ई – दिशानिर्देश

‘ग्लोबलाइजेसनमा समावेशिता मिसाएर एशियाली मोडल बनाउ’: प्रम प्रचण्ड

१२ चैत्र २०७३, शनिबार
‘ग्लोबलाइजेसनमा समावेशिता मिसाएर एशियाली मोडल बनाउ’: प्रम प्रचण्ड

दिशानिर्देश समाचार, काठमाण्डौं १२ चैत्र
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ग्लोबलाइजेसनमा समावेशिता मिसाउनुपर्ने सैद्धान्तिक प्रस्तावना अघि सारेका छन् ।
चीनको हेइनान प्रान्तमा आयोजित बोआओ फोरमको उदघाटन सत्रलाई शनिबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ग्लोबलाइजेसनका
बारेमा आफ्नो मत राखेका हुन् ।
विश्वव्यापीकरण अर्थात ग्लोबलाइजेसनले विश्वमा आर्थिक समृद्धि ल्याएको भएता पनि धेरै मानिसहरु यो समृद्धिबाट पछाडि छुटेको प्रचण्डले बताएका छन् । उनले यसलाई सच्याउनका लागि अब एशियाली मोडेलको ग्लोबलाइजेशनको अभ्यास गर्नुपर्ने प्रस्ताव अघि सारे ।
प्रधानमन्त्री प्रचण्डले बोआओ फोरममा सम्वोधन गर्दै ग्लोबलाइजेसनमा समावेशिता थप्नुपर्ने सैद्धान्तिक अवधारणा पेश गरेका छन् । ‘हामीले यो सुनिश्चित गर्नु छ कि ग्लोबलाइजेसन जो अधीक समावेशी र पुनर्जि्वित हुन्छ । ग्लोबलाइजेसन सबैका लागि विन–विनको स्थितिका अतिरिक्त विजेता र पराजितमा विभाजित गर्दैन ।’
प्रचण्डले भने, ‘ग्लोबलाइजेसनमा सफलता र स्थिरतालाई सामेल गर्नुपर्छ । हामीले अवसरको समानता एवं विश्वव्यापीकरणको लाभलाई पूर्ति गर्ने क्षमता सुनिश्चित गर्नुपर्छ । हामीले एउटा स्तरीय खेल मैदानका लागि प्रयास गर्नुपर्छ, जुन निश्पक्ष पनि हुनुपर्छ ।’

‘ग्लोबलाइनजेसन र स्वतन्त्र व्यापारः एशियाली दृष्टिकोण’ मूलनारा रहेको बोआओ फोरममा बोल्दै प्रधानमन्त्री प्रचण्डले ग्लोबलाइजेशनमा समावेशिता र साझापन मिसाउनुपर्ने बताए । कसैले जित्ने र कसैले हार्ने नभई सबैले जित महसुस गर्ने गरी यसको अभ्यास हुनुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए । ‘विश्वमा ग्लोबलाइजेसन एक व्यापक प्रयोगको शब्द बनेको छ, तर यो एकल शब्दको कुनै अर्थ हुँदैन,’ प्रधानमन्त्रीले भने, ‘यसका पछाडि विकास, प्रगति, समृद्धि र त्यसभन्दा बढी कनेक्टिभिटी, गतिशीलता र एकीकरणको अर्थ लुकेको छ ।’
पछिल्लो केही दशकयता ग्लोबलाइजेसन र अन्तरराष्ट्रिय व्यापारले मानिसको जीवनस्तरको विकासमा महत्वपूर्ण परिवर्तन ल्याउनुका साथै विकसित दुनियाँमा मौलिक परिवर्तनसमेत ल्याएको प्रधानमन्त्री प्रचण्डले विश्लेषण गरे । विश्वमा सन् १०९० सम्म ४७ प्रतिशतमा रहेको चरम गरीबी आज १४ प्रतिशतमा घट्नु ग्लोबलाइजेसनको उपलब्धिको एउटा उदारहण रहेको प्रचण्डले बताए । उनले भने, ‘विश्व अर्थव्यवस्थाको एक आधार, ग्लोबलाइजेसन विकासको एक प्रमुख शक्ति हो । यो त्यो बल हो, जसले लाखौं मानिसहरुलाई गरीबीबाट बाहिर निकाल्यो । यद्यपि यो एउटा दोषरहित उपलब्धी भने होइन ।’
विश्वको सम्पन्नताका लागि ग्लोबलाइजेसन र स्वतन्त्र व्यापारको भूमिकालाई नकार्न नसकिने प्रचण्डले बताए । उनले भने, ‘तर, कैयौं मानिसहरुले यो प्रक्रियामा आफूहरु पछाडि छुटेको महसुस गरेका छन् ।
धेरै मानिसहरुले महसुस गरेका छन् कि सीमान्तता पनि विश्वव्यापीकरणको एउटा परिणाम हो ।’ ग्लोबलाइजेसनको प्रतिफललाई साझा बनाउन नसकिएको दृश्य देखिइरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले यसका सीमाहरुलाई हटाउनुपर्ने सुझाव दिए ।
‘भूमण्डलीकरणको प्रक्रियामा एशियाले यसको योगदानको साथसाथ फल प्राप्त गरेको छ । तर, हामीले यो भुल्न हुँदैन कि एशियामा अहिले पनि कैयौं देशहरु छन्, जसलाई विश्वव्यापीकरणले लाभ प्रदान गर्न सकेको छैन,’ प्रचण्डले भने ‘अहिले पनि केही अवरोध हरु छन्, जसले ती देशमा सामान एवं सेवाको स्वतन्त्र प्रवाहमा बाधा र्पुयाइरहेका छन्, जो विकासको न्यून अवस्थामा छन् ।
‘धेरै नै विषमताले संसारको विभिन्न हिस्सामा एक साथ विकसित हुनेमा आशंका पैदा गरेको छ, यसले अनिश्चितता एवं सनकको वातावरण बनाइदिएको छ’ प्रधानमन्त्रीले विश्वव्यापीकरणका बेफाइदाहरु बाट एशियाले जोगिनुपर्ने संकेत गर्दै भने, ‘यो अनिश्चित समयमा स्थिरता प्रदान गर्न एशियाको भूमिका हुनुपर्छ । स्वतन्त्र व्यापार अघि बढाउनु एशियाको एक निर्विवाद जिम्मेवारी हो ।’
समावेशिता एशियाली संस्कृतिको मूलमै रहेको प्रचण्डले बताए । यो महाद्वीपमा सदिऔंदेखि विभिन्न देश, धर्म र सभ्यतामा एक दोस्रोका साथसाथ सहअस्तित्व रही आएको छ र समान रुपमा विकास हुँदै आएको उनले बताए । ग्लोबलाइजेसन एवं स्वतन्त्र व्यापारको बाटोमा अघि बढ्ने क्रम जारी राखेर पनि साथमा समानता सम्भव छ भन्दै प्रचण्डले यसलाई अझ सशक्त बनाउनुपर्ने बताए ।
इतिहासको एउटा लामो कालखण्डमा एशिया विश्वको आर्थिक उर्जाघर थियो भन्दै प्रचण्डले यो आविश्कारक एवं अन्वेषकहरुको भूमि हुनुका साथै सभ्यता र व्यापारको केन्द्र रही आएको बताए । उनले भने, ‘एशियाली मोडलको विश्वव्यापीकरण अभ्यास गर्नका लागि हामीले एउटा सहयोग मोडलको निर्माण गर्नुपर्छ, जसले विचारको मुक्त प्रवाहलाई सक्षम गराओस् । व्यापारको अक्षुण सञ्जाल, एवं जितको स्थितिको स्थायी उदाहरण दिन सकोस् ।’
समृद्ध विश्व बनाउनका लागि प्रयास जारी राख्नुपर्ने भन्दै प्रचण्डले यसका लागि अलगाववादी हैन समावेसी हुनुपर्ने बताए । उनले भने ‘संरक्षणवाद होइन, साझेदारी । अवरोध हैन, पुल । डर हैन, व्यापारका दौरानमा स्वतन्त्रता ।’
प्रधानमन्त्री प्रचण्डले अन्तरराष्ट्रिय लगानीकर्तारुलाई नेपालमा लगानी बढाउन आग्रह समेत गरेका छन् । ‘म नेपालमा जलविद्युत, पूर्वाधार विकास एवं पर्यटन लगायत विभिन्न क्षेत्रमा लगानीका लागि एशियाली व्यापारिक समुदायलाई आमन्त्रित गर्न चाहन्छु,’ प्रधानमन्त्रीले भने, ‘हामीसँग स्रोतहरुको समृद्ध आधार छ । अनेक क्षेत्रमा लगानीका लागि भर्जि्निटी एवं समान लाभको सम्भावना छ ।’ नेपालमा बढिरहेको स्वदेशी बजार एवं एशियाको सबैभन्दा ठूलो अर्थ व्यवस्थामा यो भूमि व्यापारिक केन्द्रका रुपमा स्थापित हुन सक्ने सम्भावना रहेको उनले बताए । ‘निसन्देह नै व्यापार विकासको इञ्जिन हो । तर, नेपाल जस्तो देशका लागि, जो कमसेकम कम विकसित एवं भूपरिवेष्ठित छ,’ प्रचण्डले भने ।
प्रधानमन्त्रीले मन्तव्यका क्रममा भने, ‘नेपाल केही राजनीतिक कोषेढुंगो पार गरेर आर्थिक परिवर्तनको चरणमा प्रवेश गरेको छ । हाम्रो प्राथमिकता अब आर्थिक विकास एवं विकासको गति तीव्र बनाउने रहेको छ ।’ वैश्विक मूल्य श्रृंखलाको एक महत्वपूर्ण कडीका रुपमा हामी सबैका लागि ग्लोबलाइजेसनका लागि काम गर्ने देशका साथसाथ मिलेर अघि बढ्न तयार रहेको प्रधानमन्त्रीले बताए । उनले सम्वोधनको अन्त्यमा भने ‘मेरो मान्यता छ कि यो बाटोमा अघि बढ्नका लागि हामीसँग पर्याप्त दूरदर्शिता, विशाल छाती एवं शाहस छ । एशिया समृद्धिको मार्ग हो । साझा सम्मृद्धिको
मार्ग ।’ भन्ने समाचारहरु विभिन्न समाचार माध्यमहरुबाट प्रकाशमा आएको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh