२.९५ करोड) र बाकी बचत निक्षेप थियो । २०१९ आषाढसम्ममा कर्जाको रकम बढेर रु ५.७५ करोड र तरल सम्पतिकोरकम घटेर रु ३.५४ करोड पुगेको थियो । यसरी कर्जा निक्षेप अनुपात ७२.५ प्रतिशत पुग्न गएको थियो भने तरलता निक्षेप अनुपात ४४.६ प्रतिशत पुगेको थियो ।
२०१९ वैशाखसम्ममा नेपाल बैक लिमिटेडको उठाउन बाकी कर्ना रु ६.३१ करोड थियो जसमध्ये वैदेशिक व्यापार कर्जा रु २.७५ करोड र अन्य कर्जा (सुन, चाँदी र अन्य पदार्थहरुको धितोमा गएको) रु ३.५६ करोड थियो ।
३. दोस्रो योजना अवधि (२०१९।२० –२०२१।२२)को स्थिति
दोस्रो योजनाको पहिलो वर्ष २०१९÷२० मा रु १०.०७ करोडको निक्षेप परिचालन गरेको थियो । यसमध्ये ६१ प्रतिशत(रु ६.१४ करोड) चल्ती निक्षेप, ३२ प्रतिशत(रु ३.२६ करोड) मुद्दती निक्षेप र बाकी बचत निक्षेप थियो । सो वर्ष नेपाल बैक लिमिटेडको कर्जा तथा लगाानी रकम रु ६.३८ करोड थियो । क्रमशः