ई – दिशानिर्देश

तीनवटै तहमा सुरुदेखि राज्य सञ्चालन गतिविधि सन्तोषजनक छैनन्

१ भाद्र २०८२, आईतवार
तीनवटै तहमा सुरुदेखि राज्य सञ्चालन गतिविधि सन्तोषजनक छैनन्

कृष्णबहादुर चन्द
वर्तमानको व्यवस्था
राज्य प्रणालीमा तीन तहका सरकारहरू संघ (केन्द्र), प्रदेश र स्थानीय तह नगरपालिका र गाउँपालिका निर्माण गरिएका छन् । केन्द्र अर्थात् संघ, प्रदेश ७ वटा र स्थानीय तह ७५३ गरी ७६१ सरकारहरूबाट राज्य सञ्चालन भइरहेको अवस्था छ तर विद्यमान राज्य सञ्चालनमा सुरुदेखि तीनवटै तहमा राज्य सञ्चालन गतिविधि सन्तोषजनक रूपमा चलिरहेको अवस्था भने छैन । सधैँ खटपट, अस्थिरता, भ्रष्टाचारहरू जन्य गतिविधि, र अन्योलतामा नै व्यतित भइरहेको अवस्थालाई नकार्न सकिँदैन ।
राज्य सञ्चालनमा जनताको नजिक इन्ट्री पोइन्ट भनिएको स्थानीय तहहरू ७५३ छन् जहाँ जनता नागरिकले आफ्ना आवश्यक आधारभूत काम कुराको सेवा सर्वसुलभ रुपमा पाउने भनिन्छ । तर स्थानीय तहमा केही मूलभूत केही त्रुटि भएका कारण प्रायः स्थानीय तह सरकार (सिंहदरबार) पनि विभिन्न अस्थिरताबाट गुज्रिरहेको अवस्थामा राम्ररी सेवा प्रभाह दिन सकेको अवस्था छैन, देखिँदैन । अन्य कारणहरूमध्ये यसो हुनुमा वर्तमानको स्थानीय निर्वाचन प्रणालीले पनि प्रमुख मान्न सकिन्छ ।
देश र जनताका लागि काम गर्नु, शान्ति अमनचयन, सार्थक विचार, सोच चिन्तनले काम गर्नु समतामूलक समाज निर्माण र सामाजिक सहिष्णुता प्रदान गर्नु र कायम राख्नु भनेकै राजनीति हो ।
झिकरे आन्दोलन सुदूरपश्चिम प्रदेश बैतडी जिल्लाको पाटन नगरपालिका कार्यपालिकाको बैठक बसी आएकै बेला २०८२ /३/२६ गतेका दिन केही जनप्रतिनिधिहरू गएर लेखा शाखामा तालाबन्दी गर्छन् बिना कागजात भुक्तानी भइरहेको र आर्थिक अनिमितताको आशंका भन्दै तालाबन्दी गरेको प्रेस विकृति बाहिर आयो भित्रैबाट आसंकित भएका कारण यसको छानबिनमा सहजीकरण गरिदिनुहुन भनेर बैतडी जिल्ला समन्वय समितिमा पाटन नगरपालिकाको तर्फबाट च.न. १९७५ बाट पत्राचार गरी जिससलाई गुहार हुँदै गर्दा तीन दलीय समिश्रणबाट बनेको पाटन कार्यपालिकाको नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पार्टीको तर्फबाट छानबिन समिति गठनको लागि माग गर्दै प्रेस विज्ञप्तिहरू सामाजिक सञ्जालमा देखिए ।
जिल्ला समन्वय समितिको सहजीकरणमा लेखा शाखाको ताला खुलाए तापनि बजार व्यवस्थापन पक्षहरूबाट उपमेयरको कार्यकक्षमा तालाबन्दी भयो र उपमेयरको कार्यकक्षको ताला खुलाउन ईप्रका पाटनमा सर्वदलीय बैठक छलफल भयो । अन्य दलहरूले छानबिन बिना नै उपमेयरको कार्यकक्षको ताला खोलिनुपर्छ भने पनि नेकपा एमाले पाटनले छानबिन समिति गठन गरेर मात्रै ताला खोलिनुपर्छ भन्ने अडान भइरह्यो यसबीचमा छानबिन समिति गठन गरी पालिकाको समस्या समाधान गर्न गराइ दिन जिल्ला प्रशासन कार्यालयलाई नेकपा एमालेको ज्ञापनपत्र÷प्रेस विज्ञप्ति र पटकपटक बसेको छलफल बिना निष्कर्ष निक्लिँदै जाँदा समय बित्दै जाँदा पालिकाभित्रैबाट पनि छानबिनको माग गर्दा पनि निकास नपाएको अवस्थामा जेकडे आन्दोलन सुरु भएको हो । आर्थिक अनियमितता जो कार्यपालिका भित्रैबाट उठेको छ । बिना कागजात भुक्तानीका विषयहरू÷गोप्य सूचनाहरू फेसबुकमा आएका विषयहरू÷ फेसबुकबाट छानबिनका लागि माग गरेका विषयहरु जनप्रतिनिधिका सेवा सुविधाहरू फोरमाइला व्यवस्थापनका विषयहरू÷छाडा पशु चौपाय व्यवस्थापन बृहत खानेपानी योजना सम्बन्धित सबै विषय छानबिन गरेर नगरपालिकाभित्र सुशासन कायम गर्न माग गर्दै झेकडे आन्दोलनको सुरुवात
भयो ।
पाटन नगरपालिकाद्वारा जारी गरिएको मिति २०८२/ ४/ १२ गतेको प्रेस विज्ञप्ति मार्फत आन्दोलन फिर्ता लिएको र २०८२ /४/२० गतेका दिन कार्यपालिकाको बैठकबाट विज्ञहरू सहित जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ र एक महिनाभित्र सबै छानबिनक विषयहरूलाई छानबिन गरेर अगाडि बढ्ने
कुराले अहिले नेकपा एमाले नगर कमिटी मौन रहेको अवस्था छ ।
हामी हाम्रो कार्य क्षेत्रमा भइरहेका सबै अनियमितता भ्रष्टाचार विरुद्ध झिकरे आन्दोलनलाई सत्याग्रहको रुपमा चलाउन चाहन्छौं ।
छानबिन भएर सत्यतथ्यहरु बाहिर आओस् दोषीहरूलाई कारबाही होस् भन्ने आसयका साथ हामी बसेका छौं पुनः चेकडे आन्दोलन अगाडि बढाउन नपरोस् भन्ने मनसाय लिएर आन्दोलन तत्कालका लागि स्थगित गरिएको छ ।
विभिन्न तौर तरिकाबाट मागहरू सम्बोधन भएन छानबिन समिति पनि गठन भएन पालिकाको आँखा खुलेन १७ दिनसम्म आन्दोलनका चरणहरू पार गरिए तर कुनै सुनुवाई भएन र १७औ दिनमा झिकरे आन्दोलन सुरु भयो । १२ घण्टा नबित्दै पालिका छानबिन समिति गठन गरेर छानबिनको प्रतिबद्धता गर्दै आन्दोलन तत्कालका लागि फिर्ता गर्न अनुरोध गर्दछ । यही हो झिकरे आन्दोलन–धर्मानन्द भट्ट (सु.प. प्रदेश कमिटी सदस्य नेकपा एमाले इन्चार्ज÷सु.प. प्रदेश कमिटी)
नगरपालिका पाटनमा गरिएको तालाबन्दी र झिकरे आन्दोलन बारे पाटन नगर प्रमुख गौरीसिंह रावल ज्यूको प्रतिक्रिया
मिति २०८२/३ /२६ गते उत्पन्न पाटन नगरपालिकामा भएको तालाबन्दी र झिकरेबार पालेका विरुद्ध नभएका क्रियाकलाप हुन् पाटन बजार व्यवस्थापन र आफू खुसी गरेका हुन् भन्ने प्रतिक्रिया नगर प्रमुखको रहेको छ ।
जिल्ला समन्वय समितिका सदस्य करन सिंह कणायत र वडा अध्यक्ष राजेन्द्र सिंह बिष्टका अनुसार पाटन
नगरपालिकामा भएको तालाबन्दी र झिकरे आन्दोलन प पृथक प्रथम राजनीतिक अवस्थाका आधारमा र बजार व्यवस्थापनको समेत सक्रियतामा भएको नराम्रो गतिविधि हुन गएको । यस प्रकारको गतिविधिबारे पाटन इलाका
प्रहरी समक्ष समेत सम्झौता भएको र परिणाममुखी भएन र झिकरेबार अघि बढ्यो, दोहोरो तर्फबाट तालाबन्दी र थप झिकरेबार विरोध थालनी भएको यसबारे छानबिन गर्न समिति गठन गरिएको छ । तर त्यसले पनि आफ्नो कार्य गरेको अवस्था अहिलेसम्म छैन ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh