ई – दिशानिर्देश

किन हुन्छ प्रजातन्त्रको शोषण ?

१४ बैशाख २०७७, आईतवार
किन हुन्छ प्रजातन्त्रको शोषण ?

नेपालमा हमेशा प्रजातान्त्रिक विचारधाराको शोषण किन हुन्छ ? नेपालको प्रजातान्त्रिक संविधान २०४७ माथि वडा वडा विद्वान प्रजातान्त्रिक नेता बौद्धिक वर्गहरु अर्थात जसले संविधान बनाएका थिए उनीहरुबाट नै आक्रमण भयो । जनतालाई सोधिएन भने आज नेपाली जनता तथा नेताहरुले स्वतन्त्रतापुर्वक रहन पाउने बन्च व्यापार राजनीति गर्न पाउने स्वतन्त्रतालाई नेपाल सरकारको वर्तमान मन्त्रि परिषद्ले खुकुलो गरी सांसद, राजनीतिक पार्टीहरुलाई बन्धन मुक्त गरी चित्त नबुझेमा वा उक्त नेतृत्व दिन सक्ने अवस्थालाई समेत ध्यानमा राखी ल्याएको प्रजातान्त्रिक विधेयक बलजफती फिर्ता लिन लगाउनु जघन्य अपराध हो । यो विधेयक फिर्ता लिन सरकारलाई जुन दवाव दियो त्यो प्रजातन्त्रको विरुद्धमा भएको होईन भन्ने आधार छैन । त्यस कारण पार्टी विभाजन हुने जुट्न र फुट पाउने प्राकृतिक अधिकारको हनन् हुनु हुदैन । गिरिजा प्रसाद कोइरालाको अज्ञानताले गर्दा २०४७ को प्रजातान्त्रिक संविधान खायो भने वर्तमान संविधानको लागी पनि त्यस्तै व्यक्तिहरुको उदय नहोला भन्न सकिदैन । त्यस कारण लोकतन्त्र प्रजातन्त्रको अनुभूति के पार्टी के सांसद नेता के जनता सबैले गर्न पाउनु पर्छ । एकको लोकतान्त्रिक विचारलाई कुदृष्टिले हेर्नु अवश्य पनि अन्याय हुनेछ । जतिबेला देशलाई जे आवश्यक पर्छ त्यो हुन दिनु पर्दछ । नेताहरु सबै राष्ट्रका औजार हुन राष्ट्रलाई जतिबेला जुन औजारको आवश्यकता पर्दछ प्रयोग गर्न दिनु पर्दछ । एक पटक राष्ट्रलाई राजसंस्थाको आवश्यकता थियो प्रयोग गर्यो पनि पञ्चायतको आवश्यक पर्यो प्रयोग गर्यो, प्रजातन्त्रको अर्थात संवैधानिक राजतन्त्रको आवश्यक पर्यो देशले प्रयोग गर्यो । लोकतन्त्रको आवश्यक पर्यो प्रयोग भइरहेकै बेला कसैले पनि बाधा व्यवधान गर्नु हुदैन ।
अझै पनि संवैधानिक राजसंस्थाको आवश्यक पर्न सक्छ हुन दिनु पर्दछ तर जनतालाई दुःख दिने काम भने कहिले पनि हुन दिनु पर्दैन । राष्ट्र यौटा कृषक हो कृषि गर्दा जुन औजारको कृषकलाई आवश्यक पर्छ कृषकले त्यही प्रयोग गर्दछ । कृषकले पहिले कुटो कोदालो हसिया हतोडाको साथमा गोरु प्रयोग गर्दथ्यो भने आज कृषकले गाईगोरुलाई सडकमा धपाएको छ । घर निकाला गरी च्याप्फा आदि कृषि औजारलाई प्रयोग गरेको छ । नेताका मन परेको छैन तर केही गर्ने हिम्मत र जागरण पनि छैन । त्यस्तै जनताको इच्छा नहुदै हिन्दु राष्ट्र लुटियो जनता निरिह भएर हेरी रहे । राष्ट्रलाई त्यही चाहिएको थियो होला भने देशले समयानुकुल अनेक नेतारुपी औजारलाई प्रयोगमा ल्याउन सक्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh