ई – दिशानिर्देश

काँग्रेसले सिफारिस ग¥यो प्रदेश र संघका उम्मेदवार

१५ आश्विन २०७४, आईतवार
काँग्रेसले सिफारिस ग¥यो प्रदेश र संघका उम्मेदवार

बझाङ, १३ असोज । नेपाली काँग्रेस बझाङले प्रदेश र संघका उम्मेदवार सिफारिस गरेको छ । आगामी मंसिर १० गते हुन गइ रहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि नेपाली काँग्रेसले बिहिबार उम्मेदवारहरुको नाम सिफारिस गरी केन्द्रमा पठाएको हो ।

क्षेत्र नम्बर १ मा काँग्रेसले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ माननिय सांसद चन्द्रादेवि जोशी, जिल्ला पार्टी सभापती हर्कजंग बहादुर सिंह, पृथ्वी बहादुर सिंह र डा. अम्मर राज जोशीको नाम सिफारिस गरेको छ भने समानुपातीक तर्फ सिद्घराज जोशी, भक्तराज जोशी, हरि प्रसाद उपाध्याय, दिपक राम जोशी, प्रकाश स्नेही र प्रभालक्ष्मी बजालको नाम सिफारिस गरेको छ ।

यसैगरी प्रदेश सभाका लागि प्रत्यक्ष तर्फ जगत प्रसाद जोशी, चेतराज बजाल, नन्दकृष्ण जोशी र धु्रवराज उपाध्याय को नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ उत्तम रोकाया, खडक बोहरा, उमाशंकर जोशी, बिष्णु कुमार सिंह (जगत), शमशेर बम्म, राम बहादुर महर, सिद्घराज जोशी, नारायण हमाल, बिष्णु ऐडी, खगेन्द्र प्रसाद जोशी, शान्ति पुजारा, देवि कुमारी सेटी, सुनिता थापा, हिरादेवि रोकाया खत्री र पार्वती विष्टको नाम सिफारिस गरेको नेपाली काँग्रेसका जिल्ला कार्यसमितिका सदस्य उत्तम रोकायाले जानकारी दिएका छन् ।

क्षेत्र नम्बर २ बाट भने काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार नछुट्याएर एकमुष्ट १९ जनाको नाम सिफारिस गरेको छ जसमा नरेस बहादुर सिंह, डा. सुरेश मल्ल, प्रताप गुरुधामी, रमेस भण्डारी, बिष्णु दौल्याल, गुणाकर जोशीको नाम सिफारिस गरिएको छ । त्यस्तै गणेश भण्डारी, मिनादेवि रावल, शान्ति कुमारी महत, मनिशा धामी, कुमार जंग बहादुर सिंह, केशवराज जोशी, कविराज गिरी, सुर्य प्रकाश जोशी, देवराज शर्मा, इश्वर मल्ल, मनजीत ताम्राकार, नरेस थापा र कवि जप्रेलको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ ।

आगामी मंसिर १० गते हुन गइ रहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि माओवादी केन्द्रले भने करिब उम्मेदवारको नाम टुङ्गो लगाइसकेको छ भने नेकपा एमाले पनि उम्मेदवार छनौटका लागि आन्तरिक छलफलमा छ । स्थानिय निर्वाचन पछि सुस्ताएको राजनितिक चहलपहल फेरी बढ्दै गएको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh