ई – दिशानिर्देश

३३ हजार घरपरिवार अध्यारोमा

६ माघ २०७४, शनिबार
३३ हजार घरपरिवार अध्यारोमा

बैतडी, ६ माघ । जलस्रोतको धनीमा बैतडी जिल्लापनि पर्दछ । जलस्रोत भएर के गर्ने नेताहरु गरिब छन् । उनीहरु सित भिजन छैन कि जिल्लाको लागि के गर्ने भन्ने । यदि केन्द्रकै प्रसारण लाइनलाई पर्खने हो भने ठूलो जिल्ला छ भौगोलिक स्थिति कठीन छ सबै ठाउँमा आपूर्ति गर्न बढी समय लाग्ने हुदा यसबारेमा स्थानिय सरकारको आत्मनिर्भरताको सोच जानु जरुरी देखिन्छ ।
बैतडीका ३३ हजार घरधुरी अँध्यारो मा बस्न बाध्य छन् । स्थानीय उत्पादित बिजुली, भारतबाट आएको बिजुली, अपी हाइड्रोपावर, चमेलिया जलविद्युत् र राष्ट्रिय प्रसारणलाइन पुग्दा पनि गाउँमा विद्युत् लाइन विस्तार नहुँदा यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् ।
२०४२ सालमा भारतबाट ११ केभी प्रसारण लाइनबाट बैतडी सदरमुकाममा बिजुली पुगेको थियो । त्यसपछि २०४७ सालमा बैतडीको पाटनमा सुर्नयागाड साना जलविद्युबाट दुई सय किलोवाट विद्युत् उत्पादन भयो । २०५६ सालमा ३३ केभी
राष्ट्रिय प्रसारणलाइन जोडिए पनि ३३ हजार घरधुरी बिजुलीविहीन छन् ।
हाल ८ मेघावाटको अपी हाइड्रोपावर र ३० मेघावाटको चमेलिया जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन भए पनि जिल्लाका करिब १२ हजार घरपरिवार मात्र विद्युतको पहुँचमा छन् । जिल्ला सदरमुकामसम्म राष्ट्रिय प्रसारणलाइन तथा भारतबाट समेत आयात गरिएको बिजुली र पछिल्लो समय चमेलिया जलविद्युत् आयोजना सम्पन्न भएर बत्ती बले पनि ग्रामीण बस्तीसम्म विद्युत् पुगेको छैन ।
चार नगरपालिका ६ गाउँपालिका रहेको बैतडीमा नगरपालिकामा समेत बिजुली पुग्न नसक्दा स्थानीय अन्धकारमा बस्न बाध्य छन् । पुर्चौडी, मेलौली नगरपालिकमा राष्ट्रिय प्रशारणलाइन पुग्न सकेको छैन भने, पाटन र सदरमुकाम रहेको दशरथचन्द नगरपालिका का केही वडाका बासिन्दा उज्यालोको लागि अझै टुकी र झरोको भर पर्न बाध्य छन् ।
जिल्लाका केही ठाउँमा पोल गाडिएको वर्षौंबित्दा समेत बिजुली बल्न नसकेको पाटनका स्थानीय चक्रबहादुर चन्दले बताए । जिल्लामा बर्से्नि थोरै बजेट आउने भएकाले सीमित ठाउँमा मात्र विद्युत विस्तार गरिदै आएको विद्युत् वितरण केन्द्र बैतडीले जनाएको छ । वितरण केन्द्रका प्राविधिक महानन्द जोशीले पाँच अर्ब रुपियाँ बजेट भए बैतडीका बाँकी ३३ हजार घरधुरीमा तीन वर्ष्भित्र बिजुली र्पुयाउन सकिने बताए ।
लघु जलविद्युत आयोजना बन्द भएसँगै ग्रामीण क्षेत्रमा बिजुलीबाट चल्ने साना उद्योग, आटामिल, काष्ठ उद्योगसमेत बन्द भएको पुर्चौडी नगरपालिका–७, कोटिलाका गणेशदत्त जोशीले बताए । जिल्लाको च्वागड, पुर्चौडी, तल्लोस्वराड र डिलाशैनी क्षेत्रका गाउँपालिकामा बिजुली पुग्न सकेको छैन । गाउँपालिकाको सामान्य काम गर्न सोलार जडान गरेर कम्प्युटर चलाए पनि बादल लागेको दिन सोलारले काम नगर्दा गाउँपालिकाको काम प्रभावकारी बन्न सकेको छैन । विद्युत सेवा विस्तार नहुँदा गाउँपालिकमा बैंकिङ सेवासमेत सुरु हुन सकेको छैन । स्थानीय तह निर्वाचनको समयमा सिंहदरवारका अधिकार गाउँमा आएको भन्ने गरिए पनि अहिलेसम्म गाउँमा बिजुली समेत बाल्न नपाएको मेलौलीका सुरत पार्कीले बताए ।
बैतडीको पूर्चौडीमा कमसेकम २ सय किलोवाट सम्मको विद्युत उत्पादन गर्न नेपाल सरकारले सानो जलविद्युत आयोजना सुरु ग¥यो भने एकवर्ष भित्रै तयार भइसक्छ र त्यो तयार भइसकेपछि विद्युत प्राधिकरणको जिम्मा लगाई २४ सैं घण्टा विद्युत आपूर्ति गर्न सकिने देखिएकाले यसतर्फ त्यहँका नगरप्रमुखले समयमै ध्यान दिनुपर्ने देखिन्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh