ई – दिशानिर्देश

मोहनापुल–अत्तरिया सडक आयोजना र प्राधिकरणबीच विद्युतका पोल सार्ने सहमति

२७ फाल्गुन २०७४, आईतवार
मोहनापुल–अत्तरिया सडक आयोजना र प्राधिकरणबीच विद्युतका पोल सार्ने सहमति

दिशानिर्देश समाचार
धनगढी, २६ फागुन
लामो रस्साकस्सीपछि मोहना छ लेन सडकमा पर्ने विद्युतको लाईन सार्ने विषयमा प्राधीकरण र आयोजना कार्यालयबिच सहमति भएको छ । ६ लेन सडक अन्तरगत टुटेफुटेको स्थानमा नयाँ र अन्य स्थानमा
पुरानै पोल प्रयोगमा ल्याउने गरी सहमती भएको मोहनापुल–अत्तरीया सडक योजना कार्यालय धनगढीले जनाएको छ । यसअघि विद्युत प्राधीकरण र मोहनापुल–अत्तरीया ६ लेन सडक आयोजना कार्यालयले लाईन सार्ने विषयमा आ–आफ्नै अडान
राखेपछि लाईन सार्ने विषय ओझेलमा परेको थियो ।
विद्युत प्राधीकरणले विद्युतको लाईन सार्दा स्तरबृद्धी सहित सार्नुपर्ने भन्दै ५ करोडको लागत स्टमेट तयार पारेको थियो भने मोहनापुल–अत्तरीया ६ लेन सडक आयोजना कार्यालयले ५ करोड बराबरको बजेट नभएकाले
पुरानै पोलहरु प्रयोग गर्नुपर्ने बताउदै आएको थियो । दुवै निकाय विच सुरुको एक किलोमिटरका लागि पोल किन्ने र त्यसपछि पुरानै पोल प्रयोगमा ल्याउने सहमती भएको सडक आयोजना प्रमुख मनिष कुमार शाहले बताए ।
सुरुमा एक किलोमिटर क्षेत्रमा नयाँ पोल गाडिसकेपछि मात्रै अन्य क्षेत्रको पोलहरु स्तानान्तरण गरीने आयोजना प्रमुख शाहले बताए ।
पुरानो पोलहरु टुटेफुटेको भेटिएमा भने सो स्थानमा नयाँ पोल स्तानान्तरण गरीने विद्युत प्राधिकरण धनगढीका प्रमुख धिरेन्द्र कुमार यादवले बताए । मोहनापुल–अत्तरीया सडक आयोजनासँग विद्युत र खानेपानीको लाईन
स्तानान्तरण गर्न र निर्माण अवधीमा विभीन्न किसीमका मर्मत गर्नका लागी तिन वटा ठेक्कामा २÷२ करोड बजेट उपलव्ध रहेको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh