ई – दिशानिर्देश

पुराना संरचना मर्मत सम्भार

३ श्रावण २०७८, आईतवार
पुराना संरचना मर्मत सम्भार


दिशानिर्देश समाचार
महेन्द्रनगर, २ साउन

देशका धेरै संरचनाहरु ऐतिहासिक भैसकेका हुन्छन् भने केही संरचनाहरुले इतिहास जन्माई रहेका हुन्छन् ।
महेन्द्रनगर बजार नयाँ स्थापना भएको थियो, यो भन्दा पुर्व यहाँको बजार ब्रहमदेव मण्डीको रुपले चिनिने गर्दथ्यो । ५/७ वर्ष पुर्व त्यहाँको बजारका अवसेसहरु भवनका दिवाल, पसल राख्न र बस्ने कोठा, बजारको बाहिर चोक अवसेसको रुपमा थियो । जुन मर्मत सम्भारको प्रतिक्षारत थियो । हाल सम्म संरक्षण हुन नसकि अतिक्रमित भएको छ । एक पटक राणा कालमा त्यही ब्रहमदेव मण्डीमा आगलागी भई धनजनको क्षति हुँदा त्यसको व्यहोरा माथिल्लो निकायमा पठाएको ६ महिनापछि महाकालीबाट पानी ल्याई आगो निभाई दिनु भन्ने आदेश ब्रहमदेव मण्डीमा जानकारी आएको चर्चा आज पनि छदैछ, कञ्चनपुर जिल्लामा २ प्रमुख स्थान हुन बेलौरी र ब्रहमदेव, बेलौरीमा प्रशासनिक काम गरिन्थ्यो भने ब्रहमदेवमा व्यापारिक काम ती दुवै स्थानमा रहेका महत्वपूर्ण संरचनाहरुको मर्मत, सम्भार गर्नु इतिहासलाई जोगाउनु हो इतिहास नै राष्ट्रको पहिचान पनि हो ।
महेन्द्रनगर बजारको पश्चिम तर्फ रहेको एक मात्र जिल्ला भरीकै पार्क पंचायत रजत जयन्तीको समय पारि निर्माण गरेको र रजत स्तम्भ पनि बनाएको हुँदा त्यसको मर्मत सम्भार बनाएको दिन देखि भएको थिएन । २०६२/६३ त त्यसलाई तोड्ने दुस्प्रयास गरे तापनि कोरियन ठेकेदारद्वारा निर्माण गर्न लगाएकोले मजबुद हुँदा राजाहरुका शालिक ढाले झै ढाल्न सकेनन्, आन्दोलनकारीको नामबाट पनि २०४६ सालपछि वर्तमानमा मर्मत भईरहेको देखिन्छ, त्यस्तै सोही पार्कको दक्षिणतर्फ बनाएको सरस्वतीको मन्दिर पनि छ जुन नेपालीपन झल्कने हिसावले निर्माण गरिएको थियो, आज त्यसको पनि मर्मत भैरहेको छ तर पुरानो ढाँचा मेटिने गरी हेर्र्दै धब्बा देखिने गरी मर्मत गर्नुले इतिहासको
संरक्षण हुदैन जस्तो बनेको थियो, त्यस्तै प्रकारले मर्मत गर्नु राम्रो हो । त्यस्तै रजत स्तम्भको पनि मर्मत सम्भार भैरहेको छ । जसरी आज हनुमान ढोका लगायतका ऐतिहासिक संरचनाको मर्मत सम्भार भईरहेको छ । त्यस्तै गरी यहाँका एैतिहासक संरचनाको हुवहु पुरानै अवस्था देखिने गरि मर्मत गरियोस भन्ने जनभावना रहेको छ । यसतर्फ जिल्ला प्रशासन र नगरपालिकाको ध्यान जानु जरुरी देखिन्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh