ई – दिशानिर्देश

सांसदहरुलाई खुलापत्र

२२ फाल्गुन २०७३, आईतवार
सांसदहरुलाई खुलापत्र

– बलदेव अवस्थी
आदरणिय सांसदहरु ! तपाईहरु लाई कञ्चनपुर निर्वाचन क्षेत्र नं. ४, ३, २ र १ बाट जनताले आफ्नो प्रतिनिधिको रुपमा पठाएका हुन्, केवल मन्त्रि हुन र आफ्ना आवश्यकता परिपूर्ति मात्र पठाएका होइनन् । तपाईहरु प्रति जनताले अथाह पे्रम, भरोसा, आसा राखेका छन, साथै डर त्रास पनि मनमा मनन गरेका छन् किनभने भावी दिनहरुमा नेपाललाई कुन बाटो द्वारा विकासोन्मुख तर्फ लैजाने हो भने चिन्ता भय पनि लिएका छन् ।
तपाईहरु पुरानो संरचना र सभ्यतालाई यस देशको सम्पति सोच्नु हुन्छ कि हुन्न ? तपाईहरुले जे गरे पनि यहाँका जनताले आफ्ना पवित्र भावना मन भित्रै लुकाएर राख्नु पर्ने बाध्यता अझै छदैछ । एउटै ऐतिहासिक महेन्द्रनगर नगरपालिका जसले आफ्नो अलगै इतिहास बनाई सकेको छ यसको नाम बदलेर भिमदत्त नगरपालिका किन अनधिकृत व्यक्तिहरुले अनधिकृत बाटोबाट जनताका भावना कुल्चेर नाम परिवर्तन गरे, त्यस्तो अन्याय जसले देशको इतिहास मेटाउन खोजेका छन् त्यसमा तपाईहरुले किन सहमति जनाउनु भयो र इतिहास मेटाउने तर्फ लाग्ने यो देशका हुन् कि होईनन् यदि हुन भने जनताको मन्जुरी बेगर त जाहानिय राणा शासन, निर्दलिय पंचायत तथा राज संस्थाको प्रत्यक्ष शासनबाट समेत बनेका इतिहास मेटाएनन् । प्रमाणको लागि तपाईहरुले राणा शासकहरुका शालिक देखि रहनु भएकै छ । जब पृथ्वीनारायण शाहले नेपाललाई एकिकरण गरे त्यसबेलाका पराजित राजाहरुका शालिकमा सुनको जलप लगाउने काम गरे भने त्यस्तै अंग्रेजहरुले आफ्नो सैनिक कमाण्डर जिलेस्पी र नेपालका सैन्य कमाण्डर वीर बलभद्र कुँवरको शालिक निर्माण गरी नालापानी को किल्ला कै नजिक रिपना नदिको किनारामा दुबैका शालिक निर्माण गरी राखेर सम्मान गरेका छन् । विश्वमा आफ्ना शत्रुको सम्मान गरेको त्यो घटना पहिलो हुन सक्छ जसमा ः
This is inscribed as tribute of respect for our gallant advesary. Balbudder commander of the fort and his
braver goorakhas
Who were afterwards
while in the service of Rungeet singh
Shot down in their rank to the last man by Afghan Artillery

यसरी आफ्नो शत्रुको सम्मान गरेका छन् । सभासद् ज्यूहरु प्रति हाम्रो अथाह विश्वास छदाछदै महेन्द्रनगरका मात्र नभई साच्चै भन्ने हो भने देशभरीका नागरिकहरुका भावनामा किन चोट पु¥याउनु भयो ? के महेन्द्रनगर नगरपालिकाको नाम बदल्न र राजा महेन्द्रको शालिको जुन महेन्द्रनगरको मुल बजारको महेन्द्र चोकमा राखिएको थियो त्यसलाई नष्ट पार्न आन्दोलन भएको थियो ? सभासद् महोदय ! तपाई हरु आफ्नो क्षेत्रमा जनताको घरदैलोमा गएर सोध्नोस् के जनताले त्यस्तै चाहेका हुन् ? होइन भने तपाईहरु र तपाईको सरकारले किन इतिहास मेटाउने काम गर्नु भयो ? साझा सम्पत्तिको तोडफोड अझै रोकिएको छैन । पंचायत रजत जयन्तिको पार्कमा रहेको स्तम्भमा लगाएको मार्वलहरु निकालिदैछन् र तपाईहरु राज्यका व्यवस्थापक हौं धेरै लेख्नु भन्दा पनि धेरै बुझिदिनु प¥यो नेपाल र नेपालका सार्वजनिक संरचनाहरुलाई बचाई जनताको भावना विपरित नगई यस देशका जनताको साझा सम्पत्तिको संरक्षण गरि दिनु प¥यो । तोडिएका शालिकहरु यथा शिघ्र पुर्नस्थापना गरी तथा महेन्द्रनगर नगरपालिकाको नाममा लगाएको टिपेक्स चाडै हटाईयोस् भनि विन्ती गर्दछौं । साथै हामीले जिल्ला प्रशासन मार्फत मन्त्रि परिषद् चिवालयमा मिति २०७३ पौष १ गते ज्ञापन पत्र समेत प्रस्तुत गरी सकेका छौं ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh