ई – दिशानिर्देश

मानवतामा अकल्पनीय सङ्कट

१६ चैत्र २०७६, आईतवार
मानवतामा  अकल्पनीय सङ्कट

थानेश्वर प्रसाद भट्ट
वरिष्ठ अधिवक्ता
महेन्द्र विद्याभूषण तथा त्रि.वि.वि.स्वर्णपदक प्राप्त

यदा यदा हि धर्मस्य ग्लानीर्भवती भारत
अभ्युथानम धर्मस्य
तदात्मानम सृजाम्यहम
हाम्रा तत्ववेत्ता ज्ञानी मनीषीहरुले हजारौ वर्ष पहिले नै भविष्य अनुमान गरि सकेका थिए, महामानवहरुले भष्मासुरको कथा मनोरन्जनका लागि मात्र रचना गरेका थिएनन् त्रिगुणातीत प्रवृत्ति र प्रकृतिका विषयमा प्रभु कृष्णबाट स्तुत्य गीतामा व्यक्त ब्रह्म वाक्य कालजयी अपरिवर्तनीय सनातन सत्य र सार्वभौम छन भनि कुनै दर्शन, तर्क वा विवादको विषय नै बन्न सक्तैन, मानव सभ्यता उच्चतम विन्दुमा पुग्नै लाग्दा तमोभाव र दंभले उन्मक्त भएको केही मानव समूहले स्वयम्लाई अजेय र इश्वर सम्झने भूल गरे, प्रकृति माथि विजयको दावी गर्दा अपराजय सम्झने आजको उत्कर्ष सम्झीएको र परमाणु आयुधहरुले हजारौं पटक पृथ्वीलाई समाप्त पार्ने सामग्री भरियो त्यसमा प्रतिस्पर्धा हुन लाग्यो र यसको क्रम भंग भएको छैन । धर्मले मर्यादित जीवनको शिक्षा दिन्छ माननीय मूल्य र मान्यता, करुणा दया क्षमा शालीनता सत्गुणहरुको मार्गदर्शन गर्छ विडम्बनाको विषय यो भयो कि धर्मका नाममा यसलाई कलंकित तुल्याउने क्रम पनि हजारौं वर्षदेखि भई रहेको छ । देव दानव युद्धका कथा प्रतिकात्मक हुन त्यस्ता युद्ध भएका थिए वा कल्पना गरिएका रचना तर्कका विषय हुन सक्लान तर प्रतिकात्मक रुपमा सार तत्व मनन् गर्ने हो भने यस्ता प्रवृत्ति जीवन्त छन ती काल्पनिक हुन सक्तैनन् । कथित धर्मका नाममा मानवताको चित्कार र विध्वंश जताततै विश्वभर फैलिएको छ । एकले अर्कालाई समाप्त पार्ने अभ्यास र संघर्ष प्रत्यक्ष देख्न सकिन्छ । प्रवृत्ति तमोगुणले व्याप्त गरेपछि पृथ्वीको भार थेग्नै नसकिने हुन्छ त्यसैले विभिन्न रुपमा अटल अविनाशी तत्व जसलाई कसैले निराकार, साकार, शुन्य ईश्वर ब्रह्म जे नाम दिए पनि ऋषीमुनीहरुले त्यसको झलक समय समयमा पाए, कसैले त्यसको सदुपयोग गर्ने प्रेरणा दिए भने गलत अर्थमा बुझ्नेहरुले विनाशको बाटोतर्फ जान प्रेरित गरे ।
प्रकृतिमाथि विजय गर्ने दावेदारहरु आज एउटा भाईरसका सामुन्ने लाचार देखिएका छन् । विश्वका उन्नत अउन्नत कोही बाँकी रहेका छैनन् । कोरोना (कोभिड १९)को उपचार अझै सम्म भेट्न सकेनन् । विश्वको चौथाई मानव जाति लकडाउन भएर लुक्न बाध्य भएका छौं । जसले अवहेलना गरे त्यस्ता विकासशील राष्ट्रहरुमा लाश ठेगान लगाउने ठाउँसम्म पनि नरहने अवस्था आएको छ । यसले कसैमा विभेद गरेको पनि छैन एक समयको सुर्य अस्त नहुने सम्राज्यको स्वामि बेलायतका युवराज चाल्र्स प्रधानमन्त्री वारिस जोन्सन आईसोलेसनमा बस्न बाध्य भए, यसका अतिरिक्त ठूला ठूला राजनीतिज्ञहरु माथि यसले आक्रमण गरि सकेको छ । नियन्त्रणमा आउनु त कता हो विश्वको एक मात्र महाशक्ति सम्झने अमेरिकामा व्यापक आक्रमण गरी सकेको छ । आज चैत्र १५ गतेसम्म उद्गम स्थल चीनमा भन्दा पनि बढी अतिक्रमित भएर रोकिने लक्षण पनि देखिएको छैन । लकडाउनले जनजीवन अस्तव्यस्त भइसकेको छ । तर यो अनिवार्य उपाय रहेछ भनि विश्वको ठूलो भूभागमा ठप्प पार्ने गरी विनाशक स्थिति आएको देखियो । एकातर्फ मानवता संरक्षण गर्ने प्रयास जारी छ अर्को तर्फ अर्थ व्यवस्था दयनीय बनि सकेको छ । यो एउटा अकल्पनीय संकट आई परेको छ । न कुनै परमाणु अस्त्रको प्रयोग भयो न त प्राकृतिक घोषित आपद नै राखियो । चुपचाप प्रवेश गर्दै रक्तवीज जस्तै दिनानुदिन फैलिदै छ । अवस्था अर्को रुपमा पनि विनाशक भई रहेको छ ।
राष्ट्रपति ट्रम्प यो भन्न बाध्य भए कि नदेखिने शत्रुले आक्रमण गर्यो ठूला ठूला राष्ट्र एकले अर्कालाई घोषित रुपमा नै जानिने गरी आरोप प्रत्यारोप गरी
रहेको व्यहोरा सञ्चार माध्यम, शोशल मिडिया, फेसबुक लगायतबाट देख्न सुन्नमा आई रहेको छ ।
आफ्नो नेपालमा केही दिन अघिसम्म पर्यटक महोत्सवका लागि आह्वान हुदै थियो, अट्रेयिामा घोर आगलागीबाट विनाश भई रहँदा नेपाली होनहार मन्त्री निम्तो बाड्न दलबल सहित त्यहाँ पुगेकै हुन । सावधान हुन ढीला भयो भनि डा. सुन्दरमणी दिक्षित जस्ता दुरइष्टाहरुले बोली रहदा कार्वाहीको धम्की
सत्ताधारीहरुबाट आएको चेतावनीका स्वर शोशल मिडियामा देखियो । अहिले पनि सव ठीक छ, आवश्यक सामग्री यथेष्ट छ भनि मन्त्री ज्यूहरुका भाका र आश्वासन थोत्रा सावित हुँदै छन् । काम गरी खाने ठूलो वर्ग भोकमरीमा पर्न सक्ने चित्कार सुनिदै छन् । खाद्यान्न औषधी लगायत खुला रहने भने पनि किन्न जाँदा लठ्ठीले कुटाई खानु पर्ने निर्लज्ज क्रियाकलापले जगहसाई बाहेक के नै होला ? लकडाउन सीमा शील भएपछि तरकारी समेतका खाद्यान्न यस परनिर्भर देशका लागि कहाँबाट आउँछ ? किन्न खोज्दा बेईज्जत गरिन्छ भने कसरी सहज प्राप्त हुन्छ ? भाषणबाट प्राप्त हुने त होईन, क्वारेन्टाईन राख्ने भनियो तर जाँच गर्ने सुरक्षाको कुनै साधन नै भएन भनि चिकित्सकहरु विलाप गरेको सुनिदै छ । यसबाट विश्वासको ठूलो सङ्कट पैदा गरी दिएको छ । जनतालाई धम्काएर तर्साएर मात्र कोरोनाबाट छुटकरा मिल्ने होइन धरातलीय यथार्थ र मुखका भाषणमा ठूलो अन्तर छ भनि जान्नु पर्नेमा त्यसको आवश्यकता नै सम्बद्ध पक्षले अनुभूत गर्न चाहेनन् ।
यो अकल्पनीय सङ्कटले विश्वका र प्रकृतिका मर्मज्ञहरुका लागि पनि लज्जाको विषय बनेको छ । प्रलय भनि धर्मग्रन्थहरुमा वर्णन गरिएका घटनाक्रम अचानक आफ्नै जीवन कालमा घटित होलान भनि कल्पना सम्म गरिएको थिएन । क्रमशः

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh