ई – दिशानिर्देश

बैतडीमा १०३ कर्मचारीले स्वेच्छिक अवकाश लिदै

२७ फाल्गुन २०७४, आईतवार
बैतडीमा १०३  कर्मचारीले स्वेच्छिक अवकाश लिदै

दिशानिर्देश समाचार
बैतडी, २६ फागुन
स्वेच्छिक अवकाशका लागि बैतडीमा १०३ जना कर्मचारीले निवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालय बैतडीका नायव सुब्बा गीता भण्डारीका अनुसार सबैभन्दा बढी हुलाकका २८ जना कर्मचारी रहेका छन् ।
यस्तै जिल्ला स्वास्थ्य कार्यालयका १७, कृषिका ८,बन कार्यालयका ७, पशु सेवा कार्यालयका ६ लगायत गरी १०३ कर्मचारीले स्वेच्छिक अवकाशका लागि जिल्ला प्रसासन कार्यालयमा निवेदन दिएका हुन् । स्वेच्छिक अवकाशका लागि निवेदन दिने धेरैजसो कर्मचारी श्रेणीविहीनका रहेका नायव सुब्बा भण्डारीले बताइन् । सरकारले निजामती सेवाका कर्मचारीलाई स्वेच्छिक अवकाश लिने बाटो खुला गरेपछि सो आवेदन परेको हो । स्वेच्छिक अवकाशमा सहभागी हुने
कर्मचारीले सात वर्षको निवृत्तभरण एकमुष्ठ रुपमा पाउनेछन् । त्यसपछि पनि प्रचलित काननुन अनुसार उनीहरुले निवृत्तभरण पाउनेछन् । सात वर्षको एकमुष्ठ निवृत्तभरण रकम पाएपछि सो सात वर्षको अवधिमा बहालवाला सरकारी कर्मचारीको तलब वृद्धि हुँदा समान पदबाट निवृत्त कर्मचारीहरुले प्राप्त गर्ने थप निवृत्तभरण रकम पनि पाउनेछन् । २० बर्ष सेवा अवधी पुरा गरेकोे तथा उमेरले ५० बर्ष नाघेका कर्मचारीका लागी सरकारले स्वेच्छिक अवकाश लिने विकल्प दिएको हो । अवकाश लिने कर्मचारीलाई सात वर्षको पेन्सन रकम अग्रिम उपलब्ध गराइदिने सरकारको योजना भएकाले लाभग्राही उत्साहित भएका हुन् ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh