ई – दिशानिर्देश

राजा ज्ञानेन्द्र शाहलाई विदेशीले राजा बनाएको होइन

३० चैत्र २०७६, आईतवार
राजा ज्ञानेन्द्र शाहलाई विदेशीले राजा बनाएको होइन

२ बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

मलाई याद आई रहन्छ नासो, कथा संग्रहमा यौटा पाठ थियो परिबन्द । यौटा घरको एक कोठामा २ जना लोग्ने स्वस्नी बास बसेछन् त्यही ठाउँमा यौटा किरा आएछ त्यो किरालाई तिम्रो माइतमा के भन्छन् हामी त यस्तो भन्छौ भन्ने विवाद हुँदा हुँदै लोग्ने मानिसले किरा मारेछ त्यही बेला स्वास्नी कराएछ । नमार नमार पाप लाग्छ भन्दा भन्दै किरा मरेछ । अर्को कोठामा कसै अरुले ज्यान मारेछ र भागेछ केवल त्यही कोठामा उनै २ जना लोग्ने स्वास्नी बसी राखेको बेला ज्यान मारा मुद्दाको मौका तही किकातमा समाती मुद्धा चलाई तिम्रो स्वास्नी नमार नमार पाप लाग्छ भनि रहेकी थिइन तिमीले मानेनौ र मारी दियौ त्यो होकी होइन भन्दै मैले त किरालाई नमार पाप लाग्छ मात्र भनेकी हु भन्दा प्रहरीले मानेन र कारवाही चलिहाल्यो । बयान हुँदा अदालत समक्ष पनि त्यही बयान गर्यो हजुर मैले त किरा मारेको हुँदा किरा मार्दा नै श्रीमतीले पाप लाग्छ नमार नमार भनेकी हुन भने तर ज्यानमारा नपक्रिएपछि मिल्न गयो एक समय थियो किरा मारेको र ज्यान मारेको मिल्न गयो । परिवन्धले किरा मार्ने लोग्ने स्वास्नीहरु मजाक गरि रहेका नै थिए ज्यानमारामा एक निस्वार्थीले सजाय पायो जेल गयो परिवन्धले त्यस्तो पर्यो र सहदै गए ।
नेपालमा आज त्यस्तै भएको छ, राष्ट्र निर्माता पृथ्वीनारायण शाहले आफ्नै बाहुबलद्वारा नेपाल एकिकरण गरी राष्ट्र निर्माण गरे त्यति बेलाको विश्व खास गरी ब्रिटेन चकित रह्यो आफ्नै बाहुबलद्वारा राज्य निर्माण गरेको देख्दा गोरखालीको विरताको कदर नगरी रहन नै सकेन । गोरखालीहरुलाई अंग्रेजले कति मान्दथ्यो भन्ने कुरा सत्रु पक्षको सम्मान स्वरुप रिपना नदी किनारामा रहेको वीर बलभद्र कुँवरको शालिक आफै बोली रहेको छ । सायद विश्वमा कही छैन होला शत्रु पक्षको वीर वलभद्र कुँवर तथा आफ्नो कमाण्डर जिलेस्पीको संयुक्त शालिक एकै स्थान रिपना नदीको किनारामा राखेको देख्न सकिन्छ ।
जव जंग बहादुरको उदय भयो राजसंस्थालाई आफूभन्दा माथी तर ऐन नियम बनाई आफ्नो नियन्त्रणमा राखे पनि जव राजा त्रिभुवन दरबारबाट भागी भारतीय दुतावासमा गए त्यसपछि भारत सरकारले उनलाई दिल्ली लगेर गए त्यो प्रजातन्त्रको बहाना थियो । राजा दिल्ली पुगेपछि राजा कसलाई बनाउने के गर्ने भन्ने बारेमा सल्लाह छलफल भयो राजगुरुको भनाई थियो ।
भगौडा राजाका सन्तानलाई राजा वनाउन मिल्दैन राणाजी आफैले श्री ५ को पदवी लिनु पर्यो भन्ने सल्लाह राणा सरकारले पाए पनि राणाहरुले मानेन श्री ५ त्रिभुवन लगायतका सबै परिवार भारत गए पनि अधिराज ज्ञानेन्द्र शाह नेपालमा नै हुनुहुन्छ उनलाई नै राजा बनाउनु पर्छ हामी आफैले राजा भएमा जनताले पनि पत्याउदैन भनि ५ वर्षकै उमेरमा २००७ सालमा आफ्ना पिता राजा महेन्द्र भन्दा पनि पहिले राजा बनाएका हुन ज्ञानेन्द्र शाहलाई । त्यसपछि २०५८ सालमा राजा विरेन्द्रको बंशनास हुनेगरी हत्या गरेपछि नेपालको संविधान बमोजिम प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला माधव नेपालको विशेष अनुरोधमा श्री ५ ज्ञानेन्द्र शाहलाई राजा बनाएका हुन । जसले राजा बनाएका हुन उनीहरुबाट राजा ज्ञानेन्द्र शाहलाई चौतर्फी दावापेच लगाई जनताका काम गर्नमा समेत बाधा गरेका १०÷१५ वर्षसम्म पनि चुनाव हुन नदिएको जो प्रधानमन्त्री भए पनि तानाशाही तरिकाले शासन चलाउँदै गएका जनताले चुनेको सांसद बहुमत छदै भंग गरेको र शासन गर्न कसैलाई पनि नगर्न दिएको जंगल र शहरबाट राजाको विरोध गर्ने तर सांसदमा निर्णय गर्न नसक्ने नाम मात्रका प्रजातन्त्रवादीहरुले विदेशको इसारामा आन्दोलन गरी अन्तमा दिल्ली दरबारको अभिभावकत्वमा १२ बुँदे सम्झौता गरी त्यसपछि १२ बुँदेमा पनि लेखिएको राजसंस्थालाई हटाउने र देशलाई धर्म मात्र के सबै थोक निरपेक्ष बनाई देशमा दीर्घकालीन असर पर्ने गरी देशको राजनीतिक विभाजन गरेको अवस्थामा पनि राजा ज्ञानेन्द्रलाई जनताले हरेक ठाउँमा बोलाई आफ्ना दुःख र देशले पाउने दुःखको स्थिति छिमेकीको षडयन्त्रको बारेमा समेत अवगत गराएको अवस्था आज सम्म पनि रही आएको छ ।
यी सब कुराको अध्ययन गर्दा राजा ज्ञानेन्द्रलाई सुरुदेखि हालसम्म कसै विदेशीले राजा नबनाई नेपाली जनता र नेताहरुले नै राजा बनाएको प्रष्ट भएको छ । आज सम्म पनि नेपालीले आफूखुसीको व्यवस्था छान्न पाएको छैन । बन्दुक र बलजफतीबाट २०४७ को लोक कल्याणकारी संविधान अपहरण गर्यो । अन्तमा जसले २०४६ सालमा प्रजातन्त्रको पुनरबहाली गरेका हुन उनैले संविधान अपहरण गर्यो क्रान्तिको नियम नै यस्तै रहेछ ।
आज इतिहास घोकन्तेहरु पृथ्वीनारायण शाहले कृतिपुरेहरुको नाक काट्यो भन्ने चर्चा परिचर्चा गरी रहन्छन् तर नालापानीको किल्ला भित्र गएको पानीको मुहान बन्द गरी किल्ला भित्र रहेका नेपाली सैनिक अर्थात बालबालिका स्त्री पुरुषहरु रहेको किल्लामा घायल लडाकुको पिडा कसले देख्यो किन कसैलाई चर्चा गर्ने हिम्मत सम्म रहेन खाना त केही दिन नखाए पनि रहन सक्थे तर घायल लडाकुहरुलाई मध्यरातमा किल्ला छोडने निर्णय गरी विहान सिसमिसेमा हातहातमा खुकुरी लिई किल्ला छोडी बाहिर निस्किएर अंग्रेजको फौजलाई भन्यो हामीले आफ्नो इच्छाले किल्ला छोडेर आएका छौ भनेर सुनाई किल्ला छोडे । जहाँ लासहरु कुहिएर गन्ध आई रहेका थिए भने कोही पानी पानी भनि रहेका थिए । अंग्रेजहरुले घायललाई पानी दिएर अस्पताल पुर्याएका पनि थिए । यसरी आर्जेको मुलुक आज तहस नहस भई रहेको छ । दीर्घकालिन असर पर्दा ती नेपालीहरुलाई दुखेन जो कृतिपुरको लडाई मात्र देख्छन् कृतिपुर बाहेकका धेरै ठाउँहरु जीतेका हुन पश्चिममा नालापानी पुर्वमा टिष्टासम्मको क्षेत्रहरुमाथि विजय गर्यो तर कुनै ठाउँका जनताले सिकायत आजसम्म गरेको छैन ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh