ई – दिशानिर्देश

सरकारलाई सहयोग गर्छौ

३० चैत्र २०७६, आईतवार
सरकारलाई  सहयोग गर्छौ

हामी मन बचन र कर्मले वर्तमानको विश्वव्यापी फैलिएको कोरोना भाइरस विरुद्ध नियन्त्रणको काममा सहयोग गर्छौ, हामी निमुखा जनता ज्ञान सीप केही छैन तैपनि हात अघि बढाउन चाहन्छौं । हामी सेवा निवृत्त राष्ट्रसेवक संघका सदस्य उमेरले भ्याउन सक्ने सबै काम गर्न तयार छौं । रकम हामी सँग पेन्सन छ त्यसबाट हाम्रो गुजरा चलि हाल्छ त्यस कारण पिडित तथा अव पिडित हुने जनताको लागी हामी के गरौं सरकारको साथमा छौ यो पिपदको घडीले राष्ट्रमा एकता पनि बनाउँछ त्यस कारण सरकारले सबै नेपाली नागरिक राजनीतिक पार्टी राज संस्थाका सदस्यलाई पनि समेटी जनताको हित कार्यमा कार्य विभाजन गरियोस भन्ने हाम्रो धारणा रहेको छ ।
राजा ज्ञोन्द्र शाह अन्य विद्वान, प्रोफेसर वकील डाक्टरको सुझाव मात्र नभएर सेवा निवृत्त सैनिक प्रहरी तर्फका राष्ट्रसेवक तथा उद्योगी व्यापारीहरुको अधिराज्यव्यापी तुरुन्त राय सुझाव संकलन गरी राष्ट्र र जनतालाई पर्न गएको मर्कालाई ध्यानमा राखी अविश्वासी भ्रष्ट देश लुटाहा माथिको कारवाही पनि अगाडी बढाऔं ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh