ई – दिशानिर्देश

सडक निर्माण काममा ढिलासुस्ती गर्ने र गराउने माथि कारवाहीको माग

२२ फाल्गुन २०७३, आईतवार
सडक निर्माण काममा ढिलासुस्ती गर्ने र गराउने माथि कारवाहीको माग

बैतडी, २१ फाल्गुन
बैतडी जिल्लाको कटौजपानी गाविसको बडियादेखि विजयापुर तल्लादेही हुदै डिलाशैनी तर्फ जाने सडकको ठेक्कापट्टा २ वर्ष पूर्व भएकोमा हाल सम्म काम भएको छैन ।
२०७४ अषाढ मसान्त सम्ममात्र म्याद दिएको थियो । २ वर्षमा हुने कामको तुलना गर्दा आजको निर्माण गति हेर्दा २ वर्षमा हुने उक्त काम गर्न अझै १० वर्ष लाग्ने अनुमान गरिन्छ ।
विजयपुर, कटौजपानी, डिलाशैनी समग्रमा भन्नु पर्दा त्यसक्षेत्रमा नेताको अभाव हुदा सबैको अपहेलित क्षेत्र बनेको छ पूर्चौडी । ठेक्का दिने कार्यालय र ठेकेदारको लापरवाहीले २ वर्ष पूर्व ठेक्का सम्झौता अनुसार काम नभई ढिलासुस्ती भइरहेको हुदा काम गराउने र गर्ने ठेकेदार माथि कानूनी कारवाहीको माग गर्दैछन् कटौजपानीका पृत बहादुर विष्ट तथा तल्लादेहीका वीरसिंह दुङ्गाल विजयपुरका दलबहादुर विष्ट ।
राष्ट्रको ढुकुटी जनताका सुविधा माथि खेलवाड गर्ने दुबैथरी तथा त्यस क्षेत्रका जनप्रतिनिधि माथि कारवाहीको माग राखेका छन् । माग पनि किन नराखुन् त्यस क्षेत्रका सामाजिक कामको लागि आवाज उठाउनेमा उहाँहरुले नै प्रमुख भुमिका खेलेका छन् ।
भन्नुहुन्छ विजयपुरका जगी अवस्थी जसले जे भने पनि नियम कानून बमोजिम सरकारी निकायले रेखदेख र कारवाही अवश्य गर्नैपर्ने हुन्छ । देशभरीमा अरु सबै सडक निर्माणका कार्य सुचारु रुपले निर्माण हुने तर सिल्लेगडा कटौजपानी विजयपुरको सडक मात्र किन बन्दैन ? सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
यही मंसिरबाट सुरु भएको कोटिला गाविस देखि मल्लादेही हुदै हाँट सम्मको खड्खेत एरिया तर्फ जाने सडक करिब ५ किलोमिटर २५ उपभोक्ता समूह गठन गरी निर्माण सुरु भई करिब ४ महिनाको अवधिमा जीविकोपार्जन कार्यक्रम अन्र्तगत निर्माण कार्य पुरा भएको छ । केही उपभोक्ता समूहहरुले विविध कारणबाट पुरा गर्न एक महिना अरु लाग्ने बताएका छन् । यो चालु आ.ब.मा पूर्चौडीको हाँट क्षेत्रमा सडक निर्माणको कार्य द्रुत गतिमा
भएको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh