ई – दिशानिर्देश

विश्वासको सङ्कट

२३ चैत्र २०७६, आईतवार
विश्वासको सङ्कट

थानेश्वर प्रसाद भट्ट
वरिष्ठ अधिवक्ता
महेन्द्र विद्याभूषण तथा त्रि.वि.वि.स्वर्णपदक प्राप्त

विश्व भरी महामारीको रुपमा फैलिएको कोभीडी–१९ कारोना भाइरस रक्तवीजको पौराणिक कथालाई सत्य सावित गर्दै दिनानुदिन तिव्र गतिमा फैली रहेको र मानवतालाई नै ठूलो चूनौती बन्दै जाँदा संयुक्त राष्ट्र संघ जस्तो विश्व संस्था यो स्वीकार गर्न बाध्य भएको छ कि द्धितीय विश्व युद्ध पछिको सर्वाधिक ठूलो संकट हो । यसले संभारभरीमा त्रास भय मात्र उत्पन्न गरेको छैन । विश्वासको संकट पनि खडा गरी रहेको छ । सञ्चार माध्यमहरुबाट सामाजिक सञ्जालहरुमा एकले अर्को देशलाई आरोप लगाउने क्रम बढ्दो छ । यस सम्बनधमा विवरण लेख्न चाहन्न त्यो हैसियत पनि छैन, शक्ति राष्ट्र आधुनिक विज्ञानको उत्कर्ष रहेका बखत उपचार खोज्न निकै कठिन भईरहेको स्थितिले दंभ र शक्तिका दावेदारहरुलाई निस्तेज पारी रहेको छ ।
केही वर्ष अघि विनाशकारी भुकम्पले नेपाललाई धरासायी पार्यो । अनेक समिति बन्दै गए पनि अझै सबैमा समान उपचार प्राप्त नभएको यथार्थ छ । सामग्री नभएर होइन व्यवस्थापन कति सम्म निर्धो थियो भन्ने विषय छिमेकी देशबाट आएको खाद्य सामग्री जरुरत मन्डहरु कहाँ नपुर्याई खाल्डोमा पुरियो आवश्यकताका बस्तुहरुमा व्यापक अनियमितता भयो भनि प्रश्न उठ्यो । विल बढाएर निकृष्ट सामग्री नियम मिचेर खरिद गरिएको समाचार समय समयमा उजागर भए आजको विनाशक अवस्थामा चीनबाट आयातीत सामग्रीमा व्यापक अनियमितता भएको आरोप महानिर्देशक मन्त्री लगायत निरन्तर सफाई दिनुपर्ने अवस्था प्रष्ट देखिएको छ । त्यस्तो भयो भएन हामी जस्ता साधारण रैतिहरुले जान्नि सक्ने प्रश्न नै रहदैन । तर यस्ता समाचारहरुबाट नेपाली प्रवृत्ति मनोदशा भने छर्लङ्ग भएको छ । सत्यता छ छैन भन्दा पनि आम सर्वसाधारणमा कमिसनको कालो छाया यत्ति शसक्त छ कि असतय भए कै भए पनि होला भनि प्राय? स्वीकारिन्छ । यसको मूलमा कतिपय घटनाक्रमबाट आधारभूमि तयार भएको देखिन्छ । कोरोनाको त्रासदी भन्दा पनि प्रवृति र विश्वासको संकट भयानक छ । जुनसुकै पदवी पनि देशको दोहनका लागि हो भन्ने मान्यता चुनौती रहित बन्न पुग्यो । योग्यता र सक्षमताको मापदण्ड विवेक क्षमता सही व्यक्ति सही दौडमा भन्दा पनि तिकडमवाज बाहुवलीहरुको सर्वस्व यति व्यापक छ कि यसबाट निस्कने परिणाम अकल्पनीय हुने गरेका छन । हामी जस्ता असक्षम मानिसहरु यस भित्र अटाउन असम्भव जस्तै छ । यसको सोझो अर्थ योग्यताको पहिलो नम्बरमा आत्म सम्मानलाई लात मार्नु हो । निर्लज्ज भएर समयानुकुल आयाराम गयाराम प्रवृतिमा जो दक्ष छ उसैका लागि चारौ पदार्थ आउछन्, तर यो निरपेक्ष छैन, पोल नखुले सभा सफल भए पनि उजागर भएमा इहलोक परलोक केही बाँकी रहदैन यसबाट नयाँ तौर तरिका अर्थात कसरी छदमभेणी बन्न सकिन्छ त्यस्तो कौशल पनि अनिवार्य बन्दछ ।
विश्वभरि आतङ्क त्रासका बीचमा लकडाउनले व्याप्त भएको स्थितिमा जिम्मेवार निकाय र पदवीधारीहरु सर्वसाधारणलाई शब्दहरुले आश्वस्त पार्ने प्रयास गरि रहेका छन् । आत्तिनु पर्दैन सब उपलब्ध छ गराईन्छ । कालो बजारी हुन दिइन्न कैद र जरिवाना शब्द उच्चारण हुन्छ आवश्यक काम बाहेक हिडडुल नगर्ने भनिन्छ तर गैस सिलिण्डर काँधमा बोक्ने वा नगई नहुने अवस्थामा पनि बेइज्जति कुटाई खाएका दृश्य सामाजिक सञ्जालमा देखिन्छन । बजार नै नखुले कालो वा सेतो बजारी कसरी सम्भव हुन्छ ? जिउ ज्यान फालेर नदीमा हाम फाली स्वदेश पुगेका निमुखा हिरासतमा राखिएका खबर प्रसारित हुन्छन । प्रश्न उठ्दछ राज्य के का लागि र को हो ? अदालत आदेश दिन्छ इलाज गर जनताको मौलिक हक हो । तर कहाँ हुन्छ सबैको उपचार ? लाश जलाउन सक्ने सामर्थ हराएको सामाजिक दुर्दशा दिनानुदिन विविध रुपमा देखिन्छन् । कही प्रवेश निषेध भनि मानिसहरु आफ्नै बान्धवहरुलाई अछूत जस्तै मान्ने प्रवृति निषेध गर्ने नकारात्मक सोचले ग्रस्त हाम्रो मानसिक धरातल कहाँ उभिएको छ ? कोही कसै प्रति विश्वास गर्न तयार छैन जसरी शमशानघाटमा मुर्दा जलाउन पनि कर तिर्न पर्ने पुराणहरुमा वर्णन छ त्यसै गरी जे सुकै होस् लाभ कति र कसरी हुन्छ यो चिन्तन प्रधान बन्ने गर्दछ भनि हाम्रा मनमा आउने गर्दछ ।
कोरोना त्रासले परम्पराहरु माथि पनि विश्वासको सङ्कट पैदा गरी दिएको छ पुजा स्थल मन्दिर, मस्जिद, चर्च, गुम्बा सबै लकडाउन छन । भारतमा निजामुद्धीम लगायतबाट कोरोना सक्रमित समातिए, इवादत गर्दा केही हुन्न भन्ने रुढी ग्रस्त सोचलाई समवीजले नष्ट गरि दिएको छ । न्यूयार्कका गभर्नरले लडडाउनको विरोध गरे अमेरिकामा सर्वाधिक क्षति त्यही देखिन्छ राजा रंक सबैको दंभलाई चकनाचूर पार्दै शक्तिशाली राष्ट्रहरु कति सम्म निर्धा रहेछन मास्क समेतका सामाग्रीको अभाव रहेको सुनिन्छ । किनभने दंभले उन्मक्त भएका सबैलाई ललकारेको छ । विश्वभरमा अविश्वास, असक्षमता शंसय भ्रम पैदा गरी दिएको छ । आज भन्दा ९०८ वर्ष पहिले नै मिचेल नास्त्रेदमले यस सम्बन्धमा भविष्यवाणी गरि सकेका थिए । यसको उपचार पद्धति आकाशमा पत्ता लाग्ने उनका प्रोकोसिजमा वर्णन देखिन्छ ।
संस्कारहीन नैतिकता हराउँदै गएका बखत नयाँ संसारको प्रारुपको तयारी त होइन भन्ने ज्वलन्त प्रश्न खडा गरि दिएको छ । कफनमा पनि कमीसनले मान्यता पाउँदै गए असली नेपालको भने खुला परिचय दिनेछ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh