स्वतन्त्र राष्ट्र आज परतन्त्रमा गएको अनुमान लगाउन सकिन्छ । त्यसको प्रमाण हो १) विद्युतीय ट्रली बस चल्ने पोल तथा तार अनायास निकाल्नु र बसमा कोठाहरु बनाई माओवादी लगायतका मानिसहरुले सुत्ने, टर्मिनल भवनको पनि दुरुपयोग गर्नु, २) प्रहरी सेना कर्मचारी शिक्षकहरूका ड्रेस थप गर्नुपर्ने ठाउँमा हेटौडा कारखाना बन्द गराउनु ३) बासबारी छाला जुत्ता कारखाना स्वदेशी कच्चा पदार्थमा सञ्चालन गरिने भएपनि बन्द गर्नु ४) स्वदेशी कच्चा पदार्थमा सञ्चालन हजारौं जनताले रोजगारी पाएको गैंडाकोट कागज कारखाना बन्द गर्नु । ५) त्यस्तै सयौं उद्योगहरूमा आगो लगाई मूल्यांकन घटाई बेच्नु हाल व्यक्तिगत फाइदा गर्न भृकुटी कागज कारखानाको जग्गालाई प्लटिङ गरी बिक्री गर्ने योजना बनाउनु, निकासी घटाई पैठारी मात्र गर्नु ।
राजा वीरेन्द्रको वंशनाश हुनेगरी हत्या गरेको र राजा ज्ञानेन्द्रलाई सत्ताच्युत गर्नु महागलत थियो । त्यसकै फल हो आज नेपाल सिक्किमीकरण नभए पनि लिम्पियाधुरा कालापानीकरण भइसक्यो यो नै नेपाल विनाशको संकेत हो । नेपालको झन्डा हटाउनेहरु पनि आज यही देशमा जीवित छन् ।
आज व्यापारको नामले लिम्पियाधुरा कालापानी चीनको समर्थनमा व्यापारको लागि कब्जा गरेको छ । व्यापार गर्नमा कसले रोक लगाएको थियो नेपालको रोकटोक थिएन नेपालसित सल्लाह लिए त राम्रै हुने थियो लिएन । व्यापारको लागि बाटो त सबैलाई चाहिन्छ समुद्र तटसम्म पुग्न नेपाललाई पनि चाहिन्छ तर जमिन हडप्नु मूर्खता र अपराध हो । नेपालसित यस्तो गर्नु त झन् नमक हराम हो । बाटो मागोस् ठिक छ जबरजस्ती गर्नु अन्याय हो । लिपुलेकमा त हाम्रो सेना बसेको थियो त्यहाँबाट नै खम्पा अपरेसन गरेका हुन् भारतको भूमिमा सेना जाँदैन । कुटीचालहरूको दोसारी छ हिउँदमा दार्चुला झर्छन् उनीहरूको घरमा म पनि बसेको छु । २०५१ सालमा त्यहाँ लिपुलेकमा बस्ने सैनिक जवान दलबहादुर बिष्ट अझै जीवित छन् । महेन्ल्रनगरको निम्बुखेडामा बस्दछन् यदि हाम्रा नेताहरूको दोष नभए सोधे हुन्छ । यस्तै भएकोले राज्य र हामीलाई पनि चिन्ता हो ।