ई – दिशानिर्देश

जुत्ता बनाउन त सरकारलाई लाज लाग्छ

१ भाद्र २०८२, आईतवार
जुत्ता बनाउन त सरकारलाई लाज लाग्छ

बाँसबारी छाला तथा जुत्ता बनाउन त सरकारलाई लाज लाग्छ तर सुन बनाउन सक्दैन चोर्नुपर्छ । उत्तरी मुलुकबाट भने सरकारले के चाहेको हो के आफ्ना नागरिकहरूलाई विदेशीको बौर बताला हलिया बनाउन खोजेको हो विदेश गएका युवाहरूले आफ्नो सुविधाको लागि विदेशबाट ग्रीन कार्ड अर्थात् नागरिकता जस्तै सुविधा लिएका छन् किनभने त्यो सुविधा नलिएमा नोकरी गर्न र अन्य सेवा सुविधा लिन पाइँदैन भनेर लिएका हुन्छन् । नेपालको नागरिकता नत्यागे पनि उनलाई अनागरिक बनाइन्छ तर विदेशीलाई नागरिक बनाइन्छ । खै मतदाताको अधिकार दिने कुरा गर्दैछन्क सरी दिने हुन् थाहा छैन । 
मतदाताको अधिकार मात्र होइन सर्वप्रथम रोजगारीको अधिकार दिनुपर्यो । नेपालमा स्थापना भएका २२२ उद्योगहरूमध्ये कम्तीमा पनि जनताले प्रत्यक्ष र अप्रत्यक्ष सहभागी हुने गैंडाकोट कागज कारखाना, हेटौडा कपडा उद्योग बुटवल धागो कारखाना गोरखकाली कारखाना र बासवारी तथा छालाजुत्ता कारखाना सञ्चालन गरेमा आयात र वैदेशिक घाटा कम भई नाफा हुनेछ र जनताले रोजगारी पाउनेछन् । सुनिन्छ गैंडाकोटको कागज कारखानाको जग्गा प्लटिङ गरी नेताहरू तथा सरकार बेच्दै छ तर त्यस्तो नगरौँ । उद्योग जसले चलाए पनि हुन्छ तर चलाउनु पर्यो भन्ने हाम्रो मान्यता हो । जुत्ता बनाउन सरकार लाज मान्छ भने कागज र कपडा त बन्न देउ ।
सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh