ई – दिशानिर्देश

देश छोडेर राजाहरुले भाग्नु हुदैन, भाग्नु भन्दा शहीद हुनु बेश

९ बैशाख २०८१, आईतवार
देश छोडेर राजाहरुले भाग्नु हुदैन, भाग्नु भन्दा शहीद हुनु बेश

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

यदि विद्धानहरुले मनन् र अध्ययन गर्ने हो भने नेपालका राजाहरुमा राजा महेन्द्र नेपालका ढुकढुकी राष्ट्रपिता हुन तर राजा त्रिभुवन राष्ट्रपित हुन तर राजा त्रिभुवन राष्ट्रपिता होइन किनभने उनले सपरिवार देश छोडी भारतको शरणमा गएका हुन । यदि बालक राजा ज्ञानेन्द्र नभएका भए भारतले नेपालाई कास्मीर सरह बनाई सक्ने थियो ।
कास्मीरका राजालाई पनि दिल्लीमा बोलाई कास्मीर कब्जा गरेका हुन । जवाहरलाल नेहरु र बल्लब भाई पटेलले नेपाललाई पनि त्यस्तै गर्न राजा त्रिभुवनलाई भारत बोलायो भाग्यबस बालक ज्ञानेन्द्र शाह नेपालमा छुटेकाले उनलाई नै बालक
राजा बनाई राजगद्धीको उत्तराधिकारी राणाहरुले बनाएपछि त्यस्तो गर्न आट त गरेनन् तर मन्द बीस भने अवश्य छरेकै हुन नेहरु र पटेलहरुले । दश वर्ष बहुदलका कृयाकलापबाट त्रसित भएर नेपाल कम्युनिष्ट पार्टीका प्रमुखहरुको सहयोग लिएर नै २०१७ साल पुष १ गतेको कदम चाली नेपालको संविधान २०१९ को निर्माण तथा संशोधन गर्दै देश हाकेका हुन ।
राजाहरु हमेशा जनताको पक्षमा रहन्छन र नेताहरु सबैलाई समान ठानी नेताहरुको छनौट जनताद्धारा गराई जनताको सेवा निडर भएर गर्नमा सहयोग गर्छन । राजा दलपति नभई राष्ट्रको हुँदा राजाको आवश्यक परेको छ । राष्ट्रपति त छन तर नेपालको नभई नेपाली कांग्रेसका राष्ट्रपति छन ।
राजा ज्ञानेन्द्रले बरु म शहीद हुन्छु देश छोडदैन सत्ताको हकमा पनि लोभ छैन तर जनताको हित गर हामी सबैको देश हो म सत्ताबाट बाहिर भई जनताको नासो जनताले छानेका अगुवा तपाईहरु मार्फत जनतालई बुझाई दिन्छु भलो गर्नु भनेका थिए भने आज नेताहरु कुरा बंग्याउदैछन ।
राजा महेन्द्रलाई मार्न स्वदेशी विदेशी सबै लागेकै हुन जनकपुरमा राजाको जीपमा बम प्रहार भयो तर देशको सतधर्मले राजा बचे जीप क्षतिग्रस्त भयो जुन अचले छाउनीको संग्रहालयमा रहेको छ हेर्न सकिन्छ ।
यदि नेताहरु र राजा जनताले एक भएर उभिने हो भने कुनै बाह्य शक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष आक्रमण गर्न सकिदैन । राजसंस्था राष्ट्रभक्ति वाला भएकोले राजालाई कमजोर पार्न नेताहरुलाई विदेशले विभिन्न प्रलोभनमा पारी राजा राजसंस्थाको विरुद्धमा उभ्याउन लगाएको हाम्रो अनुभव छ तसर्थ देशका सबै नेता तथा राजाले एकसाथ नमिले देश नरहन सक्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh