राजा ज्ञानेन्द्रका संवाद सचिव फणिन्द्रराज पाठक र विश्व हिन्दू महासंघका पदाधिकारी अस्मिता भण्डारीलाई प्रहरीले गिरफ्तार गर्यो । बिहान वाकमा दुबै दम्पति गइरहेको बेलामा गिरफ्तार गर्यो । श्रीमतीलाई घर पु¥याउँछु भन्दा पनि मानेन । त्यस्तै अस्मिता भण्डारीलाई पनि गिरफ्तार गरे । कारण थियो जन्मोत्सवमा श्री ५ महाराजधिराज किन भन्यौ भन्ने आरोप लगाए भने भण्डारीलाई पनि त्यस्तै भने उनलाई त झन् अरु थपेर भने निर्मल निवासमा त्यति मान्छे आउँदा कसले खर्च गर्यो भनेर सोध्यो उनी ट्याक्सीमा थिए
र पहिले मोबाइल खोसे । जब उत्तर प्रदेशका मुख्यमन्त्रीले विश्व हिन्दुका सम्राट श्री ५ ज्ञानेन्द्र शाहदेव भनेर हरिद्वारको महाकुम्भमा आमन्त्रित गरेका थिए के उनी माथि पनि वर्तमानको सरकारले कारबाही गर्न सक्छ? त्यस्तै नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पनि म त श्री ५ महाराजाधिराज नै भन्छु भनेका थिए के उनीमाथि पनि कारबाही हुन्छ, केपी शर्मा ओली नामक हराम भएजस्तो किन लाग्यो भने जब उनले ज्यान मारे बाफत अदालतबाट जन्मकैदको सजाय भोगिरहेका थिए । राजा वीरेन्द्रले उनी सुध्रिहाल्छन् भनेर १४ वर्षमा नै बाँकी कैद मिनाहा गरी जेलबाट मुक्त गरेका थिए नत्र उनी जेलमा नै सड्ने थिए ।
राजा ज्ञानेन्द्रका सचिवले श्री ५ महाराजाधिराज भनेको आरोप लगाई उनलाई थुनामा राखे । प्रहरीले पनि कसैले गलत काम गराउँदा गर्नु हुँदैन । नियम कानुन अनुसार जो तोकिएको छ त्यो मात्र गर्नुपर्दछ । कम्युनिस्ट भएर मात्र पुग्दैन कर्मनिष्ठ पनि हुनुपर्छ । नेपाल सरकारका राष्ट्रसेवकहरूले प्रधानमन्त्री र मन्त्रीले जे भन्यो त्यो मान्ने होइन जे कानुनले भन्छ त्यो मान्ने हो । राष्ट्र सेवकहरुले त राष्ट्रको सेवा ऐन कानुन भित्र रहेर काम गर्नुपर्छ । जे प्रधानमन्त्रीले ऐन कानुनको विपरीत बन्यो त्यो गर्नु हुँदैन । त्यस्तो काम गर्यो भने देशसँगै जनता पनि डुब्छन् । नेपाली कम्युनिस्ट पार्टीका नेता मदन भण्डारीका चार वटा श्रीमती थिए भन्नु पनि घातक हो । अर्काको व्यक्तिगत कुरा कहीँ कसैले नसुनेको कुरा भनी मृत्यु भइसकेका नेताको अनैतिक अफवाह फैलाउनु अफवाह हो । विदेश भारतले श्री ५ हिन्दु सम्राट भने राजा ज्ञानेन्द्रलाई जगन्नाथपुरीमा लगी सुनको सिंहासनमा विराजमान गराई गर्भग्रहमा पूजा गर्न लगाएको त याद हुनुपर्छ । जगन्नाथ मन्दिरको गर्भगृहमा पूजा गर्ने अधिकार केवल नेपालका राजारानीलाई मात्र छ । विदेशले दिएको सम्मान समेत खोस्ने प्रयास नगर्नु ।