ई – दिशानिर्देश

पर्वलाई ध्यानमा राखी गोरर्खा ल्याण्ड आन्दोलन स्थगित

१५ आश्विन २०७४, आईतवार
पर्वलाई ध्यानमा राखी गोरर्खा ल्याण्ड आन्दोलन स्थगित


काठमाण्डौं, १३ असोज । विगत सय दिनभन्दा बढी अवधिदेखि चलिरहेको गोर्खाल्याण्ड आन्दोलन र दार्जि्लिङ्ग बन्दको कार्यक्रमलाई आन्दोलनकारीहरुले फिर्ता लिएका छन् ।

भारतको केन्द्रिय सरकारका गृहमन्त्री राजनाथ सिंहको आग्रहमा उक्त आन्दोलन र बन्दको कार्यक्रम फिर्ता गरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।
दार्जि्लिङ्ग बन्द स्थगित भएपछि पहाडकी रानी भन्ने नामबाट परिचित दार्जि्लिङ्ग र आसपासका सबै ठाउँका जनजीवन बुधबार बिहानदेखि पहिलाजस्तै सामान्य र सुचारु भएको छ ।

पश्चिम बङ्गालबाट टुक्रिई दार्जि्लिङ्ग र आसपासका क्षेत्रलाई एक छुट्टै राज्य गोर्खाल्याण्डको स्थापना हुनुपर्ने मुख्य माग राख्दै दार्जि्लिङ्गको गोर्खा जनमुक्ति मोर्चाको अगुवाईमा एकसय दिनभन्दा बढीसम्म लगातार जनआन्दोलन चलिरहेको थियो ।

गोर्खा जनमुक्ति मोर्चाका प्रमुख नेता बिमल गुरुङ्गले पार्टीका अन्य नेताहरुसँग सल्लाह गरी एक रेडियो वक्तव्य मार्फत् अनिश्चित कालसम्मका लागि आन्दोलन र बन्दको कार्यक्रम फिर्ताको घोषणा गरेका जनाइएको छ ।

दशैं तिहारजस्ता ठूला चहाड, पर्वलाई ध्यानमा लिई सामाजिक शान्ति र सद्भाव कायम राख्न आन्दोलन स्थगित गरिएको जनाइएको छ ।

गत मङ्गलबार केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले आन्दोलनरत नेताहरुलाई प्रजातान्त्रिक राष्ट्रमा जस्तोसुकै गम्भीर राजनीतिक समस्या पनि वार्ताद्वारा समाधान निकाल्न सकिनेू भन्दै आन्दोलन र बन्दका कार्यक्रम फिर्ता लिन आह्वान गर्नु भएको थियो । गोर्खाल्याण्ड आन्दोलन र दार्जि्लिङ्ग बन्द गत एकसयचार दिनदेखि चल्दै आइ त्यहाँको जीवन कष्टकर बन्दै आइरहेको थियो ।

आन्दोलन र बन्दको अवधिमा हिंसा भड्किँदा एघार जनाको ज्यान गएको र थुप्रै सङ्ख्यामा आन्दोलनकारीहरु घाइते भएका थिए । यसै अवधिमा ब्यापारिक र पर्यटकिय गतिविधि ठप्प हुँदा दार्जि्लिङ्गले ठूलो आर्थिक क्षति समेत बेहोर्नु परेको थियो समाचार विभिन्न मीडियाहरुले प्रकाशमा ल्याएका छन् ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh