ई – दिशानिर्देश

नेपाली साहित्यकार भारतमा सम्मानित

११ कार्तिक २०७४, शनिबार
नेपाली साहित्यकार भारतमा सम्मानित

लक्ष्मीप्रसाद भट्ट/महेन्द्रनगर, ०८ कार्तिक । मनुमुक्त मानव मेमोरियल ट्रष्ट नारनौल हरियाणामा बि.स. २०७४÷०७÷०५ तदअनुसार दिनाक २२ अक्टोबर (२०१७ सि. एल.सी. कलेज अफ एजुकेशनमा सम्पन्न इण्डो नेपाल बिशिष्टि प्रतिभा सम्मान समारोहमा नेपालका महाकाली साहित्य सङ्गबाट पाँच जना स्रष्टाहरु सम्मानित भएका छ्न ।

सङ्गमका निवर्तमान अध्यक्ष सल्लाहकार बिर बहादुर चन्द ‘बिक्षाम’ (गुगुल्डि साहित्यिक मासिक पत्रिकाका प्रधान सम्पादक), महाकाली साहित्री सङ्गमका वर्तमान अध्यक्ष हरिश प्रसाद जोशी, म.सा सङ्गमका आजिवन सदस्य डा.पुष्कर भट्ट, इतिहासकार राजेन्द्र सिह रावल, (संगमका विरिष्ट उपाध्यक्ष), संगम कोषाध्यक्ष लक्ष्मी प्रसाद भट्टलाई साहित्य क्षेत्रमा वहाहरुको बिशिष्ट एवं उल्लेखनिय योगदान गरेको हिर्दयगम गिरि युवा शक्तिका प्रतिक, प्रेरणाका स्रोत देशका गौरव डा मनुमुक्त मानव र पि स को ३४ औं वर्ष गाँठको उपलक्ष्यमा आयोजित भव्य इडो–नेपाल विशिष्ट प्रतिभा सम्मान समारोहमा सहभागी भएर उक्त विशिष्ट प्रतिभा सम्मान प्राप्त गरेको कुरा सहभागी लक्ष्मी प्रसाद भट्टबाट जानकारी प्राप्त भएको छ ।

उक्त भव्य समारोहमा भारतका १७ प्रान्तका साहित्कार र नेपालका साहित्यकार गरी उल्लेखनीय सहभागिता रहेको थियो । लोक सभा सांसद चौ. धर्मवीर सिंहको प्रमुख अतित्थ्यमा सम्पन्न सो कार्यक्रमा, विधान सभा उपाध्यक्ष श्रीमती सन्तोष यादवले अध्यक्षता गर्नु भएको थियो भने विशिष्ट अतिथिमा विद्यायक डा. अभय सिंह यादव र मेडिकल कालेज डाइरेक्टर डा. डि.पि. वत्स रहनु भएको थियो । सा इंडो नेपाल विशिष्ट प्रतिभच सम्मान कार्यक्रममा विविध सांगितिक कार्यक्रममा लक्ष्मी प्रसाद भट्टले गीत, प्रस्तुत गरेका थिए ।

कार्यक्रममा डा.राज सक्सेनाको नामक पुस्तक, वीरबहादुर चन्दको ओल्को कृति र लक्ष्मी प्रसाद भट्टका २ वटा कृति बशन्ति विचारि र जन्जाल निराकरण मालाको गरी अन्य दर्जनौ स्रष्ठाहरुका पुस्तकहरुको लोकार्पण गरिएको थियो ।

डा. मनुमुक्त मानवका बुवा तथा चीफ ट्रष्टी डा. रामनिवासको निवासतथा ट्रष्टको कार्यलयमा संचालित काव्य संगोष्ठी कार्यक्रममा भारत नेपालका ३ दर्जन साहित्य प्रस्तुती रहे वीरबहादुर चन्द (विश्राम) ले सबै प्राणिहरु मथि दया गर्नु पछ भन्दै कविताको माध्यमबाट साकाहार बारे प्रकाश पार्नु भएको थियो ।

डा. पुस्कर भट्टले लघु कथा पाठ गर्नु भयो भने लक्ष्मी प्रसाद भट्टले गीत र मनुमुक्त मानको व्यक्तित्व बारे कविता प्रस्तुत गर्नु भएको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता नेपालका हरीश प्रसाद जोशीले गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षतको आशनबाट बोल्नु हुदैं हरीश प्रसाद जोशीले भारत नेपालको सम्बन्ध प्राचीन काल देखि नै अटुट रहेको र यस्ता रचनात्मक कार्यक्रमहरु बट हामीहरुको सम्बन्धो गाँठो कसिलो र अजम्मर रहने भाव बोकेको गीत प्रस्तुत गर्नु भएको थियो ।

उक्त कार्यक्रमको संचालन भारतका प्रभा पन्तले गरेकी थिइन । गीत गजल, कथा कवाली, मुक्तक, शायरी लगायत दर्जनौ भारतका साहित्यकारहरुले प्रस्तुत गरेका थिए ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh