ई – दिशानिर्देश

किबी खेतीमा बढ्दो आर्कषण

१५ आश्विन २०७४, आईतवार
किबी खेतीमा बढ्दो आर्कषण

डडेल्धुरा, १२ असोज । प्राप्त समाचार अनुसार डडेल्धुरा जिल्लाका किसान स्वास्थ्यका साथै आर्थिक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको किबी खेती तर्फ आकर्षित भएका छन् ।

सुन्तला उत्पादनमा कमी आएको तथा पर्याप्त मात्रामा फल्न नसकेका कारण किसानहरु किबी खेती तर्फ लागेका हुन । सुरुमा एक पटक लगानी गरेपछि ४०÷५० वर्षसम्म उत्पादन दिइरहने र बजारको समेत अभाव नहुने भएपछि किसान सो खेतीतर्फ आकर्षित भएका हुन् ।

जिल्ला कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदामा यस बर्षमा ८०० बिरुवा वितरण जनाएको छ । दोलखाको बोचस्थित बागवानी फर्मबाट बिरुवा झिकाइ नर्सरीबाट प्रतिबिरुवा रु १०० मा जिल्ला कृषी विकासले खरिद गरि किसानहरुलाई ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको जिल्ला कृषी विकास कार्यालय डडेल्धुराका बरिष्ठ कृषि विकास अधिकुत दिलबहादुर विष्टले जानकारी दिए ।

पछिल्लो समय यो खेतीमा किसानको आकर्षण बढेको जिल्ला कृषी विकास कार्यालय डडेल्धुराका बरिष्ठ कृषि विकास अधिकुत विष्टले बताए ।

डडेल्धुरामा किबी फलको सुरुवात चार बर्ष मात्र भएको हो । यहाँको हावापानी राम्रो देखेर तत्कालीन स्विस प्रोजेक्टमा
कार्यरत जेएफ मेसी भन्ने व्यक्तिले दोलखाको चरिकोटमा एक व्यक्तिको बारीमा र जिरी प्राविधिक शिक्षालयमा लगाएको किबी नै पहिलो भएको अनुसन्धानबाट थाहा भएको विष्टले बताए ।

किबीखेती समुद्री सतहबाट एक हजार २०० मिटर देखि दुई हजार ४०० मिटर उचाइमा लगाइन्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh