ई – दिशानिर्देश

बहादुरै बहादुरको मेरो नेपाल

२९ फाल्गुन २०७३, आईतवार
बहादुरै बहादुरको मेरो नेपाल

बलदेव ‘जंगम’ पूर्चुणो
भानु स्वर्ण पदक प्राप्त
खै यस देशको इतिहास पढेकालाई थाहा होला
यो देश कसरी चलेको थियो
के इतिहासकारलाई थाहा होला
यस देशको बारेमा
गहन अध्ययनकर्तालाई थाहा होला
जसले नालापानीमा वीर बलभद्रको
सम्मानार्थ एक विरत्वको
ऐतिहासिक शालिक निर्माण गरेको छ
उसलाई थाहा होला तर मलाई थाहा छैन

केवल खुकुरी चलाउने गोर्खाली भन्ने मात्र
मैले सुनेको छु
झट्ट हेर्दा नेपाल स्वर्ग भएकोले,
स्वर्गबासीहरुले चलाएको देश सम्झन पुगेको छु
शासन सत्ता बुद्धिले होइन कि
शासन सत्ता बन्दुकबाट खुकुरीले खोस्ने देश
मात्र होइन
देशबासीलाई सम्झन पुगेको छु
एक जुवारी एक पीडित, एक पारिश्रमिक
एक गौरवशाली एक साहसिक
व्यक्तित्व जीवित राख्ने प्रणकर्ता
इँटको जवाफ पत्थरले दिनेवाला
भाग्यमानी व्यक्तित्व
जसले यो देश आफ्नो हातमा लिई
देशबासीलाई मात्र होइन
अंग्रेजलाई समेत चकित पारेको थियो
उही व्यक्ति
उही साहसीलाई सम्झन पुगेको छु
एक बङ्गलादेशको जस्तै नयाँ देशको उदय हुन सक्छ
एक कुनै देश अपाङ्ग हुन सक्छ
या
एक देश मर्न सक्छ, त्यही सोची सम्झन पुगेको छु
उही साहसी व्यक्तिलाई सम्झन पुगेको छु ।।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh