ई – दिशानिर्देश

विपतको बेला व्यक्तित्वको पहिचान

३० चैत्र २०७६, आईतवार
विपतको बेला व्यक्तित्वको पहिचान

२ थानेश्वर प्रसाद भट्ट
वरिष्ठ अधिवक्ता
महेन्द्र विद्याभूषण तथा त्रि.वि.वि.स्वर्णपदक प्राप्त

लगभग २ हजार वर्ष पहिले चीनमा एक महान दार्शनिक लाओत्से ज्ञान सिक्न आउने जिज्ञाशुहरुलाई झण्डै १ हप्ता सम्म कुनै तत्व दर्शनको साँटो यस्ता बस्तु खुवाउथे जसले उसको विवेक शिथिल होस, यो प्रयोग विलक्षण थियो किनभने सामान्य अवस्थामा मानवले आवरण राख्छ मनमा जस्तो भए पनि प्रकट गर्दैन यसबाट व्यक्तित्वको पहिचान पनि छद्म हुन्छ । वास्तविकता जान्न ज्ञान तन्तु शिथिल भएपछि छिपाउन कठीन हुन्छ, हामी देख्छौं कुनै व्यक्ति राम्रो भएर पनि मदिरा वा त्यस्तै बस्तु सेवन गर्दा राक्षसी स्वभावमा रुपान्तरित हुन्छ बस्तुतः त्यही उसको पहिचान
हो । सामान्य अवस्थामा प्रायः धेरैले अस्वभाविक दंभ देखाए पनि विपतको बेला त्यस्तो हुन संभव नै हुदैन । पदवी भएर मात्र पुग्दैन, त्यसको चारकमा तदनुरुपको सामर्थ नभए आजको नेपाल जस्तै बन्न बेर लाग्दैन । महात्मा शब्द लागेर गांधीको मान भएको खण्डन गर्दै अर्का विद्वानले भने शब्द महात्मा गांधीसँग जोडिएर धन्य भयो । ू च्ष्नजत उभचकयल ष्ल चष्नजत उबिअभू सही व्यक्ति सही स्थानमा भए मात्र सार्थकता रहन्छ अन्यथा जहाज डुब्न बेर लाग्दैन । जव कुनै जीव मर्छ तव जुम्रा तुरन्त छोड्छन, पानी जहाज डुब्न लाग्दा मुसाहरु पहिले भाग्छन, नेपाली राजनीतिमा मुसा प्रवृत्तिको ध्वनी संसदसम्मको पुगेको उदाहरण छ । हाम्रा मनोबृद्धिमा यो प्रवृत्ति व्यापक देखिन्छ यसलाई आयाराम गयाराम भनि चिन्ने गरिन्छ ।
युग पुरुष विपतका बखत प्रकट हुने गर्छन सन १९६३ मा मलेसियाको चौथो प्रान्त सिंगापुर थियो । तत्समय सिंगापुरको पिपुल्स एक्सन पार्टी ज्यादै लोकप्रिय थियो त्यसबाट भयाक्रान्त मलेसियाका बहुसंख्यक सदस्यहरुले ९ अगस्ट १९६५ मा विल पास गर्दै सिंगापुरलाई स्वतन्त्र राष्ट्र बनाई मलेसियाबाट अलग गरे । यो स्वतन्त्र भएको घोषणा गर्दा सिंगापुरका प्रधानमन्त्री खुसीको साटो रोईरहेका थिए । पछि लि.स्वान यू जस्ता महान व्यक्तित्वले विपतका बखत चमत्कारिक रुपमा यो देशको उन्नति जुन तिब्रताले गराए आज ऐशियामा प्रथम र विश्वभर तेश्रो समृद्ध देश भएको छ । जवकि यसको क्षेत्रफल लगभग ७०० वर्ग किलोमिटर जनसंख्या ५५ लाख मात्र छ ।
विस्मार्क गैरीवाल्डी लगायतले राष्ट्रभक्तिको नमूना देखाए जर्मन एकिकरण र समृद्ध बनाउने इतिहास पुरुष विस्मार्क विपतका बखत विराट व्यक्तित्वको पहिचान बनाउन सफल भए, चीनमा देङ सियाओ पिङले जुन कार्य गरे त्यसबाट विश्व महाशक्ति बन्ने स्थितिमा छ कोरोना
महामारीले विश्व मानचित्रलाई नै रुपान्तरित गर्ने क्षमता देखाई रहेको छ । अमेरिका जस्तो महाशक्ति राष्ट्रका प्रमुख डोनाल्ड ट्रम्प आत्तिएका छन
भारतका प्रधानमन्त्री मोदी विश्व नायक बन्ने स्थितिमा छन् । छदमेभेणी देशद्रोहीहरुलाई एकपछि अर्को षडयन्त्रकारी ध्वस्त हुदै छन् । विश्वभरी महामारी फैलिएका बखत नेपाली नायक भनिएका व्यक्तित्व जिर्ण हुन लागेका छन् । नेपाली पहिचान कमिसन र लूट हो भन्नेमा विरलै मात्र
सदाचारी हुन ज्यादै दुर्भाग्यपूर्ण हो । आवरणका जरा खोक्रो भई सकेका छन । सामान्यजनको विश्वास माथि निमर्म प्रहार भईरहेको छ । भुकम्पका बखत पनि कमिसन काण्ड देखिएका थिए त्यसको पुनरावृत्ति एकपछि अर्को गरी छताछुल्ल भईरहेका छन् । देशको अर्थतन्त्र धरासायी हुन लागेको यथार्थ छिप्ने विषय नै रहेन रेमिटेन्स बन्द हुदैछ । राजश्व अवरुद्ध भएको छ, घुसखोरी बढ्दो छ । खरबौको खाद्यान्न आयात रोकिने छाट छ उद्योग कलकारखाना बन्द भईरहेका छन् । कृषि बन्द भएको छ, बेरोजगारी विकराल छ, आउँदा दिनहरुमा कोरोना भाइरस भन्दा पनि छदमभेणी भाइरसहरुबाट डाबाडोल हुने स्थिति छ । लक डाउन क्वारेन्टाईन आइसोलेसन कर्मकाण्डी देखिए, एउटै ठाउँमा ४ जना एउटै रजाई मुनी चिसोमा रात काटी रहेका अन्तरवार्ता कम मर्मस्पर्शी छैनन् । जिउज्यान फाली महाकाली हाम फाली आफ्नो देश प्रवेश गर्नेलाई सुरक्षाकर्मीको प्रताडना श्रव्य दृश्यहरुबाट देखिए यसबाट हाम्रो धरातल नेपाली व्यक्तित्वको पहिचान बुझ्न कठीन छैन । परनिर्भरतामा बाँचेको देशलाई सहयोग गर्ने राष्ट्र स्वयम् धरासायी बनि रहेकोले निकट भविष्यका यस्ता डरलाग्दा समस्याहरुको समाधान भन्दा पनि यसैबाट लाभ लिएर दोहनमा कसरी बन्दरबाट गर्न सकिन्छ भनि तानावाना निर्मिति गर्ने क्रममा कोही सत्ता भागेदारी वा मध्यावधि निर्वाचनका चर्चा सञ्चार माध्यमहरुमा सुनिन्छन, औकात, नियत के हो भनि पहिचान प्रकट हुदै गएको देखिन्छ । राज्यको उपस्थिति कहाँ कसरी भइ रहेको छ । श्रमजिवी दैनिक गुजारा निर्वाह गर्नेहरुका चित्कार कथा व्यथा सुन्ने वा समाधान गर्ने फुर्सद कतिलाई छ यो अत्यन्त डरलाग्दो विषय भएको छ । परिवर्तन विनास संकटका अवस्थाहरुमा नै व्यक्तित्व पहिचान हुने सार्वभौम सत्य प्रकट हुने बखत आएको छ । आफ्नो अस्तित्व आम सम्मान र गौरवशाली पहिचान देखाउन नेपाल र नेपाली सक्षम छौ त ?
पंचायतको अन्तका समय विदेशी बैंकमा नेपालीहरुको खून पसिनाले आर्जित सम्पत्ति पम्फादेवीहरुले थुपारेको नेपाल भित्रिने दावेदार स्वयम् त्यसै भित्र प्रविष्ट भइरहेको देख्दा घृणा जागेर आउँछ । लुटेराहरुले विदेशमा थुपारेको सम्पत्ति फिर्ता ल्याउन सके १० वर्ष भित्रमा नै जस्तो सुकै संकट आए पनि बरदानमा रुपान्तरित हुन संभव छ । अन्दाज नै गर्न नसकिने सम्पत्ति छिपाईएका छन भन्ने यथार्थ खोल्ने कुनै महानायक संकटको चक्र प्रकट होला वा यी अरण्यरोदनका बीच अध्यात्मिक पात्र “घुइतडीको शेड्या”को हाँक मात्र होला यसको समीक्षा निकट भविष्यले देखाउने नै छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh