ई – दिशानिर्देश

महाकाली अञ्चल अस्पताल सुधारमा जोड

११ कार्तिक २०७४, शनिबार
महाकाली अञ्चल अस्पताल सुधारमा जोड

महेन्द्रनगर, ११ कार्तिक । महाकाली अञ्चल अस्पताल महेन्द्रनगरको स्थापना हुदाँ स्वास्थ्य केन्द्र महेन्द्रनगरको नामबाट स्थापना भएको थियो । २०२८÷२९ साल सम्म स्वास्थ्य केन्द्र नै थियो । त्यसबेलाको याद आजसम्म धेरैलाई छ । एक जना डाक्टर एक जना अहेब दुई जना पियन एक जना मुखियाको दरबन्दी थियो । पहाडबाट भर्खरै बसाई सरी आएको अवस्था भएकाले कञ्चनपुर जिल्ला वनजंगलले भरिभराउ थियो । मलेरियाबाट पिडित तथा त्यसबेला हैजा, विफर जस्ता विरामीको प्रकोप धेरै भएकाले समपूर्ण जिल्लाबासीहरु जहाँको जनसंख्या त्यतिबेला ६८ हजार मात्र थियो स्वास्थ्य चौकीहरु कही थिएनन् । जिल्लाभरी को यही महेन्द्रनगर स्वास्थ्य केन्द्रले उपचार गर्दथ्यो । एक जना डाक्टर ध्रुवमान श्रेष्ठ थिए । त्यतिबेला खोप लगाउने कार्य जोडतोडका साथ चलेको थियो । त्यस्तै विमारीहरु रातदिन आइरहेका हुन्थे ।

कुनै पनि विरामीलाई यहाँ ठीक हुदैन भारत तिर जाऊ भन्नुको सट्टा अहोरात्र अटिएर आफै उपचार गर्दथे । यदि कुनै सिकिस्त विरामी छ भने उसलाई बरेलीको करला स्वईन (मिसन) हस्पिटलमा लगेर उपचार गराएका घटनाहरु पनि छन् । त्यसको तुलनामा आज महाकाली अञ्चल अस्पतालको तुलना गर्ने हो भने आजको जनशक्ति र त्यो बेलाको जनशक्ति तथा विरामीहरुको संख्यामा दोब्बर भन्दा घटी फरक छैन । अविवाहित डाक्टर ध्रुवमान श्रेष्ठ त्यसबेला कुनै दिन तेस्रो दिन मात्र सुत्न पाउथे । विरामीहरुलाई ज्ञानका पानाहरु सम्झन्थे । तर, आज जताततै चर्चा परिचर्चा भएको छ । आजका विरामीहरु कमिसनका आधारशिला बनेका छन् भन्छन् । यथार्थ कुरा के हो वर्तमान सरकार र डाक्टरहरुलाई थाहा हुनुपर्छ ।

फोटोः अखिल क्रान्तिकारी द्वारा आयोजित अन्तक्र्रिया कार्यक्रम ।

यही शुक्रबार मात्रै क्रान्तिकारी विद्यार्थी संगठनहरुले महेन्द्रनगरको महेन्द्र स्मारकमा अस्पतालको सेवा सुविधा सम्बन्धमा बृहत विचार गोष्ठी राखेका थिए । सो गोष्ठीमा वर्तमानका नगर प्रमुख, पत्रकारहरु, बुद्धिजीवि तथा सर्वसाधारणहरुको विशाल उपस्थिति रहेको थियो ।

सो समारोहमा हरेक बुद्धिजीवि तथा नगरप्रमुखले अस्पतालको स्तर उन्नतिको बारेमा हाल त्यहाँ भइरहेको विकृतिलाई हटाई सेवासुविधा विस्तार गर्नुपर्ने तर्फ आवश्यक कारवाही गर्ने छौं र त्यहाँ भइरहेको कर्मचारी सरुवा बढुवा प्रोत्साहन तथा
दरबन्दी सम्बन्धमा भइरहेका राजनीतिक हस्तक्षेपहरु हटाउने तर्फ प्रयास गर्ने कुराहरु नगर प्रमुख समेतले यस क्षेत्रका उपस्थित सबैलाई आश्वस्त पार्नु भएको थियो भने राजनीतिक नियुक्ति पाएका अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डेयले म आफ्नो कार्यकाल भित्रै अस्पतालको दरबन्दीमा रहेका २८ जना विशेषज्ञ चिकित्सकहरुको दरबन्दी बमोजिम नियमित रुपमा आपूर्ति गरी गराई जनतालाई सेवा दिने काममा रहनेछु भनी जनता सामु प्रतिबद्धता समेत गरेका छन् ।

एक जनामात्र डाक्टर भएरपनि भारत जानु नपर्ने २०२८ सालको भन्दा तल्लो श्रेणीमा आज महाकाली अञ्चल अस्पताल पुगेको तितो सत्य हामी सामु रहेको छ । यसबारेमा अध्ययन गर्ने हो भने राजनीतिक खिचातानीले नै अस्पताल विग्रिएको महसुस भइरहेको छ । उपचार गर्दा विरामीहरु मर्छन् यो यहाँको मात्र अवस्था होइन संसारभरीका अस्पतालहरुमा दैनिक विरामीहरु मर्ने गरेकाछन् ।

यहाँ जनताहरुको भनाई र गराईमा धेरै फरक छ । एउटा खराब डेलिभरी केशमा होस् अथवा ढिलो गरी अस्पताल पु¥याएका विरामीहरुको उपचारको क्रममा मर्न गएका घटनाहरुमा हेर्दा हरेक केश माथि राजनीतिक कार्यकर्ता पार्टीहरुको बदनियत पूर्वक डाक्टरलाई हेर्ने दृष्टिकोण रहेकाले पनि यहाँको अस्पतालमा डाक्टरहरुको बेइजति गर्ने तौरतरिका ठीक नभएको जनताहरुले गर्दा स्वास्थ्यकर्मीहरुको हौसलामा ह्रास आएको पाइन्छ । तसर्थ, स्थानिय डाक्टर बाहेक अरु कोही बस्न चाहदैन, अन्यत्रै जान खोज्दछन् । यो मानव प्रवृत्ति नै हो कसैले पनि लाखौं रुपैया खर्च गरेर पढेपछि आफ्नो बेइजती हुने ठाउँमा जान चाहदैनन् । जनता, सरकार र अस्पतालको जोडी मिलेको छ ।

यहाँका जनप्रतिनिधिहरुलाई केवल भोट मात्र चाहिएको छ र दोस्रो कुरा नोट चाहिएको छ । त्यसकारण यस क्षेत्रमा नगर विकास समिति होस् अथवा अञ्चल अस्पताल होस् जहाँ पनि भ्रष्टाचारमा लिप्त भएको महसुस भइरहेको छ । अरु त छोडौं सभासदहरुको कमजोरीले पनि हुन सक्छ आज शिक्षा कार्यालयहरुमा ताला लागेको छ । कहिले विश्वविद्यालयमा ताला लागेको छ । त्यस भित्र भएको भ्रष्टाचारको हिस्सेदार बाध्य भएर विद्यार्थी समेतले हुनुपरेको छ ।

यी घटनाहरु सुप विश्वविद्यालय तथा नगर विकास समितिको कार्यक्षेत्रबाट प्रष्ट देख्न सकिन्छ तर कसले नियन्त्रण गर्ने ? जे जसो भएपनि अस्पतालको बारेमा नवनिर्वाचित नगर प्रमुखले चासो लिनु स्वागतयोग्य देखिन्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh