ई – दिशानिर्देश

वर्तमान स्वाभाविक हो

२२ फाल्गुन २०७३, आईतवार
वर्तमान स्वाभाविक हो

–थानेश्वर प्रसाद भट्ट
आम सर्वसाधारणलाई वर्तमान नेपाली स्वरुप अस्वाभाविक र अनौठो हो भन्ने लाग्न सक्छ त्यस्तो वर्गमा पंक्तिकार पनि पर्दछ । तर गम्भीरता पूर्वक चिन्तन गर्ने हो भने नितान्त स्वभाविक हो । हाम्रो समाज सदाकाल बाहुबली ठालू सामन्त जे नाम दिएपनि धूर्तहरुबाट आक्रान्त रहदै आएको छ । नाम रुप आकार फरक होलान् तर प्रवृत्ति दंभ अहङ्ककार शोषण गर्ने चाहना रत्तिभर पनि फरक देखिएन । जसले बाजी मार्न सक्यो उसैका लागि अवसर प्राप्त भए । गोर्खाको लिगलिगे दौड आजको सन्दर्भमा अनौठो लाग्ला तर नियत अभ्यास र परिणाम समान छन् । के वास्तवमा हामी सर्वसाधारण अपमानित तिरस्कृत शोषित र उत्पीडन हुन कै लागि पैदा भएका हौ ? ठाउँठाउँका अस्वाभाविक लाग्ने नारा जुलुश हड्तालको मूलमा मानसिक द्वन्द र समान अवसरका लागि हो ।
अध्यात्मिक जगतमा ध्यानको सर्वाधिक महत्व छ । यो नभइ फल प्राप्त हुन सक्तैन तर ध्यानको जगतमा प्रवेश गर्न पूर्व रेचन प्रक्रिया ९ऋबतजबचकष्क० अवश्य पुरा गर्नु पर्दछ अन्यथा जति प्रयाश गरेपनि ध्यानको प्राप्ति असंभव रहेछ भनि प्रत्यक्ष अनुभव गरेको छु । रेचन प्रक्रिया अन्तर्गत हास्यासन रुदन क्रन्दन चित्कार लगायत पर्दछ । हाम्रो अनुभुति भित्र अनेक पीडा गुम्सिएर बसेका हुन्छन् । त्यसैले बैचारिक द्वन्द पैदा गर्दछ । कोही हास्न नपाएर, रुन नपाएर चिच्याउन नसकि ग्रन्थि अवरुद्धको स्थितिमा वैचारिक तरंगले मनलाई चन्चल पारी रहदा निर्विचार ध्यान लगभग असंभव बन्न पुग्दछ । त्यसैले महान ओशोले रेचन प्रक्रिया सुरु नगरी जति प्रयाश गरेपनि साधना पुरा हुदैन भनेका छन् । वर्तमान नेपाल कैथार्सिसको खोजीमा छ । समाजमा दमन शोषण उत्पीडन भयानक रुपमा व्याप्त छ । ऐन कानून प्रशस्त छन् । मूल कानून संविधान असंभव कल्पनाले भरिएको छ । उदाहरणका लागि स्वास्थ्य, खाद्य संप्रभुता, सम्मानपूर्वक जीवन बाँच्न पाउने अधिकारको रुपमा मौलिक हक अन्तरगत ग्यारेन्टी गरिएको छ तर सुत्केरी व्यथाले मृत्युवरण, झाडा पखाला सम्मको उपचार नपाई मर्न पर्ने नियति, खान नपाएर अस्थिपंजर बनेका सार्वभौम नेपाली जनताका मृत्यु पर्खेका अनुहारले हास्यास्पद व्यवस्था निर्माण गरी दिएको छ । तर यसो लेखि रहदा असत्य दाबी पनि हुन सक्तछ किनभने सामान्य उपचारका लागि विदेशमा उपचार गर्न नेपालीको नामबाट चल्ने राज्यकोषबाट करोडौं रकम खाने ब्वाँसाहरु, विशिष्टहरुका लागि मासिक २ लाखको त घर भाडा मात्र निकासा गर्ने कानूनको तयारी, बहुमुल्य लुगा, चिल्ला गाडी, सानो अवधिमा आलिसान दरबार निर्माण, मोटा पोषिएका आकृतिहरु पनि त नेपाली नै भनेर चिनिन्छन् । त्यसैले संविधान ऐन कानून सुविधा पनि तिनकै लागि बनेका हुन् जसले वर्तमान जान्ने कौशलबाट विमुख हुन्छ तब कृण्ठाग्रस्त हुन पुग्दछ । त्यसैले वर्तमानको उथलपुथल निर्माण गर्दछ । घूस, भ्रष्टाचारको परिभाषा के हो ? त्यसबाट उन्मुक्ति मिल्नुपर्ने वर्ग कसरी उत्पन्न भएको छ ? कथनि र करनिमा अन्तर भएपछि अनेक विकृतिहरुको उद्गम स्थल बन्न पुग्दछ जुन नेपालमा भइरहेको छ । यहाँ आयाराम गयारामहरुको बोलबाला छ । त्याग तपस्या बलिदान प्राप्त उपलब्धि भन्दै मुलुक कंगाल भएर असफल राष्ट्रमा रुपान्तरित हुने तयारीमा रहेको छ । कसले कसका लागि के त्याग गरेको हो ? प्राप्त उपलब्धिबाट कसले के पायो ? भन्ने प्रश्नको उत्तरमा आम सर्वसाधारणले पीडामा बृद्धि भएको पाएका छौं । कुनै ठूलो परिवर्तनका लागि पृष्ठभुमि आवश्यक पर्दछ । अचानक मनोवृत्तिमा व्यापक अकल्पनीय परिवर्तन आउदैन । संसारको सर्वाधिक ठूलो राज्यक्रान्ति फ्रान्समा सत्रौं शताब्दीको अन्तमा भएको थियो । त्यस बेलाका सम्राट लुइ सोह्रौ उनकी रानी एण्टोदनेट गिलोटिनबाट काटिए । गिलोटिन अस्त्रको अविष्कार गर्ने वैज्ञानिक पनि सोही सस्त्रबाट मारिएका थिए । फ्रान्स राज्य क्रान्तिका महानायक मध्येको रोबेस्पायर समेत सोही क्रान्तिमा मृत्युदण्डका भागी बने । विडम्बनाको विषय त्यस्तो भयानक क्रान्तिको ८ वर्ष नपुग्दै नेपोलियन बोनापार्टले संसद कब्जा गरी अन्ततः सम्राट बने । यद्यपि उनि पनि अंग्रेज द्वारा
पराजित टापुमा कैद भएर मरे । परिवर्तनलाई सन्तुलित गर्न सकिएन भने जोसुकै पनि कठीन अवस्थामा पुग्नु निश्चित छ । इरानको राज्य क्रान्तिबाट आयातुल्ला रोहेल्ला खुमेनी सर्वेसर्वा बने । तत्समयका शासक राजा रेजा पहलवीले भाग्नु प¥यो । त्यस्ता शक्तिशाली व्यक्ति खुमेनीका उत्तराधिकारी मानिएका घोर कुतुवजादालाई मृत्युदण्ड दिइयो ।
राजदूत नियुक्ति, न्यायाधीश, आयोगका पदाधिकारी, कमीशनखोरी, घूस खाने खुवाउने यावत विषय छर्पष्ट देखिने गरी सञ्चार माध्यमहरु मा आइरहेका छन् । सेना प्रमुख बारम्बार देशमा विखण्डनकारी जातिवादी लगायतबाट खतरा उत्पन्न भएकोले यसबाट रक्षा गर्न सेना तयारी अवस्थामा छ भनि पटक पटक भनि रहनु भएको छ । त्यसैले निकट भविष्यमा केही अप्रत्याशित भइ हालेपनि स्वभाविक नै ठहरिएला ।
महाभारतको भयानक युद्ध रानी द्रौपतीको कारण भएको थियो । भुसमा आगोको सानो झिल्को पनि कल्पनीय क्षति पु¥याउँछ । नारी अधिकारको वकालत गर्नेहरुलाई खाडी मुलुकहरुमा हाम्रा चेली दाशी भइ बाँच्न परेको थाहा छ कि छैन ? स्थानीय तह निर्वाचनको घोषणा संगै भिषण द्वन्दको आधारभुमि तयार भएको छ । त्यसैले असल खराब जे भएपनि परिणति अवश्यम्भावी छ । त्यो वर्तमान पनि स्वाभाविकै होला ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh