ई – दिशानिर्देश

स्वार्थले समाधान डुवाउँछ्

१० चैत्र २०७६, सोमबार
स्वार्थले समाधान डुवाउँछ्

यसपाली चीनमा देखा परेको विरामीबाट आफ्ना नागरिक बचाउन संसारभरीका देशहरुले चीनबाट आफ्ना नागरिक स्वदेश फर्काउने दाउमा लागे तर विश्वका सबै देशले चीनलाई बरु सहयोग गर्नुपर्छ त्यहाँबाट मानिसको ओहर दोहर नगरौं भन्ने निर्देशन नेतृत्व दिने विश्वमा देखिएन । बरु चीनले जाँच गरेर मात्र विदेशीलाई फिर्ता जान दियो संकास्पद वालालाई चेक जाचँमै राख्यो किनकी चीनबाट विरामी विश्वमा नफैलियोस भन्ने पवित्र उद्देश्य थियो । यति गर्दा गर्दै पनि विश्वका शक्तिशाली राष्ट्रहरुले वास्ता गरेनन् । आज स्वार्थी दुनियामा संकट उत्पन्न भएको छ । विश्वमा समयानुकुल नयाँ नयाँ
विरामीहरु फैलिई रहने प्राकृतिक नियम नै रहेछ २०२२/२३ सालतर्फ विफरको प्रकोप फैलियो बैतडी डडेल्धुरामा पनेरुहरु भेद हाल्ने गर्दथे, भेद नहाल्दा पनि कोही कोही त शक्त विरामी पर्दथे र मर्दथे । तरभेद नहाल्दै विरामी परेकाहरु ३/४ महिना सम्म जीउभरी खटीरा पाकी रहेकाले खरानी राखी सुताउने काम गर्दथे । कोही मर्थे कोही बाच्दथे भने अचेल कोरोना भाइरस नामका किटाणुहरु देखाउने गरिएको छ देख्दै डर लाग्ने भाइरसहरु देखि संसार डराई
रहेको छ । वैज्ञानिकहरु टिका (भ्याक्सिन)को खोजीमा लागेका छन् । संसार बचाउने प्रयासमा छन् भने कोही संसार मार्ने प्रयासको अभ्यासमा लागेका छन् ।
विरामीले विश्वभरी १० हजार मरेका छन् भने नेपालमा माओवादी द्वन्द्धकालमा २० हजार तथा प्रचण्डले मात्र ५ हजार मारेको स्वीकारेका छन् ।
त्यस्तै एउटा अप्रेसन थे्रटरबाट डाक्टरले दुई जनालाई बचाउँछ भने आतंकवादीले १० जनालाई मारेको छ । यसतर्फ सरकारको विशेष ध्यान जानु
पर्दछ । हाम्रा सम्माननीय प्रधानमन्त्री ज्यूलाई मृगौला प्रत्यारोपण गरी बचाउने प्रयासमा नेपाल तथा भारतका डाक्टरले समेत सफल प्रयास गरी बचाउने काम गर्यो भने आज प्राकृतिक प्रकोपबाट कैयौं मानिसहरु मरिरहेका छन्, त्यो दुःखद स्वभाविक नै हो । तर आजको विरामीले विश्वभरी १० हजार मानिस मरेकोमा विश्व नै ठप्प रहेको छ भने नेपालमा विषौं हजार मानिसहरु अर्को मानिसको हातबाट मारिदा कस्तो अवस्था आएको त्यो अध्ययन मनन्, योग्य रहेकोले सम्पूर्ण नेपालीहरुले सतर्कता अपनाई मार्ने कामबाट अलग्गै रहनुपर्ने जिवित नेपालीको धारणा रहेको छ ।
प्राकृतिक प्रकोपबाट ज्यान गुमाएको बेला विश्व यसरी रोएको छ भने आफ्नै हातबाट आफ्नै नेपालीलाई मार्दा मर्नेका परिवारलाई कति दुःख भएको थियो होला यसको सजिलै अनुमान गर्न सकिन्छ हाम्रो धारणा के हो भने प्रकृतिले पृथ्वी नै प्रलय गरे पनि सहनु पर्छ तर हामी नेपालीले आफ्नै
छोरी बुवालाई मारेको अवस्थालाई समेत सहनु परेको थियो । त्यसतर्फ विश्वको ध्यान जान सकेन । भगवानसँग प्रार्थना गरौं, प्राकृतिक प्रकोप तथा मानवीय प्रकोपबाट कुनै मानिस नमरोस भन्ने हाम्रो कामना रहेको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh