ई – दिशानिर्देश

पशु बलिको विरोधमा अहिंसा पद यात्रा

७ आश्विन २०७४, शनिबार
पशु बलिको विरोधमा अहिंसा पद यात्रा


धनगढी, ०६ असोज । पशु हिंसाका रुपहरु फेरिएका छन् । पशु बलि गर्ने प्रचलन पुरानो भएपनि हाल आएर त्यसले नयाँ रुप लिएको छ । एउटा अर्काे विचित्र के छ भने पशुको हत्या गर्दा ऊ तुरुन्त मर्छ दुःख पाउँदैन तड्पिनु पर्दैन तर यहाँ बुद्धिजीवि विद्वान नेपालीहरुको नयाँ नेपालमा सबैका सामु छ ।

पशु बलिको रुप फेरिएर गाईवस्तुहरुलाई सडकमा छोडिएको छ, यसप्रति कसले ध्यान दिने ?

वर्षभरी गाईलाई दोहन गरेर कसैले बाच्छीलाई सडकमा पु¥याएको छ भने कसैले गाई बाच्छी बर सबैलाई सडकमा पु¥याएको छ । उसले न पानी पाएको छ न घाँस पाएको छ । दैनिक १÷२ पशुहरु गाडीको ठक्करबाट कोही मरेका छन् भने कोही घायल भएका छन् । यस्ताको लागि न नेपाल सरकारले वास्ता गरेको छ न पशु हिंसाका विरोधीहरुले नै वास्ता गरेको छ । पशु बलि भन्दा कम दर्दनाक छैन टन्टलापुर घाममा पानी नपाई तिर्खाएका गाई गोरुहरुले महेन्द्रनगरको भानु चौकमा साच्चिकै चक्का जाम गरेको छ तरकसैले सुन्दैन । पशु बलिको विरोधमा शुक्रबार धनगढीमा अहिंसा पदयात्रा गरिएको छ ।

‘निर्दोष पशुको बलि नदिउँ, विकार र विकृतिको बलि दिउँ’ भन्ने मूल नाराका साथ ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्र धनगढीको पहलमा अहिंसा पदयात्रा गरिएको हो ।

पदयात्राको समापन गर्दै प्रशिक्षण केन्द्रकी प्रमुख हिरा दिदीले वैदिक सनातन धर्मले पशुको बलि दिएर हिंसा नगर भनेको उल्लेख गर्दै धर्मको नाममा निर्दोष प्राणीको हिंसा गर्दा समाजमा शान्ति नहुने बताउनु भयो ।

मन्दिरमा देवीमाताको नाममा बलि दिने कार्य उपयुक्त नभएको उल्लेख गर्दै उहाँले मानवले आफू परिवर्तित हुनसकेमा मात्रै सबै प्राणीको कल्याण हुने विचार व्यक्त गर्नुभएको थियो तर सर्वत्र देखिने गाईगोरुहरुको बारेमा कसैले एक शब्द पनि बोलेको नपाइदा जीउदा पशु संरक्षण गर्नेहरुलाई ठूलो चिन्ता भएको छ । उक्त गाई गोरुको चित्र जुन ठाउँमा यहाँका विद्यार्थी, राजनीतिक पार्टीहरु, टायर बालेर चक्काजाम गर्दछन् त्यही ठाउँलाई आज गाईगोरुले ओगटेको छ कसैले बसालेका होइनन् आफै गएर न्यायको लागि संघर्षरत गाईगोरु प्रति कसको ध्यान जाने ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh