ई – दिशानिर्देश

के तपाईलाई थाहा छ ?

२४ फाल्गुन २०७६, शनिबार
के तपाईलाई  थाहा छ ?

नेपाली छापावाल कपडा “डम्मर कुमारी” को इतिहास के छ ? वास्तवमा “डम्मर कुमारी” श्री ३ जंगबहादुर राणा कुँवरकी एउटा छोरीको नाम हो । यिनले श्री ३ जंगकै समयमा भारत–काशी बनारसमा बसेकी थिईन । सो कुरा श्री ३ जंगले थाहा पाई भाई पुर्व कमाण्डर धीर समशेरलाई काशी बनारसमा पठाएर भए पनि निज डम्बर कुमारीलाई काठमाडौं लिई आउनु भनेका थिए । तर उनले डम्बर कुमारीलाई फर्काएर ल्याउन सकेनन्, त्यसपछि श्री ३ जंगले गुरुपुरोहित बामदेव पण्डित ज्यूलाई उपरोक्त कार्य सुम्पे । गुरु पुरोहित बामदेवले पनि अनेक उपाय गर्दा नसकेपछि आखिर पुलिस कमिसनरसँग कुरा मिलाई निज डम्मर कुमारी बसेको झ्याल ढोका सबैमा बाहिरबाट कीलाकाँटा ठोकी बन्द गरि कैद गरे झै गरिदिए । आखिर केही नलाग्दा त्यस काल कोठरीमा बस्नु भन्दा बरु नेपाल तर्फ जान मन्जुर गरिन ।
यसरी डम्मर कुमारीलाई गु.पु. बामदेवले नेपाल फर्काइ ल्याए निज डम्मर कुमारी नेपाल पुग्नु भन्दा एक दिन अगाबै श्री ३ जंगको मृत्यु भै सकेको थियो । यिनै डम्मर कुमारीले खाली बस्नु भन्दा केही काम गर्नुपर्छ भन्ने विचार गरि आफ्नो तर्जुमा बमोजिम कपडा छाप्न लगाईन र उनले छाप्न लगाएको उक्त कपडाको नाम डम्मर कुमारी रहन गयो । आज पनि सिङ्गो नेपालभरी डम्मर कुमारी कपडा चलन चल्तीमा छ । सो कपडा ज्यादै राम्रो थियो, सुद्ध कपासबाट बनेकोले अधिकांश महिलाहरु डम्मर कुमारी धोतीलाई नै प्रयोगमा ल्याउने गर्दथे । यसरी नेपालीका माझ उद्योग खोल्न गरिएको प्रयास आजपनि सह्रानीय रहेको छ ।
सरकारले जनताको मत माग्दैछ किन ?
सरकार निर्वाचित नेताबाट बनेको छ, जनताको मतको कदर नगरी मनपरी तरिकाले नेपालको संविधान निर्माण देखि हालसम्म दुई तिन जनाको मनमा जे अलर चल्छ त्यही गरेको छ र त्यही भएको छ । कुनै कुरामा पनि प्रत्यक्ष जनमत लिन नेता तथा सरकार डराउनुको अर्थ हो जनताप्रति नेताको विश्वास नहुनु । यदि नेताको विश्वास जनताप्रति भएको भए नेपालको संविधान निर्माण गर्दा धर्म संस्कृति अर्थात व्यवस्था परिवर्तनको बारेमा जनमत संग्रह गर्नुपर्ने थियो त्यो गर्न सकेन, कारण जे कुरा तिन चार जना नेताहरुले सोचेका थिए त्यो अनुसार मत नपाउने ठानी जनमत गरिएको थिएन । आजपनि जनमतको कुनै कदर छैन, त्यो भन्दा बढी कदर बरु ढुंगा मुडा गर्ने, सडक चक्काजाम गर्ने, बन्द हड्ताल गर्ने माथि बढी विश्वास बढेको छ । भन्न किन सकिन्छ भने जे जे बन्द कर्ताहरुले भन्यो त्यही काम सरकारले समर्थन गरेको पाईन्छ । अनैतिक काम कुनै जत्थाले गर्छ भने त्यसलाई प्राथमिकता दिनु सरकारको भुल हुन जानेछ । त्यसकारण लोकतान्त्रिक सरकारले लोकको सम्मान गर्नुपर्छ जे लोकले भन्यो त्यही गर्नुपर्छ भन्ने हाम्रो धारणा रहेको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh