ई – दिशानिर्देश

नेता भनेको राजाको पनि नेता हो

७ बैशाख २०७७, आईतवार
नेता भनेको राजाको पनि नेता हो

हामीले सोचेका थियौं नेपालमा पनि नेता छन तर न यता न उताका रहेछन् । जुन नेताले आफ्ना देशको स्वाभिमानी राजसंस्थाको संरक्षण र नेतृत्व गर्न सक्दैन भने उसले के विश्व राजनीतिको नेतृत्व गर्न सक्ला ? राजाको पनि नेता नेपालमा ३ जना देख्यौ । एक हुन गणेशमानसिंह श्रेष्ठ अर्का कृष्णप्रसाद भट्टराई तेस्रा व्यक्ति हुन नव उदयमान मदन भण्डारी तर दुर्भाग्य नेपाल र नेपालीको आज तिनै जना रहेनन् यो देशमा । यदि उक्त तिन जना मध्ये एक जना पनि जिवित रहेको भए आज देशको अवस्था अर्कै हुने थियो र राजा विरेन्द्रको न वंशनाश हुने थियो न राजसंस्था हटाइने थियो । आफ्नो कुशल नेतृत्वले राष्ट्र चलाउनु अत्यन्त बृद्धिमानी हो तर विदेशीको इसारामा आफ्नै देशका नागरिक मारी नेतृत्व देखाउनु मुर्खता हो जुन नेताले आफ्नो राष्ट्रको संरक्षण गर्न सक्दैन भने उ नेता नै होइन । नेता त त्यो देशका हुन जुन देशहरुले आफ्नो स्वाभिमान बचाई राखेका छन् ।
एक पटक भ्रमित भई (इंगलैण्ड) बेलायतले राजसंस्था हटायो बुद्धि पुगेन पश्चाताप गर्दै १० वर्षपछि पुनःस्थापना गर्यो यस्तो देश अरु पनि छन् । विश्व विजेता यथार्थ एक समय थियो कहिले सुर्य नअस्ताउने देशको राजा पनि काटिएका थिए, जव देशमा कमजोर नेता हुन्छ त्यो समयमा देशको सबै अस्तित्व मेटिन्छ । सफल नेता भएका सभ्य देशहरुले आफ्नो राजसंस्थालाई विश्वमाझ बचाएर राखेका छन तर आवश्यक पर्ने अधिकार आफ्नो जिम्मा लिएका छन् । प्रमाणको लागि २ देश काफी छन ती हुन बेलायत र जापान त्यहाँका नेताहरुले राष्ट्र निर्माणको समय देखि ऐतिहासिक व्यक्तित्व अर्थात प्राकृतिक कानून बमोजिम स्थापना भएको राजसंस्थालाई इतिहासको नमूनाको रुपमा राखी राखेका छन् । राष्ट्रको विकास निर्माण राज्य संचालनको जिम्मा आफ्नो हातमा लिएका छन आजको युगमा पनि विश्व प्रसिद्ध रहेको इतिहास छ । नेपालको हकमा जनता निमुखा निर्धन तल्लो स्तरका कर्मचारी नेताहरुमाथि आक्रमण गरी राज्य सत्ता त आफ्नो हातमा लिन सफल भए पनि राष्ट्रलाई अस्तित्व विहिन बनाइ दिएको छ । देशका उद्योग कलकारखाना कौडीको भाउमा बेची विदेशी दलालहरुको जिम्मामा नेपालको औद्योगिक नीति लगाएको छ । स्वदेशीका उद्योगहरु विदेशीलाई विक्रि गरी बन्द गराएर
राष्ट्र अपा· बन्न तर्फ पुगेको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh