ई – दिशानिर्देश

बस पल्टिँदा १० जना यात्रु घाइते

७ आश्विन २०७४, शनिबार
बस पल्टिँदा १० जना यात्रु घाइते


झलारी, ०७ असोज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ गर्जमुनि नजिक ना ५ ख २६४८ नं.को बस पल्टिँदा १० जना यात्रु घाइते भएका छन् ।

धनगढीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको उक्त बस सडक छेउमा पल्टिँदा यात्रुहरु घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताएका छन् ।

घाइतेको झलारी बजारमा रहेको निजी क्लिनिकमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइते हुनेमा बाजुराका २६ वर्षीय गौरी
बोहरा, ४२ वर्षीय तुलाराम जोशी, ३५ वर्षीया लीला थापा, उनकै डेढ वर्षीय छोरा सुमन थापा, ३६ वर्षीय दुर्गा जोशी घाइते भएका छन् ।

यसैगरी, घाइते हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणिका ३५ वर्षीय जयराज भट्ट, ५५ वर्षीय जयबहादुर काफ्ले, ६२ वर्षीय खडकराज जोशी, गोदावरी नगरपालिकाका ५५ वर्षीय दल बहादुर विष्ट र ३७ वर्षीय दानसिंह धामी
रहेका छन् ।

यात्रु मध्ये दुर्गा जोशीको अवस्था गम्भीर रहेपनि अन्यको अवस्था सामान्य रहेको उपचारमा संलग्न स्वाथ्यकर्मीहरुले बताएका छन् । बसका चालकलाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh