ई – दिशानिर्देश

आपत विपतले शिक्षा दिन्छ तर ग्रहण गर्न सक्नु पर्छ

२३ चैत्र २०७६, आईतवार
आपत विपतले शिक्षा दिन्छ तर ग्रहण गर्न सक्नु पर्छ

हामीलाई धेरै कुराहरु याद आई रहन्छन् तर हामी भुलि हाल्छौ । २०४५ साल चैत्र १० गते देखि भारतका प्रधानमन्त्री राजीव गान्धीले नेपालमाथी व्यापार तथा पारबहन नाकाबन्दी गर्यो । त्यसबेला नेपालका प्रधानमन्त्री स्वाभिमान परिचमानसिंह श्रेष्ठ थिए । धेरै ठूलो नोक्सान भयो त्यो नेपालको
राजसंस्थाको विरुद्धमा थियो अन्तमा १८ महिनापछि दुवै देशका जनताको विरोध तथा बहुदलवादी नेताहरुको पुनरबहाली २०४६ चैत्रमा भयो र त्यसपछि नाकाबन्दी फुकुवा भयो १८ महिनाको नाकाबन्दी प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठले तेस्रो मुलुकबाट सामान मगाई आपुर्ति व्यवस्था मिलायो भने आत्म निर्भर बन्न जनता सित अनुरोध गर्यो ।
जनताले खुसी भई निशुल्क बीउ सरकारबाट प्राप्त भएकोले आलु मुला खुर्सानी तथा अन्य साग सब्जी लगाउन सुरु गरी ६ महिना भित्र सागसब्जीको आयात बन्द हुँदा आफ्नो बारीमा फलाई सकेका थिए र जनतालाई केही न केही चेतना आयो तर त्यसपछि विर्सिए नेपालको जमिनमा नेपालीले लगाएको सागसब्जी नहुर्कने कुरा नै थिएन त्यस बेला देखि नै डडेल्धुरा जिल्ला आलु साग सब्जीमा आत्मनिर्भर रहेयो भने देहीमाण्डौ र खोड्पे एरिया आलु उत्पादनमा बढोत्तरी भयो गर्यो । भनिन्छ आवश्यकता नै आविस्कारको जननी हो । त्यस्तै आज राष्ट्र प्राकृतिक संकटमा भएकोले शहर गाउँघर कही पनि दिनमा ५|६ पटक हात नधुने मानिस कोही छैन । यदि २०४५ को नाकाबन्दीले सिकाएको आत्म निर्भरताको बाटो धेरैले विर्षे पनि यस पटकको विश्व व्यापी कोरोना
भाईरसले सिकाएको हातधुने सरसफाई रहने बानी हमेशा रही रहनेछ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh