पुण्य गौतम र डिल्लीराम खनालको अनलाई टीभी नेपालमा बहस सुन्न पाए । यस्ता अज्ञानी पार्टीका दासमा रुपान्तर भएका देख्दा दुःखी छु । पुण्य गौतमजी मुखले भनेर हुदैन । तपाईको कुरा ठीक हो २३८ वर्ष सम्म नेपाललाई बचाई राखेकोले तपाईले पनि नेपाली बन्न सक्नु भयो । गौतमजी मुख होइन हात चलाउओस, अनि देश बन्द छ गौतम र खनालले मीत लगाएकोमा खुसी छु । गणतन्त्र त नयाँ हैन यी दुई जनाले किन गणतन्त्र बुझ्दैन गणतन्त्रको जन्म भएको तिथि मिति किन किटान गर्न सकेनन् । गणहरुको उदय राजा महेन्द्रले गरेका हुन केवल नाम परिवर्तन भएको देखिन्छ । गाउँ पंचायतको नाम गाउँपालिका नगरपालिकाको नाम भने उही छ तर अंचल र क्षेत्रको नाम मिसाएर प्रान्तको नाम राखेको छ । प्रमाणको लागी सुदूरपश्चिम प्रदेश । राम्रो पक्ष केवल स्थानीय सरकारलाई आर्थिक अख्तियारी दिनु हो । तर कार्यान्वयनमा इमान्दारीता आउन खोज्नु पर्छ । तपाई २ मुर्खहरुले त आफ्नो बहस जनतालाई सुनाउने मात्र परस्पर झगडा गर्ने हैन ।
नाकाबन्दीको सत्यता प्रधानमन्त्री के.पी.को समयमा नाकाबन्दी भयो । संविधानमा धर्म निरपेक्ष हटायो र सर्वसम्मत भएन भनेर उतैको इसारा कार्यकर्ता यताका थिए तर नाकाबन्दीको मारमा परेका प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ र राजा विरेन्द्र हुन् । नाम जे सुकै भए पनि भारतीय नेता चन्द्रशेखरलाई समेत नेपाल बोलाएर चाकसी बारीको मिटिङमा नेपालका नाकाबन्दी भोगेका पछिल्ला नेताहरु समेत पहिलो नाकाबन्दीमा सहमत थिए त्यो नाकाबन्दी बहुदलिय व्यवस्था सित साटेको ठीक साचो हो । घरफुटे गवार लुटेझै भएको हो । प्रजातन्त्र माग्नु, ल्याउनु राम्रो कुरा हो, कसैसित आन्तरिक हस्तक्षेप
गराई देशको व्यवस्था परिवर्तन गर्नु उचित हैन ।
संसारमा प्रजातन्त्र नचाहने कोही छैन । पशुपन्छी पनि स्वतन्त्र खोज्दछन्, यो प्राणीको नैसर्गिक अधिकार पनि हो । मरिचमान सिंह श्रेष्ठको बेला भारतले घोषित नाकाबन्दी गरेको थियो । त्यो वर्तमानको समाजलाई दुख्ने तर नेपाली नागरिकहरुले २०७२ असोजमा लगाएको अघोषित नाकाबन्दी मात्र कि दुख्यो ? अव नाकाबन्दी हुदैन भन्ने के ग्यारेन्टी छ । प्रजातन्त्र नामको बहुदलिय व्यवस्थामा त आफ्नो पक्षमा नेताहरुलाई ल्याउन झन सजिलो पुग्ने भएकोले जिम्मेवार व्यक्तिले अत्यन्त होसियार हुनु मात्र परेको नभई सारा नेपाली जनताले चनाखो रहनु परेको छ । नाकाबन्दी धेरै किसिमका हुन्छन्, व्यापार तथा आर्थिक नाकाबन्दी सबैभन्दा खतरनाक नाकाबन्दी हो । फेरी नाकाबन्दी हुन्छ भन्ने सोचमा राखेर नेपाली युवाहरुलाई रोजगारीमा लगाउनु पर्यो, नेपालका पाखा पर्वत हिमाल तराई, सबै ठाउँमा प्रसस्त रोजगारी छ । त्यो रोजगारीबाट अरबौं होइन खरबौं डलर कमाउन हामी सक्छौं । पहाडी भेगमा अध्ययन गरेर आकाशे पानी जम्मा हुने तालहरु यदि निर्माण गर्ने हो भने कृषकहरुलाई बाच्न र व्यापार तथा कृषि गर्न अत्यन्त सजिलो हुनेछ । पहाडमा विकसित रुपबाट घङारुलाई मात्रै वर्ण शंकरको रुप दिने हो भने सस्तोमा खाद्य फल उत्पन्न हुन सक्छ । खुमाईनी, आरु, पुलिक तथा खुर्सानीको त प्रसस्त भण्डार नै रहनेछ । सुधारिएको बीउको लसुन मात्र लगाउने हो भने त्यसबाट मात्रै प्रसस्त उत्पादन गरिनेछ । पहाडी क्षेत्रमा बाख्रापालनको कुरा गर्दा नेपाललाई भ्याएर विदेशमा पठाउन समेत बाख्रा खसीबोकाको उत्पादन हुनेछ । अव विदेशमा युवायुवती होइन कि खसीबोका बाख्रा पठाउने गर्नुपर्ने सुझाव सरकारलाई दिन चाहन्छौ ।