ई – दिशानिर्देश

संकास्पद प्रजातन्त्र

२ चैत्र २०७६, आईतवार
संकास्पद प्रजातन्त्र

नेपालमा प्रजातन्त्रको सहि इतिहास कहिले लेखिन्छ ? लेखिएला न लेखिएला वा लेखिएको छ त्यसबारे कुनै ठोस प्रमाण छैन । हाम्रो बुझाईमा प्रजातन्त्र गत विगतका शासकहरुलाई गाली गर्न सक्नु नै प्रजातन्त्र हो कि भन्ने भ्रम सृजना भएको छ । के प्रजातन्त्र हजारौं निहत्ता जनतालाई मारेपछि बनाएको व्यवस्था हो प्रजातन्त्र २००७ सालमा पंडित जवाहरलाल नेहरुले ल्याई दिएको व्यवस्था थियो प्रजातन्त्र ? के २०१७ साल पुष १ गतेको दिन भएको प्रजातन्त्रको सुत्रपात, साच्चै भन्ने हो भने प्रजातन्त्र २०३६ सालको जनमत संग्रहको घोषणा नै थियो त प्रजातन्त्र, के चन्द्र शेखर राजीव गांधीको सहयोगमा ल्याएको २०४६ को अन्तिम घडीको दिनमा घोषणा भएको दिनबाट सुरु भएको थियो त प्रजातन्त्र, त्यो पनि होईन भने के २०५२ फागुन १ गते जंगल पसी जनहत्याको सुरुवतासँगै भएको थियो त प्रजातन्त्रको उदय, त्यो पनि होईन भने के खाटी प्रजातन्त्र दिल्लीको न्वईडामा ७ दलहरु बीच भारतीय नेताहरुको संरक्षणमा भएको १२ बुँदे नै थियो त नेपालको प्रजातन्त्रको जनम पत्रि ? के राजा ज्ञानेन्द्रलाई राजसंस्था सहित हटाएको दिन थियो त प्रजातन्त्रको शिलान्यास, होईन भने बाबुराम भट्टराईले माओवादी पार्टी परित्याग गरेको दिन थियो त प्रजातन्त्रको साईत सारेको दिन ? त्यो पनि होईन भने के नेपालको संविधान २०७२ मा दस्तखत गरी जनताको मतबाट बनाएको थियो त प्रजातन्त्र प्राप्तिको दिन । के नेपालको संविधानबाट सनातन हिन्दुधर्म भन्ने शब्द चोरेको दिन थियो त प्रजातन्त्रको जग बसालेको दिन । यि हरेक संकास्पद घटनाक्रमले गर्दा नेपालमा प्रजातन्त्रको स्थायित्वको सिलान्यास हुन्छ वा हुदैन शंकास्पद रहेको छ ।
यदि नेपालमा प्रजातन्त्र प्राप्तिको महसुस जनताले गरेको छ भने आज त्यस्तो अराजकता भ्रष्टाचार अनियमितता जस्ता कार्यहरु गर्न जनताका सेवकहरुलाई डराउने दिन आएको मान सकिन्थ्यो । तर जनतालाई सहभागि गराएर भ्रष्टाचारमा व्यापकता भएको छ । अलि अलि मुखिया खरिदार जस्ता
राष्ट्रसेवक नामधारी कर्मचारीलाई रेडहेन्ड समातेको अख्तियारले दावी गरेको हुन्छ । यसपाली माथिल्लो तहका १७५ जनालाई समातिएको छ, जुन राष्ट्रको लागि अत्यन्त स्वागत योग्य कुरा हो । अख्तियार दुरुपयोग निवारण आयोगले विशेष अदालतमा दायर गरेका मुद्दाहरु जित्नुपर्ने पक्ष सरकार हुन्छ वा विपक्षी हुन्छ यस बारेमा भन्न सकिने आधार केही छैन । कञ्चनपुर मालपोत कार्यालयबाट कैयौं पटक नगद रेडहेन्ड समातेका व्यक्तिहरुले मुद्दा जितेका
समाचारहरु हालसालै प्राप्त भएका छन् । त्यस्तै मुद्दा चलेका भ्रष्टाचारी उपर छानविन सुरु गर्दा कारवाहीमा फेरबदल हुने हो भने रेडहेन्ड पक्रेका के काम लाग्यो । या त रेडहेन्ड पक्राउ गर्नेवालामा कैफियत छ वा भ्रष्टाचार वाफत रकम प्राप्त गर्नेमा कैफियत छ यो सरकारी पक्षले पनि भन्न सक्नुपर्छ । किनकी रेडहेन्ड नै खास प्रमाण भएको हाम्रो दावी छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh