ई – दिशानिर्देश

नेपालमा चामल हैन इटाँ आयात हुनुपर्छ

२१ फाल्गुन २०७६, बुधबार
नेपालमा चामल हैन इटाँ आयात हुनुपर्छ

नेपाल कृषि प्रधान देश हो त्यस कारण नेपालमा चामल आयत भन्दा पनि बरु इटाँ आयात हुनु पर्दछ र चामल सित इटाँ साट्नु पर्ने नेपालीको धारणा
रहेको पाईन्छ । नेपाल पौराणिक कालदेखि नै खाद्यान्न तथा निर्माण सामग्रीमा आत्म निर्भर थियो भन्ने कुरा इतिहासले समेत पुष्टि गरिसकेको छ । कृषि प्रधान देशका नागरिकहरुले खाद्यान्न आयात गर्नुपर्ने अवस्था आएको छ कराण हो कृषकलाई हेला हेपाहाको नजरले हेर्नु महाकाली पारी खटिमा बनबसाका किसान र महाकाली वारी बनकट्टी, भुजेलाका कृषकले पाएको सरकारी सुविधाको बारेमा हामी अध्ययन गरौं र प्रष्ट हुनेछ किन यति फरक भयो खेती र खेती गर्ने किसान बीच, हामी नेपालीका नेताहरु राजनीति देखि चामल सम्म आयात गरिरहेका छन तर देशका होनहार युवाहरुको निकासी भईरहेको छ यो नै दुःखको कुरा छ । आज औद्योगिक क्रान्ति नभए पनि निर्माणको पुर्वाधार चली रहेको देशमा निर्माण बजेट फ्रिज भएर जान्छ निर्माण गर्न निर्माण सामग्रीको अभाव रहेको छ । क्रसर उद्योगहरु माथि हमला भएको छ भने इटाँ उत्पादनमा व्यवस्थापनको कमजोरीले क्षति भईरहेको छ । देशका सरकारी निर्माण काम गर्दा ल.ई. को ४५% मूल्य बृद्धि भई रहेकोले निर्माण कम्पनिहरु घाटामा गईरहेका छन, त्यसको अर्थ हो नेपाली जनताले घाटा व्यहोर्नु त्यस कारण निर्माण व्यवसायीले अभाव ग्रस्त निर्माण सामग्री इटाँ समेत भारतबाट (पैठारी) आयात गर्न पाउनु पर्छ भन्ने हाम्रो धारणा रहेको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh