भम्केनी धाम नेपालको कञ्चनपुर जिल्ला महेन्द्रनगरको उत्तरतर्फ तिलाचौडको बाटो हुँदा एक पौराणिक स्थलमा भम्केनी धाम रहेको छ । यसको महिमा र परिचय पुराणहरूमा पनि रहेको छ । केही वर्ष पूर्व नेपालका प्रथम जगतगुरु मोहनशरण देवाचार्य केही समय काश कुशको छाना बनाई मौन व्रतमा बसेका थिए । उहाँले पूरा नेपालमा भ्रमण गरे तापनि आफ्नो मेहनत लगानी पश्चिम भम्केनी धाममा बढी रहेको देखिन्छ । उहाँले नेपालको पहिचान रहोस् भनेर ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बनाउन सुरु गरेका छन् हाल कमलको फुल बनाई सकिएको छ । नेपाल अधिराज्यको तराई क्षेत्रबाट र ढुवानी साधन भएको पहाडी क्षेत्रबाट पुराना भाडावर्तन तामा पित्तल काँसोका भाडावर्तन संकलन गरी धम्केनी धाममा पु¥याई मूर्ति निर्माणको काम सुरु गरेका छन् । अझै पञ्चधातुको अभावमा पूर्णमूर्ति निर्माण गर्ने काम अधुरो रहेको पाइन्छ । कञ्चनपुर जिल्लाका केही पालिकाहरूमा स्वयं गएर पुराना भाँडावर्तन संकलन गरेका छन् । गोदाममा हेर्दा एक दुई ट्रक भए तापनि थोरै हुने रहेछ । ती भाडाहरु गलाएर साँचोमा राखी मूर्ति बन्ने हुँदा धातुको अभावमा हाल निर्माण कार्य स्थगन रहेको देखिन्छ । नेपाल सरकार, प्रान्त र पालिकाहरूले तथा यहाँका सांसदहरूले रकम देलान् भन्ने आशा जगतगुरु तथा हामीले पनि बोकेका थियौ तर पनि सांसदज्यूहरूबाट हालसम्म प्राप्त भएको देखिँदैन । प्रदेश सरकारबाट भने ५० लाखसम्म दिने घोषणा भएको पाइन्छ । सुदूरपश्चिमको धरोहर रहेको नेपाल आमाको मूर्ति हेर्न स्वदेशी तथा विदेशी पर्यटक आउने र दीर्घकालसम्म यो मूर्ति नपाल आमाको नाममा रहिरहने हामी सबैको मनसाय पनि रहेको छ । त्यस क्षेत्रको सुविधाको लागि जिल्ला प्रशासन कार्यालयको पहलमा नगरपालिका तथा सडक विद्युतबाट बिजुली कच्ची सडक निर्माण भएको र केही दिनमा पक्की सडक निर्माण गरिने भन्ने कुरा प्रकाशमा आएको छ ।
कञ्चनपुरका सबै पालिकाहरू तथा सभासदहरूले सांसदकोषबाट नगद वा धातु खरिद गरी दिन्छन् कि भनी यहाँका जनता तथा जगतगुरु पनि आशारत रहेका छन् भन्ने कुरा बुझिन्छ । यस जिल्लाका सभासदहरू तथा पालिकाहरूले सहयोग गरेमा चाँडै मूर्ति बनी यहाँको पहिचान अमर रहने थियो ।
भम्किनी धाम जाने सडक ओरालो भएकोले नाली बनाई पिच गर्नुपर्ने अति आवश्यक भएकोले पिच गर्नेतर्फ पालिका तथा प्रदेश सरकारको ध्यान आकर्षण गर्दछौँ ।