ई – दिशानिर्देश

युवा निकासी होइन कि औद्योगिक उत्पादन निकासी गर

२५ श्रावण २०८२, आईतवार
युवा निकासी होइन कि औद्योगिक उत्पादन निकासी गर

दुई सय वर्ष पहिले पृथ्वीनारायण शाहले भनेका थिए उद्योग गरी त्यसबाट उत्पादन वस्तु बिक्री गरी रकम प्राप्त गर्नुपर्दछ । बैतडी पुर्चौडी बझाङ बैतडीको ज्यावन दार्चुलाको मर्मा तथा यस्तै देशका अन्य ठाउँहरूमा फलाम तामा खानी थियो । प्रचण्डका भदेला तुहा आदि फलामे भाँडा बर्तनहरु २००१ सालसम्म पनि बैतडी बझाङमा आपूर्ति गर्ने गरेका थिए । आज पनि बैठकको मल्लादेखि विजयपुरमा किटको पहिरो नै छ । किट भनेको ढुंगा गलाई फलाम गलाउँदा निस्केको डिकचुन पकाको कालो फलाम जस्तै तथा तामाखानी दार्चुला को मार्मामा भएपनि प्रशस्त मात्रामा उत्पादन थिएन । उत्पादन भए अनुसार तामे परात, ताउला बनाउँथे । त्यस्तै दाङमा कोइला खानी पनि रहेको बताइन्छ । नेपाल आत्मनिर्भर थियो बैतडीबाट साविक नेपाल कुमाउ गढवाललाई इस्ट इन्डिया कम्पनीले लिए पनि धेरै वर्षसम्म कुमाउको सोरमा उत्पादित सामान अन्नसमेत निकासी गर्दथ्यो । नेपालले पछि गएर नेपालको खनिज पदार्थ बन्द गर्यो र अन्न बाहेकहरू थोक आयात गर्न थाल्यो ।
आजभोलि अर्थात् २०४७ सालमा नेपालमा नयाँ किसिमको प्रजातन्त्र आएको बहानाबाजी गर्दै नेपालमा
राजा महेन्द्र र त्यसपछिका राजाहरूले खोलेका सबै उद्योगहरू विदेशीको मिलेमतोमा कौडीको मूल्यमा बेची दुरुपयोग गर्यो । जस्तै वीरगञ्ज चिनी मिल, हेटौडा सिमेन्ट तथा कपडा कारखाना, बुटवल धागो कारखाना कागज कारखाना तथा बाँसबारी छाला तथा जुत्ता कारखाना काठमाडौँ त्रिपुश्रेश्वर भक्तपुरसम्म चल्ने ट्रली बस आदि जस्ता सयौं उद्योगहरू बिक्री गरी रकमको दुरुपयोग पनि गरे । त्यसपछि विदेशीकै षड्यन्त्रमा नेपाली युवा युवतीलाई पढ्नको बहाना र वैदेशिक रोजगारीको नाममा विदेश पठाई वर्तमानमा त झन् भिजिट भिसाको नामले पनि मानव तस्करी भइरहेका समाचारहरु पनि आइरहेका छन् र त्यसबाट प्राप्त रेमिटान्सले वैदेशिक व्यापार पनि धुक धुके रूममा चलेको छ भने नेपाली दिदीबहिनी चेलीहरूलाई खाडी मुलुकमा घरेलु कामदारको नामले पनि पठाउने गरेकाले बेइज्जतीपूर्ण दुःख भोगिरहेकी छन् । पहिले चोरी छलकपट गरी मुम्बई र दिल्लीका कोठीहरूमा हुन्थे भने आजभोलि खाडी मुलुकका कोठीहरूमा पु¥याउने गरेका छन् भन्ने हरेक समाचार माध्यमले जनाएका छन् । त्यसकारण हाम्रो भनाइ के हो भने युवा युवती निकासी होइन कि औद्योगिक उत्पादन निकासी गरोस् सरकारले भन्न चाहन्छौं । विद्यार्थीको पढ्ने उपचार गर्ने र रोजगारीको बन्दोबस्त स्वदेशमा नै गरियोस भन्ने हाम्रो पनि माग रहेको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh