ई – दिशानिर्देश

इतिहासको पानाबाट

२२ फाल्गुन २०७३, आईतवार
इतिहासको पानाबाट

समय परिवर्तनशिल छ, बलवान छ, जसरी वालकबाट यूवा हुदा“को जोस जागर परिपक्कता प्राप्ति पछि मानिस आफ्नो तर्फबाट केही प्रगति पथमा लम्किन सक्छ, त्यस्तै छ राजनीति पनि । जुन खालको वैदेशिक नीति हुदो
रहेछ, अभ्यासको लागि नभए पनि भावी वा वर्तमान समयको अध्ययनको लागि २०१७ देखि २०४२ सम्म निर्दलिय पञ्ञचायती व्यवस्थाको २५ वर्षे रजत जयन्तीमा प्रकासित “स्मारिका” लाई क्रमै सित प्रकासित गर्दै जाने छौं । हामीलाई लाग्छ यसबाट थोरै भएपनि हाम्रा युवाहरुलाई अध्ययन गर्ने स्पष्ट मौका मिल्ने छ ।

पुरातत्व र इतिहास क्षेत्रको विकास
पुरातत्व र इतिहासको क्षेत्रमा विगत पच्चीस वर्षमा भएका उपलब्धि
पृष्ठभूमिः पुरातत्व र इतिहासको अध्ययन परम्परा
आज सम्मको अध्ययनबाट नेपालको इतिहास दुई हजार वर्षभन्दा पुरानो रहेको थाहा पाइएको छ । वंशावली साहित्यले संकेत गरेका तत्वको पनि विचार गर्ने हो भने हाम्रो इतिहासको प्राचीनता करीब पाँच हजार वर्ष पुरानो रहेको देखिन आउँछ । प्रागैतिहासिक दृष्टिले भन्ने हो भने त हिजो आजको अन्वेषण—अनुसन्धान बाट नेपालमा मानव गतिविधीको इतिहास अझ पुरानो प्रमाणित हुन सक्छ ।
नेपालका विभिन्न भाग र खास गरी काठमाण्डौँ उपत्यका र त्यसका वरिपरिका क्षेत्रमा पाइने शिलालेख र अन्य खालका ऐतिहासिक अभिलेख, मन्दिर र स्तूपहरु, लेखोट किताबहरु र अन्य खालका सामग्रीहरुले नेपालको इतिहास आफ्नै किसिमको देखिन र मानव समाजको समग्र इतिहासमा नेपालको आफ्नै किसिमको स्थान रहेको हुनाले विदेशी विद्धानहरुको पनि यतातिर विशेष रुपले ध्यान आकृष्ट भइ आएको हो ।
नेपालको भौगोलिक अवस्थितिको कारणले यँहा भएको सांस्कृतिक, जातिय र भाषिक परम्पराको विकास तथा कला र वास्तुकलाका क्षेत्रमा देखिने प्रचुर समृद्धिले संसारमै नेपालको नाम प्रख्यात रहन गएको छ । (पञ्चायत स्मारिकाबाट)

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh