ई – दिशानिर्देश

नोटको जतन गर्न आग्रह

७ आश्विन २०७४, शनिबार
नोटको जतन गर्न आग्रह

महेन्द्रनगर, ०७ असोज । नोटबाट राजाका नाम हटाउनको लागि २०६४ सालमा सम्पूर्ण नोटहरु नयाँ छाप्ने पुराना नोटहरु नचल्ने गर्ने योजना सरकारको असफल भएपनि प्रत्येक वर्ष दशैंको बहानामा नयाँ नोट छाप्ने पुराना नोट खिच्ने प्रचलन रहेको देखिन्छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणहरुलाई दशैँमा वितरण गरेका नयाँ नोटलाई जतन गर्न आग्रह गरेको छ ।

वर्षेनी नयाँ नोट निष्काशन गरेपनि छिट्टै पुराना भइहाल्ने समस्या भएको भन्दै राष्ट्र बैंकले नयाँ नोट जतन गर्न आग्रह गरेको हो । राष्ट्र बैंकले नयाँ नोटलाई दशैँ तिहारमा रङ र पानीबाट बचाउन समेत आग्रह छ ।

नेपाल राष्ट्र बैंकका निर्देशक एवं सह–प्रवक्ता राजेन्द्र पण्डितले नयाँ नोट सबैको साझा सम्पत्ति भएको भन्दै नोटको जतन गर्नुपर्ने बताए । नोट निष्काशन गर्दा लाग्ने रकम नेपालीहरुकै भएकाले नोट जतन गर्नु सबैको दायित्व भएको राष्ट्र बैंकको भनाई छ ।

बैंकले दशैँका लागि २५ अर्ब रुपैयाँका नयाँ नोट वितरण गरिरहेको छ । राष्ट्र बैंकले काठमाडौं, विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढी शाखाबाट साथै नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट समेत नयाँ नोट वितरण गरिरहेको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh