ई – दिशानिर्देश

वडा कार्यालय स्थापना

११ कार्तिक २०७४, शनिबार
वडा कार्यालय स्थापना


महेन्द्रनगर, १० कार्तिक । भिमदत्त नगरपालिका वडा नं. ६ को वडा कार्यालयको स्थापना भएको छ ।
भिनपा ६ ऐठपुरमा रहेको शिवमन्दिर नजिकैको एक घर घाडामा लिइ वडा कार्यालय स्थापना गरिएको हो । नगर प्रमुख सुरेन्द्र विष्ट द्वारा उद्घाटन गरिएको एक कार्यक्रमका बीच वडा कार्यालयको स्थापना भएको थियो । यस अघि नगरपालिका कार्यालय बाटै सेवा दिइरहेको वडाले अब आफ्नै कार्यालयबमट सेवा प्रदान गर्ने वडा अध्यक्ष हरकसिंह धामीले जानकारी दिएका छन् ।
कार्यालय स्थापना समारोहमा भिनपा वडा नं. ६ का स्थानियहरु सहित विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो । नगर प्रमुख विष्टले नगर क्षेत्रका सबै वडाहरुको आफ्नै कार्यालय स्थापना को लागि कार्य भइ रहेको जानकारी दिएका छन् ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh