ई – दिशानिर्देश

पूजापाठ गरेर चुनावी अभियान सुरु

११ कार्तिक २०७४, शनिबार
पूजापाठ गरेर चुनावी अभियान सुरु

दार्चुला, १० कार्तिक । आज हाम्रा पहाडी क्षेत्रका नेताहरु निरीह बनेका छन् । आफ्ना हक अधिकारहरु लिन नसकेर टुलुटुलु हेरिरहेका छन् । त्यसकारण कसैसित तथा यिनीहरुका भगवान नेपाली जनताको भरोसा नमानेर देवताको मन्दिरमा कसम खाएर चुनावमा जनतालाई भगवान मान्न छोडेर आफ्नो पक्षमा पारीदिन भनेर पूजा पाठ गरेका समाचारहरु प्राप्त भएका छन् ।
दार्चुलामा वाम गठबन्धन र नेपाली कांग्रेसले पूजापाठ गरेर एकै ठाउँबाट चुनावी अभियान थालेका छन् । दार्चुलाको मालिकार्जुन मन्दिरमा छुट्टा छुट्टै पूजापाठ गरेर दुबै पक्षका उम्मेदवारले चुनावी अभियानको सुुरुवात गरेका हुन् ।
शुक्रबार विहान नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार विक्रमसिह धामी, प्रदेशसभा ‘क’ का उम्मेदवार मदन गिरी र प्रदेशसभा ‘ख’ का उम्मेदवार जगदीश बहादुर पाल लगायतको टोलीले मालिकार्जुनबाट प्रचार अभियान थालेका हुन् ।
वाम गठबन्धनका उम्मेदवार, नेता कार्यकर्ताहरुले मालिकार्जुन मन्दिरमा पूजापाठ गरे लगत्तै चुनावी सभा गरेका छन् । दार्चुलामा प्रतिनिधिसभामा ५ जना तथा दुबै प्रदेशसभाका लागि ५—५ जनाको उम्मेदवारी परेको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh