ई – दिशानिर्देश

हलिया मुक्ति

१५ आश्विन २०७४, आईतवार
हलिया मुक्ति

-बलदेव अवस्थी


कहिले हलो हातमा नसमातेका पनि हलिया भए
कही
बाहै्र महिना हलो नछोड्ने पनि हलिया
तर मुक्ति दुबैले पाए,
हलियाको सुविधा लिनेमा केवल
भुल, सार्की, पार्की, सुनार, लुहार, कहार
जस्ता
केही जातिहरु माझ मुल हलिया थारु मिसिएका छन्
आजै दिन फेरिएका छन् ।

हलियाले हलो पाउन सकेको छैन
मालिकहरुले
गोरुको बेपत्ता पारी च्याम्फा अपनाएका छन्
त्यसैले हलो समात्न र सुविधा नलिएकाहरु
आज
कुनै विद्यालय पढेको प्रमाणपत्र होइन
केवल हलिया प्रमाणपत्र खोज्दै छन् ।

हलियाको बेपत्ता सरकारले ग¥यो
तर
गोरुको बेपत्ता पाल्तुकारहरुले ग¥यो
देशमा बेरोजगारी बढ्यो
जनता ठगाहाका फेला परेका छन्
हलो नदेखेका हलियाहरु आज
हलिया प्रमाणपत्र माग्दैछन् ।
हलिया बन्ने अधिकार माथिका जातिलाई मात्र
होइन कि बरु,
क्षत्री जमिनदार आदि सबैलाई पनि छ
हलो नचिन्ने केवल सियो धागो सँग खेल्नेहरु पनि
आज प्रखर हलिया बनि सुविधा लिई रहेका छन्
सुविधा दिनेहरुले पनि ख्याल नै राखेनन्
न मालिक सित गोरु छन् न हलिया सित
कस्ता हुन् ती मालिक र हलिया
सरकारलाई थाहा छैन ।

बाईस साल देखि पहाडबाट तराई सर्नेहरु
आफै त हलिया बनेका छन्
त्यस्ताले न हलिया राख्यो
न बसे तैपनि हलिया सुविधा लिई
कोही नसामा मस्त रहे भने कोहीले
विदेश जाने अनुमति बनाउने काम गरे
नेपालमा हलिया मुक्ति पाएकाहरु
आज
खाडी देशहरुमा घरेलु नोकर बन्न गएका छन्
यहि छ नेपाली हलिया मालिक र गोरुका हालत
गोरुहरु राजमार्गमा घाम जाडो सही रहेका छन्
मालिक भनाउँदा हासी रहेका छन्
हलिया र गोरु दुबैले मुक्ति पाएका छन् ।।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh