ई – दिशानिर्देश

राज्य व्यवस्थाको एकीकरण र प्रादुर्भाव (१०)

३० चैत्र २०७६, आईतवार
राज्य व्यवस्थाको एकीकरण र प्रादुर्भाव (१०)

समय परिवर्तनशिल छ, बलवान छ, जसरी वालकबाट यूवा हुदा“को जोस जागर परिपक्कता प्राप्ति पछि मानिस आफ्नो तर्फबाट केही प्रगति पथमा लम्किन सक्छ, त्यस्तै छ राजनीति पनि । जुन खालको वैदेशिक नीति हुदो रहेछ, अभ्यासको लागि नभए पनि भावी वा वर्तमान समयको अध्ययनको
लागि २०१७ देखि २०४२ सम्म निर्दलिय पञ्ञचायती व्यवस्थाको २५ वर्षे रजत जयन्तीमा प्रकासित “स्मारिका” लाई क्रमै सित प्रकासित गर्दै जाने छौं । हामीलाई लाग्छ यसबाट थोरै भएपनि हाम्रा युवाहरुलाई अध्ययन गर्ने स्पष्ट मौका मिल्ने छ । पञ्चायत स्मारिका (बाट)

२०१४ साल असार ३१ गतेका दिन तत्कालिन मन्त्रिमण्डलले निर्धारित मितिमा चुनाव सम्पन्न गराउन असमर्थता जाहेर गरेकोले श्री ५ महेन्द्रबाट संयुक्त प्रजातन्त्र पार्टीका अध्यक्षलाई १५ दिन भित्र मन्त्रिमण्डल बनाउन अन्य पार्टीसंग पनि छलफल गरी जाहेर गर्ने दायित्व दिईयो । २०१४ साल श्रावण ११ गते मौसुफ सरकारबाट राजनैतिक क्षेत्रमा आपसी सद्भावनाको कमीले हो वा त्यागको न्यनताले होे, आपसी एकता हुन सकेन हुकुम हुदै संयुक्त प्रजातन्त्र पार्टीका अध्यक्षको प्रधानमन्त्रित्वमा एघार सदस्यीय मन्त्रिमण्डलको गठन गरिबक्स्यो । स्वभावतः यस मन्त्रिमण्डलको पनि व्यापक विरोध हुन थाल्यो । विभिन्न राजनैतिक दलहरुले सत्रामा हुनेको आलोचना मात्र हैन, आपस्तमै समानान्तर टुक्राहरु खडा गर्न थाले । जुन दलहरुको काठमान्डौ बाहेक अन्यत्र कुनै संगठन र गतिविधि थिएन–उनीहरुको यस्तो गतिविधि प्रजातन्त्रको विकासको दृष्टिकोणले विडम्बनायुक्त ठहरिनु स्वाभाविक थियो ।
२०१४ सा कार्तिक २९ गते संयुक्त प्रजातन्त्र पार्टीको मन्त्रिमण्डलले राजीनामा गरेको कारणबाट विघटन भयो । २०१४ साल मंसिर २१ गते राजनैतिक पार्टीहरुको नेताहरुको भेला राजदरवारमा भयो । चुनाव उवं देशभर अन्य समस्याहरुबारे व्यक्तिगत, दलगत र अन्य संकीर्ण स्वार्थ बिर्सेर सल्लाह दिने काममा श्री ५ महेन्द्रबाट जोड बक्सियो । कतिपय दलले आन्दोनको पनि कुरा गरे शान्तिपुर्ण आन्दोलन भएमा आफुलाई आपत्रि नहुने कुरा मौसुफबाट हुकुम भए तापनि कतिपय पार्टीहरु आन्दोलनको विरुद्ध पनि देखिए । कुराकानी हुदा हुदै पनि केही दलले यो कार्यलाई सत्ताको लोभ मात्र भनी बहिस्कार गरे । पक्राउ परेका सत्याग्रही मध्ये कतिले हामी ज्यालामा आएका हौ भात खान दिएर पठाएको, हाहामा मात्र लागेको माफी पाउँ भनी छुटकारा माग्नुले आन्दोलन गर्ने पार्टीको जनआस्था र संगठन नंग्याई दियो ।
२०१५ साल फागुन ७ गते देखि चुनाव हुने घोषणा भयो । २०१४ साल माघ १९ गतेको एक शाही घोषणाबाट एउटा नयाँ संविधानको मसौदा हुने, सोही संविधान अनुसार र संस्दको लागि चुनाव हुने र सभा रहने कुरा प्रष्ट गरियो । २०१५ साल जेष्ठ २ गते भएको एक घोषणाबाट विकासको कार्यक्रम कार्यान्वित गराउन, विधानको घोषणाको लागि चाहिदो मद्दत दिन र आम चुनाव गराउन एक ६ सदस्यीय मन्त्रिपरिषद्को गठन
भयो । उक्त अन्तरिम मन्त्रिपरिषदमा चार राजनैतिक दल र दुई स्वतन्त्त व्यक्ति थिए । २०१५ साल जेष्ठ २० गते श्री ५ महेन्द्रबाट सोभियत संघको भ्रमणको निमित्त प्रस्थान हुनु अघि सल्लाहकार सभाको गठन पनि गरिबक्सियो । २०१५ साल फागुन १ गते श्री ५ महेन्द्रबाट नेपाल अधिराज्यको संविधान बक्स भयो । सोही संविधान अनुरुप आम चुनाव पनि भयो ।
नेपालमा भएको सो आमनिर्वाचनमा नेपाली काँग्रेसको विजय सो पार्टीको प्रतिनिधि नै मन्त्रि परिषदको अध्यक्ष भएको कारणबाट ज्यादै पक्षपात र धाँधली पुगने भएकोले नै हुन सक्यो भन्ने व्यापक आरोप लगायत चुनावी उजुरीहरु थुप्रै परे । तर विचार गर्नुपर्ने एउटा महत्वपुर्ण पक्ष के छ भने सम्पन्न भएको निर्वाचनमा एक त जन्माजम्मी ४८ प्रतिशत मतदाताले मात्र भागलिएको देखियो भने तीमध्ये पनि ३८ प्रतिशतले मात्र विजयी दलको पक्षमा मतदान गरेको पाईन्छ । तर ८ वर्षको राजनैतिक अस्पिरता र दलहरुबीचको हानथापबाट विरलिएको नेपालीले अब त राजनैतिक स्थिरता र राष्ट्रको विकास कार्य सुगम गतिले हुन्छ कि भन्ने झिनो आशा राखे । श्री ५ महेन्द्रबाट २०१६ साल जेष्ठ १३ गते विजयी पार्टीको नेताको अध्यक्षतामा मन्त्रिमण्डल गठन गरिबक्स्यो । सोही मन्त्रिमण्डल नेपाल अधिराज्यको संविधान, २०१५ अनुरुप असार १६ गते गठन भयो । मन्त्रिमण्डल गठन भउकै दिनदेखि यो बैधानिक, पैजातान्त्रिक मुल्य र व्यावहारिकता दृष्टिकोणले विवादास्पद वन्न थाल्यो । क्रमशः

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh