ई – दिशानिर्देश

बाढी पहिरो नियन्त्रणका उपायहरू के हुन् ?

२९ असार २०८२, आईतवार
बाढी पहिरो नियन्त्रणका उपायहरू के हुन् ?


२०३७/३८ सालतर्फ तराई क्षेत्र अर्थात् कञ्चनपुरमा पहाडी जिल्लाहरूबाट बसाईसराई गरी ऐलानी जग्गा कमाई खाए अनुसार नाप नक्सा जग्गाधनी प्रमाणपुर्जा दिने कामको सिलसिलामा नेपाल सरकारले नापी विभागलाई निर्देशन दिएका थिए कि नदी किनारादेखि तथा ठूला नदीमा महाकाली देखि एक किलोमिटर छोडेर मात्र नापी गर्नु चुरे घाँच देखि दुई किलोमिटरसम्म भाबर राख्ने कमौद नगर्ने गरेकोलाई अन्यत्र सार्ने र भावर राख्ने भनेर राजा वीरेन्द्रले निर्देशन समेत दिएका थिए । तर त्यो नियम निर्देशन लागू भएन र हुन पनि सकिने अवस्था छैन कारण नापी कार्यालयले महाकाली किनारासम्म तथा अरु साना नदीहरूको एकदम नदी किनारा र खोला समेत नापी गरेर पुर्जा दिए बस्ती बसेको छ । महेन्द्रनगरको सालघाडी तथा अन्य डुबान क्षेत्रमा त्यसै बिना अनुमति पनि बसेका छन् भने त्यस्ता क्षेत्रमा बाढी लाग्नु स्वभाविक नै हो ।
म त्यस्तो ठाउँमा बसेको छु भनेर जनताले नबुझ्नु सरकारी पक्ष पनि मौन बस्दा बाढी विपत्ति बढेको छ । चुरेभावर छोड्नु त कता हो पहाडसम्म बस्ती गरेर खोला पहिरो गएर तराई क्षेत्रको तल्लो क्षेत्रलाई नोक्सान गरेको छ । बालीनाली घर बगैचा बगाएको देखिन्छ । खोलाको किनारासम्म नापी गर्नेलाई खोजी कारबाही गर्नुपर्ने र अब उपरान्त नापी नगर्ने भनी प्रष्ट निर्देशन सरकारले दिनुपर्दछ ।
नापी विभागबाट ठूलो गल्ती भएको पाइन्छ । जस्तै तराई क्षेत्रमा लालपुर्जा नेपालीको छ तर भारतीयहरूले दाबी गरेका छन् र सीमा निरीक्षण हुँदा नापीले पनि धेरै ठाउँमा भारतकै हो भनी स्वीकारेका छन् भने नापी गर्ने बेला नेपालीको नाममा किन नाप्यो र पछि भारतकै हो भनी किन साबित भए । त्यस बारेमा पनि सरकारको ध्यान जानु अति आवश्यक छ । महाकालीमा बाँधहरू त बाँधेकै छन् त्यसमा ठाउँ हेरी बाँसहरू लगाई बन्द र बाढीको रोकथाम गर्न सकिन्छ । घाँडी घाँँच तर्फ प्रत्येक वर्ष निरीक्षण गरी अवस्था बुझी कारबाही गर्नुपर्दछ । महाकालीदेखि कोहलपुरसम्मका सबै नदीनाला खोलाहरूको अवस्था त्यस्तै देखिन्छ । नदीखोला नजिक बसेका मानिसहरूलाई पनि निगरानीमा राखी बसोबास गर्नेहरूकै जिम्मा दिइ बाड नलाग्ने गर्न भनी सबैको लगत राख्नुपर्दछ । त्यस्तै घाँडि घाँँचमा खर्क बनाउने र काँटफाँड तथा आवाद गर्नेहरूलाई तुरुन्त हटाउनु पर्दछ । चुरे डाँडामा समेत बसोबास गरेकाले खोला पहिरोमा आई तटीय क्षेत्र डुबानमा पर्छ । त्यसकारण यी सब रोकौ सावधानी हुनुपर्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh