ई – दिशानिर्देश

गहुँ खेती भित्र्याउनमा स्थानीय सरकारले ध्यान दिनुपर्ने

१६ चैत्र २०७६, आईतवार
गहुँ खेती भित्र्याउनमा स्थानीय सरकारले ध्यान दिनुपर्ने

अबको ७ दिन भित्र गहुँ बाली पाकी सक्छ । एकैसाथ पाक्ने हुँदा चुटाई, कटाईमा कठिनाई हुन सक्ने भएकोले स्थानीय सरकारले समयमा नै ध्यान दिनुपर्ने देखिन्छ ।
कृषि कामको लागी खरिद गरिएका टेक्टर धनीहरुलाई न.पा. अर्थात स्थानीय सरकारले बोलाई छलफल गरि कृषि कार्यमा प्राथमिकता दिलाउनु पर्ने देखिन्छ । थे्रसिङमा मनपरी मूल्य लिने गरेकोले र सरकारले कृषि कामको लागी भनेर कर भन्सारमा सुविधा दिए, लिएका टेक्टर धनीहरुलाई चुटाईको उचित मुल्य निर्धारण गरी कृषकलाई सुविधा दिनु दिलाउनुपर्ने अनिवार्य देखिन्छ । एकनास नरहेको मौसमले समेत कृषकहरुलाई सताएको हुँदा गैर कृषकको हितलाई समेत ध्यानमा राखी कृषकहरुलाई गहुँ कटाई तथा थ्रेसिङमा सुविधा दिनु मनासिव देखिन्छ ।
राष्ट्रसेवक कर्मचारीको एक्यवद्धता
महेन्द्रनगर बजार क्षेत्रमा लकडाउनले सुनसान देखिएको छ । बजारका विभिन्न क्षेत्रहरुमा राष्ट्रसेवक कर्मचारीहरुको वफादारीताले पूर्णता पाउँदै गएको
छ । नागरिकहरुलाई कोरोना भाईरसबाट कसरी बच्ने भन्ने बारेमा सम्झाई बुझाई गरेर घरमै बस्न आग्रह गरिएको छ । राष्ट्रसेवक कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, नागरिक समाज, प्रहरी प्रशासन लगायतको एक्यवद्धताले गर्दा बजारमा शान्त वातावरण र लकडाउनलाई पूर्ण रुपमा पालना गर्नमा भरपुर सहयोग मिलेको छ । लकडाउनको उल्लंघन गर्नेलाई सम्झाई बुझाई गरेर घरमै बसेर भाईरस विरुद्धको अभियानलाई सफल पार्नमा मदत पुगेको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh