ई – दिशानिर्देश

अव अमेरिका नेपालीको सहर बन्ने छ

२० कार्तिक २०७६, बुधबार
अव अमेरिका नेपालीको सहर बन्ने छ

आज दुःखको भन्ने कि सुखको कुरा गर्ने नेपाली युवायुवतीहरुको पासपोर्ट बनाउँदाको पंक्ति देख्दा यदि पुराना र नयाँ अमेरिका जाने नेपालीको अनुमान गाउने हो भने कुनै पनि शहर नेपाली विनाको रहने छैन । अमेरिका नेपालीहरुको शहर हो कि भनेर पहिचान हुन धेरै समय लाग्ने छैन । यस्तै रहेमा १०० वर्ष भित्र अमेरिकाका कुना कुनामा नेपालीको बाहुल्यता बढ्नेछ र नेपालको अवस्थामा बदलाव आउने छ । प्राप्तहरु नेपालको केन्द्रको नियन्त्रणमा रहने नरहनेमा यो छोटो समयमा भन्न सकिदैन केन्द्र सरकार बलियो नियन्त्रणकारी नियम मान्ने भए रहनेछ अन्यथा भोली अलग देशको रुपमा पनि विकसित हुन सक्छन्, सिके राउत नै त्यसको प्रमाण हो । जव देशका सबै प्रान्तमा सिके राउतको उत्पादन हुने हो भने नेपाल नेपाल रहदैन पुनः पृथ्वीनारायण शाह जस्ताको आवश्यकता यो देशमा पर्नेछ ।
अखण्ड दीप जली रहोस् नेपालका वीर योद्धा अमर शहीद अमर सिंह थापा जसले म सिनोखाने स्यालको बच्चा होइन बाँघको डमरु हुँ भनेका थिए उनको शालिक स्थल अमरगढीमा अखण्ड दीप प्रज्वलन नेपाली जनताले चोहका छन् । त्यो काम यही दीपावलीमा भए राम्रो हुनेछ ।
वीर बलभन्द्र कु“वरको शालिक महेन्द्रनगरमा हुनुपर्ने सत्रु पक्ष र विपक्ष दुवैको शालिक अंग्रेजहरुले युद्ध मैदान नालापानीको रिपना नदी किनारमा बनाएका छन्, अमर शहीद वीर बलभद्र कुँवर र अंग्रेज कमाण्डर जिलेस्पीको शालिक एकै ठउाँमा शत्रु पक्षले निर्माण गरेका छन् । त्यसबाट नेपाली जनताले शिक्षा पाउनु पर्दछ ।
विश्व प्रख्यात जंग बहादुर राणा जंग बहादुरको शासन सत्ता त्यस बेलाको समयमा समयानुकुल राष्ट्रप्रेमी स्वाभीमानी थियो । छिमेकी सितको राम्रो सम्बन्धले नेपालले गुमाएको भूगाग बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता पाए उनको शालिक व्रिटिसको बकिंघम राजदरबारमा पनि अझै राखिएको छ । कञ्चनपुर जिल्लामा मात्रै भए पनि जंग बहादुर राणाको शालिक स्थापना हुनुपर्ने हाम्रो सुझाव रहेको छ ।
वन व्यवस्थापनको नाममा वन सखाप त्रिभुवनबस्ती लालझाडीको केही भागहरुमा वन व्यवस्थापन गर्ने निहुँमा २०३६ साल र २०४६ पछि देशका विभिन्न भागमा सयौं तथा हजारौं वर्ष पुराना शालका रुख काटी नयाँ उम्रन्छ भन्ने वैज्ञानिक तथ्यांक छ भन्दै सालका रुख भएको जंगल सखाप गरि सकेको सबैलाई थाहा हुँदा हुदै पुनः वन उपभोक्ता समितिहरु मार्फत पुराना सालका रुख काटी नयाँ रोपण गरी वन व्यवस्थापनका जो कुरा चलि कार्यान्वयन पनि हुदैछ भन्ने सुन्नमा आएको छ यो कार्यक्रम गरेमा वन व्यवस्थापन नभई वन विनास हुने भएकोले यो कुरा चाडो भन्दा चाडो विरोध हुनुपर्ने धारणा देखिन्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh