बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त
भारतमा गोर्खा सेना रहेकोले त्यसको कदर र डर पनि हुँदाहुँदै पनि लिम्पियाधुरा तथा कालापानी भारतले कब्जा गरेको छ । महाकाली सन्धिलाई दुई तिहाईले पास गरे पनि त्यसका प्रमुख पात्रमध्ये एक केपी ओली भएपनि आज भारतले बलजपती लगेको छ भनि सार्वजनिक गर्न पनि महानता नै हो । त्यस्तै महाकाली सन्धिका कुपात्र गिरिजा प्रसाद कोइराला भएपनि दुई तिहाईमा भाग लिने पशुपति शमशेर जबरा तथा प्रकाश चन्द्र लोहनी पनि थिए । म अचम्बित छु नेताहरू यति कमजोर बुद्धिहीन भएका कसरी हुन्छन् यी नेताहरुले त भन्नुपर्ने थियो प्रजातन्त्र त हामी हाम्रो देशमा आफै ल्याई हालौला हामी हाम्रो जमिनसित प्रजातन्त्र साट्दैनौँ भन्न सक्नुपर्ने थियो जो सिन्जा राज्यको बेलामा पनि सतलजसम्म सिन्जा राज्य थियो । त्यो कुराको प्रमाण हो गडवालमा नेपाल तथा सिन्जा खस राज्यको राज्य थियो भनेर लेखमा लेखेका छन् र हरेक ठाउँमा खुकुरी निशान रहेका छन् । उनीहरूको ग्रामीण तथा प्रान्तीय झन्डामा पनि खुकुरीकै निशान छ त्यसले पनि नेपाल को हो भन्ने जनाउँछ । रहनसहन जाति धर्म कर्म पनि भारतसित मिल्दैन । डोटी सिन्जा अर्थात् नेपालसित मिल्दछ । लिपुलेक कुटी गुन्जीको मात्र कुरा गर्दा त्यहाँबाट हिउँदको सिजनमा दार्चुला खलङ्गामा बस्दथे । त्यहाँका सौक समुदायको घर दार्चुलामा २०५१ सालमा डेरा गरी म पनि बसेको छु । मैले भनेर के हुन्छ सरकारमा भएका एक दुई जना मन्त्रीले आवाज उठाए पनि काम लाग्ने थियो उठाएनन् । हिजो अस्ति भने प्रधानमन्त्री केपी शर्मा ओलीले उठाएका छन् । उठाए पनि त्यसमा दम छैन किनभने महाकाली नदीको मात्र कुरा नभई सिमानाको पनि हस्ताक्षर गरेका छन् । जब नेपालको शक्ति पुगेको बेला भारतलाई दुःख दिन्छ कि भनेर महाकाली पश्चिमको भूभाग आजसम्म जे जस्तो लेखिएको भएपनि भारतको हुनेछ भनेर पनि टनकपुर महाकाली सन्धि नामको सन्धिलाई दुई तिहाई संसदले पास गरेको छ । जहाँ भारतले महाकाली देखायो त्यहाँ नै हाम्रा नेताहरुले स्वीकार गरेकाले भारतले आफ्नो नक्सामा देखाएको हो । त्यो पनि महाकाली सम्झौतापछि मात्र त्यसकै आधारमा मानसरोवर जाने सडक पनि निर्माण गरेका हुन् । नेपाली जनता रिसाउँछन् कि भन्ने डरले मात्र नेपालले आफ्नो नक्सामा देखाए पनि नोट र पाठ्यपुस्तकमा देखाउन सकेको भने छैन ।
माओवादी द्वन्दको कुरा गर्दा एकातर्फ आतंकवादी भनेर टाउकाको अर्को तर्फ बैंक लुटाउने सरकारको उपस्थिति पनि हटाउने गाविस सचिवहरूलाई तथा प्रहरी चौकीलाई सदरमुकाम बोलाई माओवादीलाई सहयोग गरेको हजारौं मानिस तथा करोडौंको सम्पत्ति नोक्सान गर्नुभन्दा पहिले सात पार्टीहरूले सम्झौता गरी देशलाई क्षतिग्रस्त हुनबाट बचाउने प्रयास नगरी सात पार्टीहरुले दिल्ली दरबारमा गएर सम्धी सम्झौता गरे । तर सरकारसित गरेनन् । जबसम्म सम्पूर्ण देशवासी एक भएर मिलिजुली गर्दैनन् तबसम्म देशमा शान्ति हुने संकेत देखिँदैन । तसर्थ सबै राजनीतिक दल तथा राजासँग मिली सबैको सल्लाह अनुसार देशमा शासन गर्नुपर्ने अवस्था हुनुपर्ने ठहर गर्दछौं । भारतमा राष्ट्रपति वैज्ञानिक तथा पार्टीमा नगएका व्यक्तिलाई राष्ट्रपति बनाउँदा पुरा भारतको राष्ट्रपति घोषित गरेका छन् भने नेपालमा नेपालको राष्ट्रपति नभएर पार्टीको राष्ट्रपति हुँदा पार्टीले भनेअनुसार हुने भयो । विद्यादेवी भण्डारी राष्ट्रको राष्ट्रपति नभएर पार्टीको राष्ट्रपति हुन् भन्ने प्रमाणित भएको छ । प्रधानमन्त्री पनि एक निर्वाचित क्षेत्रबाट जति मत पायो उसको मात्र प्रधानमन्त्री भएका छन् । प्रत्यक्ष प्रधानमन्त्री सिस्टम भए त देशमा स्थायित्व पनि आउने र देशभरिका जनताको सहभागिता हुने थियो । त्यस्तो गर्दैनन् कुन लोभ लालसा हो भन्न सकिँदैन ।
ती दुखदायी दिनहरू सम्झँदा पछि सुख होला भन्ने सोचेर दुःखलाई सुख सम्झेर दिन बिताए दश वर्षसम्म लाखौं विद्यार्थीहरुले पढ्न पाएन । माओवादीको अभियानमा लैजान थाले पढाइ बन्द भयो । हजारौं हजारको जीवन बर्बाद भयो । नेपालमा रोजगारीका ढोकाहरू पनि बन्द गराए विदेश जान पनि रकम चाहियो भए आफ्नो नभए अर्काको खेत जग्गा सम्पत्ति धितो राखी कर्जा लिए तर अन्तमा ऋण तिर्न नसकी घरजग्गा लिलाम बिक्री भएका तमाम घटनाहरू छन् । त्यस्तै घिनलाग्दा कुरा घरेलु कामदारका पनि छन् सिगरेटका ठुटाले जिउमा पोलेका घटना पनि सुनेको मात्र होइन देखेका पनि छौँ । उद्योग कलकारखाना बेचेपछि र अहिलेको अवस्था हामीलाई थाहा छ पहिले गार्मेन्ट उद्योग र गलैचा उद्योगमा मात्रै करिब २ लाख रोजगारीले स्वदेशमा नै रोजगार पाएका थिए । आज ती उद्योगहरूमा एउटा पनि छैन । जिल्ला हुलाक कर्मचारी होला कि पोष्ट मैनलाई वर्षमा दुई जोडी जुत्ता दिने चलन थियो ती सबै बाँसबारी छाला जुत्ता कारखानाबाट किन्ने गरेका थिए भने कपडाहरू हेटौडा कपडा उद्योगबाट खरिद गर्ने गरेका थिए । नेपालीहरूको मन मस्तिष्कमा भिजेको थियो हेटौडा कपडा र बाँसबारीको जुत्ता गैंडाकोटको कागज कारखानाले नेपालको त आपूर्ति गरेकै थियो भने नोट छाप्न विदेशमा पनि निकासी हुने गर्दथ्यो । आज आयात गर्नुपर्ने बाध्यता रहेको छ ।
आज भन्छन् राजाको पालामा यो थिएन ऊ थिएन । आज मुख देखिने मोबाइल छन् आकाशमा उड्ने हवाई जहाज छन् के यी सब वर्तमानको सरकारले बनाएका हुन ? २०४१ /४२ सालमा जेसीबी सम्म थिएन आज छन् यी सब के नेपालले बनाएको हो ? पहिले राजा तथा पञ्चायतले बनाएको होइन गणतन्त्रको बेला हामीले बनाएका हौं भन्न वाहियात हो ।