ई – दिशानिर्देश

चुनावको मुखैमा राप्रपाका १० नेता द्वारा पार्टी परित्याग

११ कार्तिक २०७४, शनिबार
चुनावको मुखैमा राप्रपाका १० नेता द्वारा पार्टी परित्याग

बैतडी, ११ कार्तिक । आज हरेक पार्टीका कार्यकर्ता नेताहरु कोरा कागजमा परिणत भएका छन् । त्यो कोरा कागजमा के लेखिन्छ सम्बन्धितलाई थाहा छैन । बस जनता यति भन्न सक्छन् यी कोरा कागजहरुमा कालो मसी लगाएर भर्नुपर्छ । यदि सधै कोरा नै राख्यो भने देशलाई खतरा हुन सक्छ । तसर्थ कोरा कागजरुपी नेताहरुलाई रंगाउन नसके सम्बन्धित पार्टीहरुलाई पनि धोका हुन जानेछ ।

अध्यक्ष कमल थापाले पार्टी एकलौटी रुपमा सञ्चालन गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी बैतडीमा १० भन्दा बढी संस्थापक नेताहरुले राप्रपा परित्यागको घोषणा गरेका छन् ।

शुक्रबार बसेको संस्थापक नेताहरुको भेलाले जिल्ला नेतृत्व र केन्द्रीय नेतृत्वले आफूहरुको योगदानको कदर
नगरेको भन्दै पार्टी छोड्ने निर्णय गरेको हो ।

पार्टी परित्याग गर्नेमा जिल्ला अध्यक्ष प्रेमसिंह धामी, पूर्व केन्द्रीय सदस्य तथा पूर्व जिल्ला सभापति मोहन थापा, पूर्व जिल्ला अध्यक्ष मोहन बहादुर विष्ट, पूर्व जिविस उपसभापति तथा पार्टी उपाध्यक्ष जयप्रकाश पन्त लगायतका नेताहरु रहेका छन् ।

नेताहरुले पार्टी नेतृत्वले एकलौटी रुपमा उम्मेदवार चयन गरेको, मनोमानी रुपले चल्दा स्थानीय तहको निर्वाचनमा हार बेहोरेको र राप्रपा पटक पटक टुटफुटको राजनीतिमा सक्रिय भएको आरोप लगाएका छन् ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh