ई – दिशानिर्देश

सहयोग गर्नमा पार्टीहरुमा होडबाजी

१२ चैत्र २०७३, शनिबार
सहयोग गर्नमा पार्टीहरुमा होडबाजी

कांग्रेसले पनि गौतम परिवारलाई ७ लाख सहयोग गर्ने
दिशानिर्देश समाचार, महेन्द्रनगर, १२ चैत्र
सन् १८१६ पछि नेपाल आमाको लागि शहीद हुने गोविन्द गौतम पहिला व्यक्ति हुन् भन्नमा शंका छैन । उनलाई शहीद घोषणा गर्नु र सरकारबाट राहत दिनु दायित्व भित्र नै पर्छ तर यिनलाई कुनै पार्टीले एकलौटी मेरो मात्र हो भन्ने सोच्नु हुदैन । यिनी त नेपाल आमाका सच्चा शहीद हुन् ।
शहीद परिवारलाई सहयोग गर्नेहरुमा नेपाली सेनाका पूर्व सुवेदार समेत रहेका दामोदर प्रसाद अधिकारीले जुन आठ लाख बराबरको जमीन हस्तान्तरण ग¥यो त्यो नै सबैभन्दा उच्च सहयोग मान्नुपर्छ । खुकुरीको पीडा अचानोलाई थाहा हुन्छ भनेझैं विदेशी सित लड्दाको पीडा उनले बुझेका छन् ।
यिनलाई सहयोग गर्नमा सर्वप्रथम प्रमुख प्रतिपक्षी दल एमालेले मेची महाकाली अभियानका क्रममा ५ लाख सहयोग दिने घोषणा ग¥यो भने त्यसपछि सत्तापक्षी नेकपा माओवादी केन्द्रले ६ लाख रुपैया शहीद परिवारलाई सहयोग प्रदान गरेका छन् । त्यसैगरीमा सत्तापक्ष कै नेपाली कांग्रेसले यसक्रममै सबैभन्दा बढी सहयोग शहीद परिवारलाई दिएको भएपनि त्यो थोरै हो किनभने एक व्यक्तिले आफ्नो नीजि सम्पत्ति ८ लाख पर्ने १२ धुर जग्गा प्रदान गरिसकेको छ ।
यी सत्ता पक्ष र विपक्ष सबै मिलेर सरकार द्वारा बढी भन्दा बढी रकम जनताको साझा सम्पत्तिबाट उपलब्ध गराउनु पर्ने थियो तर यी पार्टीहरुले आफ्नो उच्च मुल्याङ्कन होस् भनेर पार्टीगत नीजि रुपमा सहयोग प्रदान गर्नुभएको छ । यो कानून सम्मत छैन किनभने निर्वाचनको आचारसंहिताले दलहरु बाधिएका छन् । त्यसकारण एक या दुई करोड जेजति पनि सबै पार्टीको संयुक्त बैठक बसेर नेपाल सरकार द्वारा यिनलाई यिनलाई दिलाएको भए सम्पूर्ण करोडौं नेपालीको साझा सम्पत्ति साझा शहीदले पवित्र रुपमा पाउने थिए भन्ने जनआवाज रहेको पाइन्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh